Posted by: sirjana | April 3, 2011

Remembering Iman Singh Chemjong

Photo: Iman Singh Chemjong

When I remember Iman Singh Chemjong, I remember him in two ways. First, I remember him as an academic person. Second, I remember him as an activist. Chemjong’s academic works are the treasure of Kirati people and of Nepal as well. He has written several books on the account of Kirati people’s (Limu, Khambu/Rai, Sunuwar, Yakkha and others) history. Beside history, he has written and compiled social, cultural, religious and literary works of Kirat and especially of Limbu people. He is the pioneer for taking Limbu community from oral tradition to written tradition. His academic works are the foundation to study and advocacy on Limbu and Kirat people.

Iman Singh Chemjong is die-hard activist of Limbuwan and right to self-determination. Limbus of Eastern Nepal has organized movement against the abolition of Kipat system (i.e. the autonomy and self-rule of Limbus) in scattered manner. But Chemjong started Limbuwan movement in an organized way. He formed an organization called Limbuwan Sudhar Sangh (Limbuwan Reform Association in 1953). He knew that movement cannot be achieved its goal without support of historical and written document. Documentation of historical accounts/documents to claim Limbuwan was must for him. So, Limbuwan movement on his leadership had a strong documentation to claim Limbuwan autonomy. Similarly, he knew that Limbuwan has become a home of multi-cultural communities so he gathered support of non-Limbus in the Limbuwan movement. I knew that respect for multi-culturalism is necessary for the Limbuwan autonomy though the term multi-culturalism was not popular at that time. So, he included non-Limbus in the organization.

He concretized the concept of ‘Kirat’ to build solidarity among indigenous peoples. I think, this is his strategy for the creation of broader and stronger indigenous movement. At that time indigenous communities could not understand his concept. But it came to reality only after 1990s as Adivasi Janajati Movement took momentum.

When I remember Iman Singh Chemjong, I remember challenges he has given to us. First, he has written and published so many books that all Kirat organizations still has not been able to publish. So, there is a challenge for Kirati organizations and Kiati people to write and publish more on the history, culture, religion and other aspects of their life. Second, according to Chemjong, Kirat is a broad group which includes people like Nagas, Khashi from the north-east India to Gurung and Magars from the west of Nepal but until now only four communities – Limbu, Rai, Yakkha and Sunuwar, has claimed to this identity. Other communities have not strongly claimed this identity and this four community alliance has not been able to bring other communities in Kirati alliance. For the strong Kirat identity there is a need for strong Kirat alliance beyond four communities. Third, Chemjong did not have higher academic degree, he has gained bachelor degree but his works are challenging to Ph.D. and Post Ph.D. holders. He has proved that dedication is important than degree. He will always be challenging Master, Ph.D. and Post Ph.D. holders to produce the work like him. Fourth and the most important, is to claim his Kiratologist position in Tribhuvan University. There can be no second Iman Singh Chemjong but there can be another Kiratologist. For the establishment, continuity and development of Kirat people, Kirat culture, religion, history and language, Kirat must claim this position of Kiratologist.

Looking at the Iman Singh’s persona, I must say, “he is a legend” and “he is a one man Institution”.

Posted by: sirjana | January 7, 2011

कुनै दिन

कुनै दिन एउटा चिठि आउने छ

शान्तिको सन्देश ल्याउने छ ।

कुनै दिन एउटा फूल फूल्ने छ

सुवास चारैतिर फैल्याउने छ ।

कुनै दिन धनधोर वर्षा वर्षने छ

फोहरमैला सब पखाल्ने छ ।

कुनै दिन पंक्षिले पिजडा तोड्ने छ

खुला आकाशलाई चुम्ने छ ।

कुनै दिन यस्तो आउने छ

मेरो सपना पुरा हुने छ ।

हरेक दिन, म बच्छु मेरो सपनाको लागि

म हास्छु मेरो सपनाको लागि ।

कुनै दिन यस्तो आउने छ

आशु बगाई लाने छ

हासो सबलाई दिने छ  ।

Posted by: sirjana | January 4, 2011

Limbus of Nepal in Number

Limbus of Nepal in Number, 2008

Male Female Total
Population 174760 184619 359479
Literacy (6 years of age and above) 104523 (69.9%) 80417 (50.1%) 184940 (59.6%)
Education (Level 1 to 10) 80371 65602 145973
Education (SLC and above) 13106 7757 20863
Education (Graduate and above) 1777 604 2381
Education (Others) 218 47 265
Education (Level not stated) 509 546 1055
Economically Active 69224 67054 136278
Economically Not Active 59466 73009 132475
Employment status (10 years of age and above) 59767 55034 114801
Number of household by sex of the head of the household 55146 12770 67916
Ever married population of 10 years of age at first marriage 69901 85535 155436

Source: Acharya, Meena (et. al.). 2008. Caste, Ethnic and Gender Dimensions of Nepal’s Population: A Statistical Analysis, 1991-2001. Kathmandu: Tanka Prasad Acharya Memorial Foundation.

Posted by: sirjana | October 26, 2010

उडान रद्द

खराब मौसम भएदेखि
सपनाको उडान रद्द हुने क्रम जरी छ ।

एक पछी अर्को उडान रद्द भेएको भएकेा भयै छ,
दिक्दार लाग्दो प्रस्थान कक्षमा बसिरह्न्दा
ऐयरहोस्टेजको मिठो बोलिले
यात्रुहरुलाई अर्को एक घण्टाको लागि
उडान् ढिलो हुने सुचना दिइरहेकी छिन ।

अर्को एक घण्टा, अर्को दुइ घण्टा
अर्को चार घण्टा गर्दा गर्दै
कती समय बित्यो पत्तो नहुने भै सक्यो
त्यो मिठो स्वर पनि झिजो लाग्दो भै सक्यो ।

मौसम कहिले सफा हुने हो ?
मौसमविद भन्न सक्दैनन ।
उनिहरुको मेटेरोलजिले काम गर्न छाडिसके
मौसमको खराबिका कारण
पाइलटहरु उडान भर्नबाट पछाडी सारीसके ।

खराब मौसम भएदेखी
सपनाको उडान रद्द हुने क्रम जरी छ
अब त मेरो गन्तब्य
न पुग्ने हो कि भन्ने डर जरी छ ।

Posted by: sirjana | July 15, 2010

अरुणलाई पछ्याउँदा

डा. हर्क गुरुङले लेख्नुभएका लेखहरुको संकलन भएको “विषय विविध” किताबका लेखहरु माझ एउटा लेख छ, “अरुण भएर झर्दा” । “अरुण भएर झर्दा” एउटा नियात्रा हो । तर यस नियात्रामा यात्रा वर्ण्र्ा त छदै छ, त्यसमा पनि अरुण क्षेत्रको इतिहास, भैगोलिक क्षेत्रको व्यख्या, त्यहाँका सामाजको जनकारी र विकास क्रम च्वाट्ट चटनी चखाई दिएका छन् डा. हर्कले । म त्यस क्षेत्रको ज्ञाता नभएता पनि उहाँले हिड्नुभएको ठाउँको नक्सा कोर्नुभएको रहेछ र यसो नक्सा नियालेर हेरेको त मैले पनि त्यस क्षेत्रको कुनै कुनै ठाउँमा खुट्टा पुगेको रहेछ । त्यसपछि त उनी जताजता जानुहुन्थ्यो म पनि त्यतै पुग्ने कोशिश गर्थे, अरुणलाई पछ्याउदै । उनले अरुणको किनारबाट हिडेको बयान गर्दा मैले आकाशबाट देखेको विशाल निलो अरुणलाई लेख्न थाले । उनले किराती शव्दमा खुवा वा कोशी शव्दले खोला भन्ने जनाउँछ भन्दा ए, नयाँ कुरा थाहा पाए जस्तो लाग्यो । उनले त्यस क्षेत्रमा दश याकथुम्बा प्रमुखहरुको गठबन्धन शासन, किरातीहरुले गरेका लर्डाई, विजयपुर, सागुरी गढी र रोङगाली जसलाई अहिले रंगेली भनिन्छ त्यस्ता जस्ता ऐतिहासिक कुराहरुको बयानका साथै श्रीजुङहाङलाई निसाममाङ -विद्याकी देवी) को अवतार भई प्राप्त गरेको किरात लिपि -जसलाई आजकाल सिरिजंगा लिपिको नामले चिनिन्छ) को किम्बदन्तीलाई समेत यस लेखमा राखेका रहेछन् । उनले यसै लेखमा लिम्बू सेनापति काङ्सो रेय र गोर्खाली सेनापति रघु राना बीचको लर्डाई अनि सन् १७७४ मा -र्गोखाली र किरातीहरुलाई गरेको कपटपर्ूण्ा संझौताको बयान सम्म पनि उल्लेख गरेका छन् । लेख पढ्दा पढ्दै म इतिहासको पानामा कतै लुकेको काङ्सो रेयको बारेमा सोच्न थाले जुन हामीले स्कूलको इतिहासमा कतै पनि फेला पारेका थिएनौ । त्यत्तिकैमा किरात याक्थुङ चुम्लुङले गरेको छलफलमा देखेको कुमार लिङदेनलाई झल्यास्स सम्झन पुगे । उनलाई त्यहाँ भएका अन्य लिम्बूहरुले काङ्सोरेको उपाधि दिईरहेका थिए । उनले लिम्बूवान स्वशासनको लागि लिम्बूवान क्षेत्रबाट आन्दोलनको थालनी गरेको कारण उनलाई योद्धा काङ्सो रेयसंग तुलना गरिएको रहेछ ।

Arun River: Full of energy

इतिहासलाई छाडेर जब डा. हर्कले अरुणको उत्पत्ति र बहावको कुरा गर्न थाल्छन् अनि मलाई फेरी नौलो कुरा थाहा हुन्छ । त्यो हो अरुणको उत्पत्ति हिमालयभन्दा पर हो र अरुण त हिमालयलाई चिरेर आउने नदी रहेछ भन्ने । लाग्यो यो नदीको रुप त अद्भुद नै होला, हिमाललाई चिर्न सक्ने अनि पहाडलाई थिचेर संमुन्द्र सतहभन्दा पनि तल उपत्यका बनाउन सक्ने । जब डा. हर्क अरुण तरेर संखुवासभाको सदरमुकाम खाँदवारी पुग्छन् । उनले त्यहाँको एक सय घर जति भएको बजारमा एक दर्ुइ वटा जति दोकान छन् भन्ने बयान गर्दा अहिलेको बजार याद आयो । अहिले खाँदबारीको बजारमा अवस्थित प्रायः सबै घरका तल्लो तलामा दोकान छ । ती दोकानहरुमा संखुवासभा नजिकैको बजार “चैनपुर” बाट आएको ख्याति प्राप्त काँस, पित्तल र तामाका लोटा, करुवा, गाग्री, थाल जस्ता भाडाकुडा देखि लिएर हिमाल पारीको देश “खासा” का कपडा र सामानहरु पाइन्छन् । उनले त्यस ठाउँको नाम खाँदवारी कसरी रहन गयो भन्ने सर्न्दर्भमा “यस ठाउँको नाम अठारौं शताब्दीमा सिक्किमेलीसितको निर्ण्ाायक युद्धपछि गोर्खालीहरुले ‘खाँडो’ -तरवार) यहींको एउटा पोखरीमा पखालेका हुनाले रहन गएको हो” भनी लेखेका छन् । उनले भनेको यहींको एउटा पोखरी अहिले खाँदबारीको केन्द्र भएको छ । त्यस पोखरी बरीपरी तुम्लीङटार र खाँदबारी ओहरदोहर गर्ने गाडि लाग्ने गर्दछ । म त्यहाँ पुग्दा, पोखरीलाई वरीपरीबाट घेरेर पार्क बनाइएको र पोखरीको बीचमा एकजना गोर्खाली सेनाले खुढा धर्ेइरहेको मर्ूर्ति पनि थियो । एक वर्षअघि जस्तो त्यो मर्ूर्तिलाई गोर्खालीहरुले किरातीहरुलाई हर्राई, तरवारमा लागेको रगत धुएको चित्रण गर्ने मर्ूर्तिलाई किरातीहरुको क्षेत्रमा राख्नु भनी त्यहाँका किरातीहरुले तोडिदिए -हटाइदिएको-) भन्ने समाचार सुने । केहि समय अघि खाँदबारीको भ्रमण गर्दा त्यो मर्ुर्ति देखिन पनि ।

Tumlingtar Airport: Waiting for the development

डा. हर्कसंगै खाँदबारीबाट ओर्लिएर मकैबारी हुँदै तुम्लीङटारतिर हिडिरहेका थिए भने म हेलिक्पटरले बोकेर लगेको जिप र मान्छेले बोकेर लगेको तेल लगाएको गाडिमा संगै छेऊछाउका प्यासेन्जरको पसिनाको गन्ध र रातोमाटोको धुलो खादै ओरालो लाग्दै थिए । त्यो डाँडैडाँडाको बीचमा बसेको टारलाई अरुण र सभायाखोलाले पनि बीचमा पारेको छ । खाँदवारीबाट तल झर्दा यो दृष्य र्छलङ्ग देखिन्छ । त्यहाँ बोहोरा, कुमाल र गाँउ छ र छिटै नै त्यहाँ विमानस्थल बन्ने र त्यहाँ विभिन्न खाले परिवर्तन हुने कुराको भविष्यवाणी गरे । विमानस्थल र गाडि चल्नसक्ने कच्ची बाटो खनेपछि त्यहाँ हलेकप्टरले बोकेर ल्याएको थुप्रै गाडिहरु, एउटा क्रंकिटको घर -जुन आरआरएनको कार्यालय रहेछ), एउटा सरकारी विद्यालय, बोर्डस् नराख्ने एउटा बोर्डिङस्कूल र केहि मकालु बरुण पदयात्राको नक्सा टासिएको केहि भोजनालयहरु, विमानस्थलको बरीपरी बंकरहरु र केहि घरहरु भेटिए । विमानस्थाल र बाटोले ल्याएको परिवर्तन आर्थत् गाडिको व्यवस्था चाहि एकदमै घतलाग्दो लाग्यो मलाई । तुम्लिङटार देखि खाँदबारी र भन्झ्यााङ्ग सम्म गाडि चल्ने बाटो छ तर त्यो भन्दा तल वा माथि कुनै बाटो छैन । गाडी चलाउनलाई डिजेल धरानदेखि बोकेर वा काठमाण्डौंबाट प्लेन -हेलिकप्टर) ले बोकेर लाने गर्दो रहेछ । अनि त्यहाँ अवस्थीत विकासको अर्को नमूना स्वरुपको बडेमाको बिल्डिङ बनाउनलाई पनि सिमेन्ट र छडहरु हेलिकप्टरबाटै ओसारीएको रहेछ । त्यहाँ कुनै एक शर्ेपाले मकालु बरुण पदयात्रामा आउनेहरुलाई राख्न रिसोर्ट बनाएका रहेछन् तर त्यो शुरु गर्न नपाउदै मओवादी जनयुद्धको चपेटामा परेर अर्कालाई बेच्नु परेछ । त्यो किन्ने चाहि निकै ठूलो आरआरएन भन्ने गैरसरकारी संस्था परेछ । त्यो घर आरआरएनले करिब एक करोड मूल्य लगाएर किनेको त्यहाँका एक कर्मचारीले बताए । त्यस बिल्डिङले अफिस र तालिम केन्द्रको मात्र नभएर गैरसरकारी क्षेत्रमा काम गर्ने कन्सल्टेन्टहरुको लागि अस्थाई बासस्थानको लागि पनि काम गरिरहेको रहेछ । भौतिक विकासले स्थानीय जनताको जीवनस्थतरमा सुधार ल्याउछ भन्ने सबैले सोचेका हुन्छन् परिवर्तन ल्याउछ भन्ने धारणा डा. हर्कले पनि गरेका रहेछन् यो लेखमा । त्यहाँको उच्च मा.वि.मा राखिएको विद्यालय संचाल समितिमा लेखिएको नाम पढ्दा एउटा पनि कुमाल थरको मान्छेको नाम नदेख्दा, दोकानहरु पनि प्रायः नेवार कै मात्र देख्दा र त्यहाँको बडेमाको बिल्डिङ भित्र काम गर्नेहरुको अनुहार हर्ेदा मलाई तुम्लीङटारको कुमाल बस्तीमा बनेको वीमानस्थलले कुमालहरुलाई कुनै किसिमको फाइदा नपुर्‍याएको जस्तो लाग्यो ।

खाँदबारी र तुम्लिङटारमा मैले पनि डा. हर्कले भने झै नुनका भारी बोकेका मान्छेहरु प्रशस्त देखे । ती मान्छेहरु दक्षिणबाट नुन बोकेर उत्तर तर्फलाग्दै थिए भने उत्तरतिरबाट भोटे-शर्ेपा जातिका मानिसहरु हुल बाधेर दक्षिण झर्दै गरेको पनि देखे । ती भरी बोकेर उत्तर र दक्षिण जाने मान्छेलाई अरुहरुको हिर्डाईको कुनै बास्ता नै थिएन जस्तो लाग्थ्यो मलाई । अरुहरु गाडिमा चढ्नको लागि तछाडमछाड गरिरहेको बेला उनीहरु भारी बोकेर हिडिरहेका देखिन्थे । अरुहरु सेनाले राजाले गराउन लागेको नगरपालिकाको चुनावमा जर्बजस्ती भाग लिन लगायो भनेर भागाभाग गरिरहेको बेला उनीहरु आनन्दले आफ्नो परम्परागत पारामा हिडिरहेका थिए, आफ्नै भारी बोकेर ।

Dhankutta: Where there is the best road of Nepal

“धनकुटाको वरीपरी रहेका प्राचीन चिहानहरुमा मुगका दाना पाइन्छन् भन्ने गरिन्छ र यसै कारणले होला त्यस ठाउँको नाम मुगा रहन गएको होला” भन्ने अनुमान डा. हर्कको छ । त्यहाँका पहाडवासीहरु पैतृक सम्पत्ति वा चिनोका रुपमा खुबै मुगा खोजी गर्छन् भनी लेख्नु भएको छ । यो कुरा पढ्दा मलाई एक धनकुटा बासीले भनेको कुरा याद आयो । उनले पाख्रीबासमा बहुमूल्य पत्थरहरु रहेको र त्यसलाई ब्रिटिस सरकारले कृषि केन्द्र बनाउने निहुमा सबै पत्थरहरु आफ्नो देशमा लाने गरेको बताए । उनले त्यसको पुष्टि स्वरुप त्यहाँ नेपाली -कामदार) हरुलाई विषेश ठाउँहरुमा छिर्न नदिने र उनको हजुरबाले त्यस्ता पत्थरहरु देखेको जानकारी दिए । अनि यदि त्यो कुरा सत्य भए त्यसको बदलामा नेपालको सबैभन्दा राम्रो भनीने कालोपत्रे सडक हामीलाई ब्रिटिस सरकारले दिएको होला भन्ने ठाने उनको कुरा चुपचाप सुनिबसे ।

पख्रिबास हुँदै हिलेबाट डा. हर्क आफ्ना सहयोगीसंग आनन्दले धनकुटा र्झछन् । हिलेबाट धनकुटा झर्दा उनले खुट्टा दुखाउनु परेको थियो भने । मैले खुट्टा दर्ुखई रहनुपर्ने अवस्था थिएन किनभने म त्यहाँ पुग्दा बस सेवा पुगिसकेको थियो । धनकुटा पुग्नेबेलामा उनले एउटा सल्लाको जंगलको बारेमा बयान गरेका छन् । त्यहाँको दरवारका बारेमा पनि कुरा गरेका छन् । मैले त्यो दरवार घुम्न नपाए पनि त्यही बाटो भएर हिड्ने मौका भने पाएको छु र त्यहाँबाट उनले घनकुटा आएर विसाएको चौतारीमा बस्न पनि पाएको रहेछु । त्यस ठूलो चौतारोमा बटुवाहरु भात पकाई खाएको उनले देखेका रहेछन् । तर अहिले त्यहाँ आउने चौतारोमा भात पकाउनु पर्दैन किनभने चौतारो छेऊमै दर्ुइटा होटल र पश्चिमा शैलीको एउटा रेष्टुरेन्ट छ । त्यस रेष्टुरेन्टमा पाश्चात्य शैलीको खानेकुरा पाइन्छ र हरेक विहिबार कर्न्र्सट पनि हुने गर्छ । त्यस कर्न्र्सटमा त्यहाँका स्थानीय युवाहरुले गीत गाउने गर्दा रहेछन् । त्यस किसिमको संस्कृतिको विकास हुनुमा गैरसरकारी संस्था र त्यहाँ काम आउने विदेशी स्वयंसेवकहरुको पनि देन रहेछ । घनकुटा बजारमा विहिबारे हाट लाग्ने गर्छ जुन डा. हर्कले घुम्ने बेलामा पनि लाग्ने गर्दो रहेछ । पेरेङ्गेामा सुंगुरका पाठा बेच्न ल्याउने गरेकोले त्यहाँ किरातीहरुको बसोबास धेरै छ भन्ने आकडा उहाँले गर्नुभएको छ लेखमा । अहिले पनि त्यस बजारमा धेरै परिवर्तन भएको जस्तो मलाई लाग्दैन । अहिले पनि त्यहि कोप्चे बजार कै छेऊमा हाट लाग्ने गर्छ वरपर गाउँका मान्छेहरु हार्टभर्न आउछन् ।

त्यहाँबाट हस्पिटल हुँदै धनकुटाबाट धरान र्झनलाई टेकुनाला झर्दा पाख्रिबास बनाउनलाई ल्याएको पाइप बोकेका भरियाहरुको बयान डा. हर्कले गरेका छन् र उनीहरुको पौरख देखेर उनी छक्क पनि परेका छन् । मलाई त्यो टेकुनालाको भिरालो बाटो अझै याद छ । टेकुनालाको याद गर्दागर्दै मलाई राजकुमार दिक्पालले लेखेको “ओरालै ओरालो इष्टेनी” भन्ने लेख सम्झना आयो । दिक्पालले आठप्रे -आठपहरिया र्राई) महिलाले तलबाट बोकेर ल्याएको ४०-५० रुपियामा पनि नदिएको दाउरालाई त्यहाँका नेवार साउनीहरुले “इष्टेनी” भन्दै चिप्लो कुरा गरेर १० रुपियामा नै फुत्काएको कथाव्यथा त्यस लेखमा लेखेका थिए । २०५८ सालमा म त्यहाँ पुग्दा उनीहरुको स्थिति नाजुक नै देखेको थिए । महिला बचत कार्यक्रमबाट ऋण लिई विकासे गोलभेडा खेतीमा पैसा लगाएर ऋणमा परेकी एक आठपहरीया महिलाले “बर्को हुनेलाई त न्यानो, नहुने त कामेको काम्यै” मलाई भनेको कुरा सधै संझना हुन्छ ।

Tamor Bridge: The link between Dharan and Dhankutta

धरान झर्ने क्रममा डा. हर्क हिडेरै धरानतिर झरे भने म चाहि हस्पिटल हुँदै बस पार्क पुगेर एक ठाउँमा पनि खाल्डो नभएको काठमाण्डौंको भन्दा पनि राम्रो कालोपत्र गरेको बाटोमा कान्तिपुर एफ.एम सुन्दै सरर हिलेको चिसो खाएर धरानको तातो खान ओर्लिए । धरान आएर फेरी उनले विजयपुरको इतिहासलाई जोडे र बुढासुब्बाको कथा भने । यो कथा हामीले नेपालीमा पढेको विजयपुरको बढासुब्बाको कथाभन्दा एकदम फरक लाग्यो । लेख पढेर थाहा पाए बुढासुब्बाको मन्दिर त बुद्धिकर्ण्र्ााायको चिहान पो रहेछ । बुढासुब्बाको मन्दिर भनेको किरातीको चिहान रहेछ र त्यहाँका पुजारी भने मगर छन् । सम्भिmहाले, पशुपतिनाथका पुजारी पनि त भारतबाट आएका भट्ट छन् । लाग्यो, हार्ने र जित्नेको सम्बन्ध यस्तै हुने रहेछ ।

Budha Subba: Fulfilling the dreams of the belivers

धरानको कुरा गर्दा केहि दिन अघि एउटा बहुन साथीले लिम्बूवानको राजधानी धरानलाई बनाउनु पर्छ भनेको कुरा याद आयो । धरानलाई लिम्बूवानको राजधानी बनाउनको लागि यसको पहिचान के छ भन्ने कुरा सोच्न थाले । अहिले धरान लाहुरेले बनाएको शहर, घोपा क्याम्प र वि.पि. मेमोरियल हस्पिटलको नामले चिनिन्छ । तर यो लेख पढिसके पछि धरान ऐतिहासिक रुपमा पनि महत्वपर्ूण्ा ठाउँ रहेछ भन्ने कुरा थाहा भयो । धरानलाई राजधानी बनाउने वा नबनाउने कुरा लिम्बूवान राज्य भएपछि निर्ण्र्ाागर्ने कुरा हो तर यसलाई राजधानी बनाउँदा पनि फरक नपर्ने मैले देखे ।

Clock Tower of Dharan: Time, Time to Change, Time for Change

डा. हर्क त्यसपछि धरानबाट मोटरबाटो हुँदै औद्योगीक नगर विराटनगर जान्छन् । लेख पनि त्यहि गएर टुङ्गन्िछ तर उनको यात्रा त्यहाँ टुङ्गदिैन र मेरो पनि । मेरो डा. हर्कलाई पछ्याउने क्रम भने लगातार रहिरहन्छ ।

Posted by: sirjana | August 10, 2009

Bloom

In 2007, I have written about African Violet that I have grown. When African Violet bloomed for the first time, it lasted for 3-4 months.  I was so happy with it.  Flowering African Violet brings smile in my face.  African Violet has started to give flowers this season. Now, I have three different colours of African Violet. I want to collect African Violet with different colours. It is interesting that African Violet comes in different colour though it has a name African Violet.

African Violet that has been flowering from time to time since 2007

African Violet that has been flowering from time to time since 2007

This white African Violet has started to give flower from last year

This white African Violet has started to give flower from last year

This white and purple African Violet has bloomed for the first time

This white and purple African Violet bloomed for the first time

Posted by: sirjana | June 18, 2009

Kathmandu Valley Bandh

Evey now and then we have bandh in Nepal. Normally, when there is bandh I stay at home but on 15th June, I had to go out of the home because I had to go to a workshop. To reach the workshop venue in Sanepa, I had to walk for one hour and 15 minutes. I spent same amount of time coming back. It was interesting walk for me because I had got opporunity to view the different activities going on in the streets of Kathmandu.  While walking I managed to take few pictures on the way.

Photo 1: No economic activities going on during the day

Photo 1: No economic activities going on during the dayPhoto

 

Photo 3: Motorbike stopped by demonstrators (supporters of Maoist).

Photo 2: Motorbike stopped by demonstrators (supporters of Maoist).

 
Photo 4: Students of Thapathali Campus playing on the street
Photo 4: Students of Thapathali Campus playing on the street
Photo 2: Only Ambulance were allowed to pass through the streets

Photo 3: Only Ambulance were allowed to pass through the streets

Photo 5: Labours preparating to paint the traffic marks on the road. This is the good opportunity for them to paint the road since there's no traffice during the day.

Photo 5: Labours preparating to paint the traffic marks on the road. This is the good opportunity for them to paint the road since there's no traffice during the day.

Photo 6: Freshly painted Zebra X-ing. At least Kathmandu Metropolitan City has done a constructive work during bandh.

Photo 6: Freshly painted Zebra X-ing. At least Kathmandu Metropolitan City has done a constructive work during bandh.

Photo 7: Kathmandu Metropolitan city did not managed to pick up the garbage and it was abudent in the streets of Kathamandu.

Photo 7: Kathmandu Metropolitan city did not managed to pick up the garbage and it was abudent in the streets of Kathamandu.

Photo 8: Colourfully painted statue of King Prithivi Narayan Shah in front of Singh Darabar got my attention while I was walking.

Photo 8: Colourfully painted statue of King Prithivi Narayan Shah in front of Singh Darabar got my attention while I was walking.

Photo 9: People walking and gathered in the street of Dillibazar in the evening.

Photo 9: People walking and gathered in the street of Dillibazar in the evening.

Posted by: sirjana | March 10, 2009

Woman

These are the few lines I joted thinking about a woman since March is the month of women.

I am a woman
I am a mother
I have a power to procreate
I have a power to create life
I live thousand lives
I make
World life complete
Therefore,
I am an eternal power.

Posted by: sirjana | December 13, 2008

चासोक: एक परिचय

आज पहिलो पटक नेपालको इतिहासमा किरात चाँड उधौलीको उपलक्षमा राष्ट्रिय विदा सबै नेपालीले पाए । यो उधौली चाँड किराती समुदायले मनाउने गर्छन् र जाती समुदाय अनुसार यसलाई विभिन्न नामले चिनिन्छ । यस उधौली पर्वलाई लिम्बूहरुले चासोक भन्ने गर्दछन् भने, खम्बु (र्राई) हरुले यसलाई साकेला, याक्खाहरुले यसलाई चासुवा र सुनुवारहरुले फोलष्यादर भन्ने गर्दछन् । नेपालीमा यस पर्वलाई न्वाँगी पूजा वा मंसिर पूर्णे भनेर प्रचलित छ ।

उधौली वा मंसिर पूर्णे वा न्वाँगी पूजा वा अन्य नाम जे सुकै भनिएता पनि किरातीहरुले परापूर्व काल देखि मानिआएको यस पर्वमा मुख्य गरी भूमी र प्रकृतिलाई पूजा र्ने काम गरिन्छ । खास गरी भूमीमा फलेको अन्नबालीलाई आफूले खनुभन्दा पहिले भूमी, प्रकृति र देवदेवतालाई अन्नपात दिएकोमा धन्यवाद दिई उनीहरुलाई खुशी तुल्याइ सधै त्यस किसिमको कृपा गरुन् भनी चढाइन्छ अनि मात्र आफूले खाइन्छ ।

लिम्बूहरुमा चासोक पूजा विभिन्न किसिमले गर्ने गरिन्छ । तर विभिन्न किसिमले पूजा गरे पनि यसको प्रमुख जुन माथि उल्लेख गरिएको छ त्यो गरिनै पर्दछ । यस बाहेक, चासोक पूजामा बीऊ रोप्दा, गोड्दा र फल लाग्दा सम्म जमीनमा भएका विभिन्न किसिमका जीव, किरा-फट्याङ्ग्रा मारिन्छ र ती ज्यानका बदलामा आएको अन्नपातको लागि ती जमीनमा बस्ने जीवजन्तु र किरा-फट्याङ्ग्राला पनि धन्यवाद दिइन्छ । प्रकृतिमा भएका अन्य जीवनको र उसको जीवनले मानिसको लागि दिएको अन्नपातको लागि पनि चासोक पूजा गरिन्छ । अन्नपात फलाउँदा विभिन्न किसिमका औजारहरुको प्रयोग गरिन्छ र चासोक पूजामा ती औजारहरुको पनि पूजा गरिन्छ । यसरी मानिस र उसले गरेको सृजनाको लागि पनि चासोक पूजा गरिन्छ । पूजा गर्ने क्रममा वनजंगल, भूमी र पानीका देवदेवतालाई पहिला पूजेर खुशी बनाइन्छ अनि त्यसपछि घर भित्र बस्ने युमा-थेबा (बाजे-बोजु देवता) लाई पूजा गरिन्छ ।

चासोक पूजा गर्दा मानव विकासको चरणहरु पनि देख्न सकिन्छ । पूजा गर्दा सबभन्दा पहिलो काँचो, त्यसपछि आगोमा पोलेको र अन्तमा पानी हालेर भाँडोमा पकाएको अन्न देवतालाई चढाउने चलनले मानव विकासको इतिहासलाई पनि बताउँदछ । चासोक पूजामा विशेषगरी धान, चामल, अदुवा, जाँड, मर्चा आदि चिजहरु चढाइन्छ । यी वस्तुहरु नचढाइ खाएको खण्डमा देवा लाग्छ वा देवताले मुख बाङ्गो परिदिन्छ, हातखुट्टा नचल्ने बनाइदिन्छ भन्ने मान्यता रहेको छ । गाउँघरमा यस्तो हुने गरेको पनि देखिन्छ र फेदाङ्माले क्षमा मागी पूजा गरेपछि मात्र ठिक हुने गरेको देखिन्छ ।

कृषिमा आधारित जीवन पद्धती छाडेर विभिन्न खाले पेशा अपनाएर राजधानीमा बसेका लिम्बू लागयत अन्य किरातीहरुका लागि नयाँ बालि चढाएर मात्र नयाँ अन्न खानु अप्ट्यारो कुरा हो । तर समयसंगको परिवर्त्तनलाई अंगाल्दै नयाँ परिवेशमा नयाँ किसिमले चासोक मनाउनु पनि एउटा राम्रो परम्पराको थालनी गर्नु हो । गाँउघरमा मनाएको चासोकलाई सामूहिक रुपमा मनाउदै, विभिन्न अनुष्ठान गर्नु र मेला लगाई एकै ठाउँमा नाँचगान गर्नुले अर्को किसिमको रौनकता ल्याएको छ । यस खाले आदिवासीका चाढले राष्ट्रिय मान्यता पाउँदा यसको महत्वमा फरक परेको छ र आफ्नो मौलिक सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने होड पनि चलेको छ । मानव जातिको निम्ति प्रकृतिलाई सम्मान गर्ने यस खाले चाढको संरक्षण संम्बद्धन गर्न हामी सबैको कर्तव्य हुन आउछ ।

घुस लिने र दिने दुवै देशका शत्रु हन् भन्ने भनाई नेपालका राजा पृथ्वी नारायण शाहले करिब १३५ वर्षअघि भनेका थिए । उनले त्यो वेला पनि उनका कर्मचारीहरुलाई घुस खुवाउने र कर्मचारीहरु घुस खाने रहेछन् भन्ने बुझिन्छ । यस बारे थाहा पाएर नै होला उनले कुनै दिन नेपाल घुसखोरीले ग्रस्त हुन्छ भनेर यो बारे सबैलाई सचेत गरेका रहेछन् । जे होस् घुसको कुरा नेपालमा पहिले देखि नै चलि आएको एउटा (नराम्रो) चलन रहेछ भन्न सकिन्छ । तर यो चलन नराम्रो हो भन्ने सबैलाई थाहा भए पनि घुस खुवाउनु हाम्रो समाजमा गर्वको कुरा हो कि जस्तो लाग्न थालेको छ ।

 

म मान्छेहरु बाटोमा, रेष्टुरेन्टमा, भोजभतेरमा, घरमा अनि भेटघाटमा कुरा गरा गरीरहेको सुन्छु । यत्ति काम गर्नको लागि मैले यत्ति पैसा दिए । फलानोले फलाना काम गर्न फलानालाई उत्ति पैसा खुवाएछ । यत्ति हजार घुस मागेको थियो तर मैले यत्तिमा मिलाए । आदि इत्यादि । यस्ता कुरा मैले मात्र होइन अन्य कयौ नेपालीले दैनिक जीवनमा सुनिरहेको कुरा हो । यी कुराहरु सुन्दा लाग्छ उनीहरुलाई घुस खुवाएको कुरा भन्दा गर्व लाग्छ ।

 

करीब डेढ वर्षअघि मैले स्कूटरको लाइसेन्स लिने बेलामा यस्ता धेरै कुराहरु सुन्नु परेको थियो । लाइसेन्स लिनको लागि तयारी गर्दा धेरैले किन दुःख गर्र्छौ पैसा देऊ लाइसेन्स घरमा नै आइपुग्छ । तर मलाई लाग्यो आखिर मैले स्कूटर चलाउन जान्नै पर्छ र चलाउन जानेको पनि छ र जानेको कुरालाई किन घुस खुवाएर लाइसेन्स निकाल्ने । हामी जस्तो पढेका र बुझेका युवाहरुले नै गैरकानूनी काम गर्न थालेपछि हामी पछिकाले के सिक्लान् भन्ने हामीले बुझ्नु पर्छ । अनि मैले लाईसेन्सको परिक्षा दिए र पास पनि गरे । परिक्षा पास गरेको एक हप्ता पछि लाइसेन्स लिन जान्दा एक जाना छिमेकी दिदी कामले यातायात कार्यालय पुग्नु भएको रहेछ । यातायात कार्यालयमा लाइसेन्स लिन आएको भन्दा छक्क परेर हेर्नुभयो र मलाई हाँस्दै किन दुःख गरेको भनेर प्रश्न गर्नु भयो । उहाँले आफूले लाइसेन्स ५ हजार दिएर बनाएको र त्यो पनि घरैमा आएको कुरा गर्नु भयो । उहाँको बोलीमा मैले परिक्षा दिएर लाइसेन्स लिन मूर्खतापूर्ण काम गरेको भन्ने भान थियो । उहाँ आफूले घुस खुवाएर लाइसेन्स निकाल्नु भएको गर्व गर्दै हुनुहुन्थ्यो । अनि मलाई त्यसै बेला घुस खुवाउनु नेपालमा गर्वको कुरा हो कि क्या हो भनेर लेख लेख्न मन लागेको थियो । अनि हिजो एउटा साथीले गाडिको लाइसेन्स लिदा तेस्रो पटकको परिक्षामा पास गरेछ र उसलाई पनि धेरैले पैसा खुवाएर लाइसेन्स लिने सुझाव दिएको रहेछ । तर उसले ३ पटक त के ३० पटक भए पनि परिक्षा दिएर नै पास गर्छु भनेछ । एक दुइ जना घुस नखुवाई लाइसेन्स निकाल्ने पनि रहेछौ भनेर खुशी लाग्यो । तर घुस खुवाएर लाईसेन्स वा कुनै पनि काम गर्ने सुझाव दिनेहरु देखेर मलाई हरेस लाग्छ । घुसको विषयमा कुरा गर्यौ भने हामी प्रायः कर्मचारीको मात्र कुरा गर्छौ तर हामी उपभोक्ता वा सेवाग्राहीको पनि घुसखोरीमा उत्तिकै ठूलो हात छ । यस कुरालाई हामी प्रायः ध्यान दिदैनौ । घुस खानेलाई चाहि नानाथरि भन्न बाकि राख्दैनौ तर घुस खुवाउनेलाई चाहि घुस खुवाउन सक्ने पैसावाल रहेछ भनेर चुप लाग्छौ । तर यसरी कत्तिन्जेलसम्म घुस खुवाउनेलाई समाजले सम्मान गर्ने हो र घुस खुवाउने काममा गर्व गर्ने हो ?

Older Posts »

Categories

Follow

Get every new post delivered to your Inbox.