विसे नगर्चि बौलाएको बेला

दोस्रो जनआन्दोलन ताका श्रवण मुकारुङ दाईको “विसे नगर्चिको बयान” कविताबाट प्रभावित भएर “विसे नगर्चि बौलाएको बेला” कविता कोरेको थिए । मस्यौदा संविधानको विरुद्ध दलितहरुले, मधेशीहरुले, आदिवासी जनजातिहरुले, महिलाहरुले र गैर–हिन्दूहरुले गरेको आन्दोलनमा राज्यले गरेको ज्याजति र दमन देख्दा आज फेरी यो कविता तपाईहरुमाझ पोख्न मन लागेको छ ।

Sirjana .......

विसे नगर्चि बौलायो

गाँउ, शहर सबै तिर हल्ला फैलियो ।

विसेले बौलाएर महाराजलाई

विन्ति पनि विसायो ।

पहिले कसैले नसोध्ने विसेलाई

आजकाल

सबैले सोध्न थाले ।

उसका कुरा सुन्न टिकट काटीकाटी

लाइनमा बस्न पनि थाले ।

उसका चर्चा, परिचर्चा

इमेल र इन्टरनेटमा भए

होटल र पान पसलमा गरिए

“विसे त बौलाएछ” भनीए ।

बौलाएको बेला कस्तो कुरा गर्यो विसेले

ठूला घरे सुब्बा छक्क छ,

चार तले र ५४ झ्याले पक्क छन् ।

उनीहरुले सोच्नै नसकेका,

पिपलबोटे सार्किले भन्नै नसकेका,

सज्जन हुँदा उसले नै नबोलेका कुरा ।

आरनको आगोमा जलेको कुरा,

अनि हतौडाले ठोकेको कुरा

सबै बकिदियो बौलाहाले ।

त्यसैले त उ आजकाल प्रचलित छ

’cause उ बौलाएको छ

र उसले साँचो बोलेको छ ।

बौलाउनु र साँचो बोल्नु यहाँ

पर्याय नै बनेको छ

साँचो बोल्नलाई यहाँ

बौलाउनु नै परेको छ ।

View original post

Advertisements

उडान रद्द

खराब मौसम भएदेखि

सपनाको उडान रद्द हुने क्रम जरी छ ।

एक पछी अर्को उडान रद्द भेएको भएकेा भै छ,

दिक्दार लाग्दो प्रस्थान कक्षमा बसिरहन्दा

उद््घोषकको मिठो बोलिले

यात्रुहरुलाई अर्को एक घण्टाको लागि

उडान् ढिलो हुने सुचना दिइरहेकी छिन्

सभामुखले संविधानसभाको मिती सारे जस्तै ।

मौसम र नेताहरु उस्तै छ,

कहिले सफा हुने हो, कुनै ठेगान छैन?

मौसमविद भन्न सक्दैनन् ।

उनिहरुको मेटेरोलजिले काम गर्न छाडिसकेछन्

मौसमको खराबिका कारण

पाइलटहरु उडान भर्नबाट पछाडी सारीसकेछन् ।

खराब मौसम भएदेखी

सपनाको उडान रद्द हुने क्रम जरी छ

अब त मेरो गन्तब्य

न पुग्ने हो कि भन्ने डर जरी छ ।

परिचित हुने धुन

 

अपरिचित शहरमा

परिचित हुन चाहनेहरुको भिडमा

म पनि ठिड्ग उभिरहेको छु

आफूलाई चिनाउन ।

गाडि, मोटरसाइकल र रेल

सबै दौडीरहेका छन्

मानिसहरु हतारमा छन्

बस र रेलले छाड्ला कि भनेर

काममा ढिलो होला कि भनेर

दौडिनेहरुको घुइचोमा

म ठिड्ग उभिरहेको छु

आफूलाई चिनाउन ।

माग्नेहरु उभिएका छन्

बस र रेल कुर्नेहरु उभिएका छन्

उनीहरु उभिरहेका छन्

म उभिरहेको छु

तर

उनीहरु उभिनु र म उभिनुमा

अन्तर छ

म उभिरहेको छु

आफूलाई चिनाउन ।

उभिदा उभिदै

कति गए कति आए पत्तै भएन

कति भेटिए कति छुटि्टए गन्ति नै गरिएन

कत्तिले चिने या चिनेनन्

त्यो पनि थाहा भएन

तर

एउटा कुरा थाहा भयो

आफूलाई चिनाउन

ठिड्ग उभिएर हुँदैन रहेछ

आफूलाई चिनाउन त

सबैलाई उछिनेर

आगाडि जानु पर्दो रहेछ .।

 

कस्तो माया हो यो ?

भोलि भेलेन्टाइन डे आरे । ग्लोबलाइजेसनको प्रभाव नेपालको शहरी क्षेत्रमा मज्जाले परेको छ त्यसैले हामीलाई भेलेन्टाइन डे को ’boutमा केहि न केहि थाहा छ । मलाई पनि यो प्रेमी प्रेमीको दिवस, प्रणय दिवस अनि माया बाड्ने दिवस हो भन्ने थाहा पाएको छु । यसै सर्न्दर्भमा मैले मेरो एउटा माया सम्बन्धी कविता व्लगमा राखेको छु ।

flower.jpg 

कस्तो माया हो यो, आकाशको जुन झारी दिने ?

कस्तो प्रिति हो यो, उसको लागि ज्यानै दिने ?

उसलाई पाउनको लागि बुढासुब्बा र माई धाउने,

उसलाई खुशी पार्नको लागि नानाथरी कसमै खाने,

कस्तो माया हो यो, आकाशको जुन झारी दिने ?

कस्तो प्रिति हो यो, उसको लागि ज्यानै दिने ? उसलाई एकछिन नभेट्दा, उसैको यादमा छटपटाउने

उसको यादमा सधै आफूलाई नै बिर्सिदिने,

कस्तो माया हो यो, आकाशको जुन झारी दिने ?

कस्तो प्रिति हो यो, उसको लागि ज्यानै दिने ? Photo: gallary.hd.org

श्राप

भन्छन्,सतीले सरापेको देशमा
राम्रो काम गर्नेको भलो हुँदैन रे
के उसो भए लोकतन्त्रको लागि लड्नेको
केहि भलो हुँदैन ?
के फेरी पनि दुष्ट कै जीत हुन्छ ?
त्यसो हो भने
ऐ सती !
तिमि आफ्नो श्राप फिर्ता लेऊ
हामी चाहन्छौ
हाम्रो देशमा हाम्रो जीत होस्
हाम्रो देशमा हाम्रो राज्य होस्
ऐ सती !
तिमि आफ्नो श्राप फिर्ता लेऊ
हामी चाहन्छौ
हाम्रो देशमा तिमि जस्तो अर्को सती नहुन्
हाम्रो देशमा फेरी फेरी सतीले नसरापुन्
ऐ सती !
तिमिले आफ्नो श्राप फिर्ता लिनैपर्छ
नत्र,
नेपाली जनताको श्राप तिमिलाई लाग्ने छ ।।

यथार्थ

मेरो डायरीको पानामा यथार्थ लेखेको थिए अनि त्यस यथार्थमा खुशीयाली दिदीले पनि केहि हरफ थपिदिनुभएको थियो । त्यहि यथार्थलाई मैले यहाँ सबैको सामु प्रस्तुत गरेको छु । 

यथार्थ 

सपनाको कुरा गरौ कि

सन्तापको

फूलको कुरा गरौ कि काडाको

ती सबै मेरै त हुन्

मिलनको कुरा गरे पनि हुन्छ

विछोडको कुरा गरे पनि हुन्छ

ती पनि त मेरै नै हुन्

जस्को कुरा गरे पनि हुन्छ

किनकिती सबै सबै मेरै नै हुन् ।। 

दिन पछि रात, रात पछि दिन

अन्ध्यारो र उज्यालोको चक्रमा

सधै उज्यालै खोज्नुपर्ने किन ?

अन्ध्यारो पनि त्यसैको पाटो हो

त्यसलाई घृणा गर्नु पर्ने किन ?

अनुभूति त हुन् ती सब

बाचुन्जेल रहि रहन्छ मै संग

मरे पछि पनि जान्छ मै संग ।। 

 खुशीयालीको यर्थाथ 

मेरो रहर विउझिएका होइन

न्तिम्रा समाजको कोलाहल

प्रसंग, चर्चा, परिचर्चा, दिनचर्या

बाध्यताको पराकाष्ठ,

मेरो र्समर्पण सपना, कल्पना, चाहना

मेरा नभएका पनि त होइनन ।।

, मेरा विगत, मेरा भावी अनुभुती

सवै मेरा आफ्नै त हुन

खण्डित मन पारिदिने

फगत इच्छाहरु पनि मेरा नै त हुन ।।