युप्पारुङमा निहित महिला अधिकार

लिम्बू समुदायको विवाह संस्कारमा नभै नहुने वस्तु हो युप्पारुङ् । कहीकही यसलाई युप्पालुङ् पनि भन्ने गरिन्छ । युप्पाको शाब्दिक अर्थ चाँदिको ढ््याक÷पैसा भन्ने हुन्छ । यसलाई लिम्बू–अंग्रेजी–नेपाली शब्दकोशमा “लगनको समयमा वर र वधूलाई आजीवन विवाह–बन्धनमा बाँधी बाचा गराउँदा प्रयोग गरिने चाँदिको टक र (विवाहलग्नअधि बेहूलीलाई दिइने) बैना” भनेर अर्थ लगाइएको छ । हामीले देख्दै आएको युप्पारुङ् वा युप्पालुङ् भनेको विवाहमा बेहुलीलाई बेहुलाको तर्फबाट दिइने चाँदिको रुपैयाको ढ््याक नै हो ।

शाब्दिक अथै जे भएपनि युप्पारुङको सांकेतिक (symbolic) अर्थ धेरै महत्वपूर्ण छ । युप्पारुङ एक जिम्मेवारीको प्रतिक हो भने यो महिलाको लागि गरिएको विषेश व्यवस्था पनि हो वा महिलाको स्वतन्त्र हुनका लागि प्रयोग गरिने साँचो पनि हो । माथि भनिए झै विवाहमा लगन गर्नु अगाडि बेहुलाले बेहुलीलाई बाचा बन्धन गरीे चाँदिको एक रुपैया बेहुलीको पोथाङको छेउमा बाँधीदिन्छ । फेदाङमाले बेहुलालाई चाँदिको रुपैया बाधाउनु अधि आफ्नी श्रीमतीको साथ दिने, इज्जत साथ घरमा राख्ने, कुनै किसिमको र्दुव्यवहार नगर्ने, श्रीमती प्रति बफादार रहने र त्यस्तो नगरेमा त्यहि युप्पारुङ्ले श्रीमतीले श्रीमानको निधारमा हानेर वैवाहिक सम्बन्धको अन्त्य गर्नसक्नेछिन् भनी बाचा बन्धन गराएको हुन्छ ।

युप्पारुङमा गरीएको बाचा बन्धनले लिम्बू समुदायमा विवाह भनेको एक करार हो भन्ने मान्यता स्पष्ट देखिन्छ । करार गर्दाका सर्तहरु पूरा नभए वा नगरीए करार भंग गर्न सकिने कुरा पनि यहाँ देखिन्छ । युप्पारुङ दिदा गरिएको करार पुरुषले तोडेको खण्डमा महिलाले पनि त्यसलाई तोड्न सक्नेछिन् । यसर्त महिलाको स्वतन्त्र हुने महत्वपूर्ण अधिकारको यहाँ रक्षा गरिएको छ । अहिलेको मानव अधिकारको भाषामा भन्ने हो भने महिलाको आत्म–निर्णयको अधिकारको सम्मान गरिएको छ ।

हामी नजिकका अन्य सामाजिक/धार्मिक समुदाय जस्तो कि हिन्दू र ईसाइ धर्ममा यस्तो व्यवस्था गरिएको छैन । हिन्दू धर्ममा एक चोटि विवाह गरिसकेपछि सात जन्मसम्म ती महिला उसैकि (उसको श्रीमानको) हुन्छे । ईशाइ धर्ममा पनि पवित्र–विवाहबन्धन (holy-matrimony) लाई चर्चले तोड्न सक्दैन वा तोड्ने अधिकार धर्ममा दिएको छैन । लिम्बू मुन्धुमले भने विवाहलाई तोड्न सकिने करारको रुपमा प्रस्तुत गरिएको छ र फेदाङमाले विवाहकै समयमा युप्पारुङ बाध्ने बेला बेहुला–बेहुलीलाई सबै इष्टमित्र र तुम्याहाङबीच स्पष्ट पारेका हुन्छन् । महिलाले आफ्नो श्रीमानको घरमा अपमानित भएको, छल भएको वा र्दुव्यवहार खेपेको खण्डमा सम्बन्ध विच्छेद (नाजोङ) गर्ने अधिकार राख्दछे । यो अधिकार युप्पारुङमा निहित हुन्छ ।

युप्पारुङले निधारमा हिर्काएर चोट पुर्र्याउँनु भन्ने कुरा सांकेतिक मात्र हो । त्यसले शारीरिक चोट त खासै पुर्र्याउँदैन तर सामाजिक चोट भने राम्रै पुर्र्याउँछ । युप्पारुङमा बाचा बन्धन गरिनुको ध्येय पनि यहि नै हो । महिला आफूले आफ्नो जन्म घर छाडेर इमान्दारिताका साथ श्रीमानको घरलाई आफ्नैमानि घरको सबै कामकाज गर्ने, घरका सबै सदस्य लगायत वस्तुभाऊको रेखदेख र स्याहार–सुसार गर्ने, खेत–बारी लगायत पूजापाठका काम समेत गर्ने जिम्मा लिएकी हुन्छे । यस्तो गर्दागर्दै पनि महिलालाई सम्मानसाथ उसको श्रीमानको घरमा राखिनए भन्ने सन्देश यसले दिन्छ । हाम्रो समुदायमा भनाई नै छ, “बरु बुढी मरेकोसंग जानु बुढीले छाडेकोसंग नजानु” अर्थात् विहे गर्नु नै पर्ने अवस्था आईपरे र भनेजस्तो केटा नपाए बुढी मरेकोसंग विहे गर्नु तर बुढीले छाडेकोसंग विहे नगर्नु । हुन त बुढीले छाडेका सबै पुरुष खराब हुदैनन् तर साधारणतया त्यस्तै हुन्छ भनेर नै यस्तो भनाई प्रचलित भएको हुनसक्छ । युप्पारुङले हानेर सम्बन्ध विच्छेद गर्नुले पुरुषको सामाजिक मर्यादामा आँच पु¥याउनु नै हो । यसर्थ महिलालाई यस खाले विशेष व्यवस्था लिम्बू प्रथाजनित कानूनले दिएको छ ।

विभिन्न जाति/समुदायले परम्परागत रुपमा मानआएको÷चलिआएको नीति, नियम र कानूनलाई प्रथाजनित कानून भनिन्छ । यो लिखित वा अलिखित दुवै रुपमा हुन सक्छन् । संसारमा धेरै देशहरु छन् जहाँ त्यहाँका विभिन्न जातजाति, समुदाय, आदिवासी, जनजातिहरुको प्रथाजनित कानूनलाई राज्यको कानून सरह मान्यदा दिइएको छ । उदाहरणको लागि भारत, मलेसिया, फिलिपिन्स, क्यानडा, अमेरीका, बोलिभिया लगायत थुप्रै अफ्रिकि मुलुहरुमा प्रथाजनित कानून राज्यको कानून सरह मान्यता पाएका छन् । नेपालमा भने राज्यको कानूनले युप्पारुङ जस्तो परम्परागत मान्यतालाई प्रथाजनित कानूनको मान्यता दिएको छैन वा भनौ यस्ता प्रथाजनित कानूनलाई नै राज्यले मान्यता दिएको छैन । नेपालले आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (United Nations Declaration on the Rights of Indigenous Peoples)  र अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजाति सम्बन्धी महासन्धी (International Labour Organization’s Convention on Indigenous and Tribal Peoples or ILO Convention no 169) अनुमोदन गरेसंगै आदिवासी जनजातिहरुको प्रथाजनित कानूनले राज्यको अन्य कानून सरह मान्यता पाउँनु पर्ने हो । तर घोषणापत्र र महासन्धी १६९ को कार्यान्वयन प्रभावकारी नभएको कारण यस्ता प्रथाजनित कानूको मान्यता भइ नसकेको अवस्था छ ।

युप्पारुङसंग गाँसिएको परम्परा धेरै पहिलेदेखि चलिआएको भएता पनि यो समसामयिक अवस्थामा पनि उत्तिकै व्यवहारीक छ । यो व्यवहारीक भएता पनि  राज्यको कानूनको प्रभावले गर्दा लोप हुँदै जाने अवस्था छ । साथै यसको अर्थ नबुझेर यसको महत्व विवाह विधिमा चाहिने सामग्रीको रुपमा मात्र रहने अवस्था देखिन्छ । यसको महत्वलाई समयमै बुझेर यस्ता परम्परा र प्रथाजनित कानूनलाइृ मान्यता दिलाउन आवश्यक देखिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )