लिम्बूजातिमा ढोगभेट

संसारभरका जातिहरूमा ढोगभेटका तरिका अाअाफ्ना पनि हुन्छन् । यहाँ लिम्बूजातिको अाफ्नो समुदायभित्र प्रचलनमा रहेको पम्परागत ढोगभेटबारेको वि.स.२०५१ साल, फागुनको नामसाङ स्मारिका अङ्क १ मा प्रकाशित मेरो छोटो अालेख सबैसँग सेयर गर्न चाहन्छु ।

लिम्बूजातिमा ढोगभेट

sewaroPhoto from youtube

संसारका विभिन्न जात-जाति तथा जनजातिको ढोगभेट गर्ने चलन र ढोगभेट गर्ने तरिका आफ्नै प्रकारको हुन्छ । किरातजातिमा लिम्बू जनजाति एक प्रमुख जाति हो । यस जनजातिको ढोगभेट गर्ने तरिका अरुसँग नमिल्ने, फरक किसिमको छ । यहाँ लिम्बूजातिको ढोगभेटबारे चर्चा गरौं ।
लोग्नेमानिसले आफूभन्दा साइनोमा माथिकालाई ढोग गर्दा र स्वास्नीमान्छेले साइनोमा आफूभन्दा माथिकालाई ढोग गर्ने तरीका भिन्न भिन्न हुन्छन् । तर लोग्नेमान्छेले साइनोमा आफूभन्दा माथि हुने स्त्रीजातिलाई ढोग्ने तरिका र स्त्रीजातिले साइनोमा आफूभन्दा माथि हुने लोग्नेमान्छेलाई ढोग गर्दा अपनाउने तरिका भने उस्तै देखिन्छ ।

छोराले बाबुलाई, नातीले बाजेलाई, त्यस्तै भाइले दाजुलाई, ज्वाइँले जेठानलाई, ज्वाइँले ससुरालाई, भान्जाले-भदाले मामा-फुपाजुलाई वा यस्तै साइनोमा आफूभन्दामाथि हुनेलाई ढोग गर्दा (स्वा मःमा) ढोग गर्नेले आफ्नो देब्रे हातले ढोग्नु पर्ने मान्यजनको देब्रेपट्टिको खुट्टाको घुँडादेखि मुनि छोएर आफै केही झुकेर सिधा पारेको आफ्नो दाहिने हातले मान्यजनको दाहिने घुँडादेखि माथि स्पर्श गरी दुबै हात शिरसम्म उचालेर फेन्छाङ् लाङ् देम् चुप्साङ् हुक्सो ताङ्जुप् सेवारोको तरिकाले सेवारो भन्नुपर्दछ । तर यसो भन्नु भन्दा अघि नै घुँडा छोएको हातलाई तानेर त्यसको पञ्जामा दाहिने हातको कुइना राखेर सिधा पारेको दाहिने हातको धारे पञ्जालाई सहित शिरसम्म उचालेर शिर पनि केही झुकाएर सेवारो भन्नुपर्दछ । ढोग थाप्ने मान्यजन वा आफू समानकै कुलकुटुम्ब वा साथीसङ्गी, दौँतरी जो भए पनि ढोग थाप्नेले समेत ढोग गर्ने व्यक्तिको झैं, तरीकाले अर्थात केही झुकेर ढोग दिने व्यक्तिको देब्रे घुँडासम्म आफ्नो देब्रेहात र उनको दाहिने घुँडामाथि आफ्नो दाहिने हातले र्स्पर्श गरेर दुवै हात शिरसम्म उचालेर फेन्छाङ् लाङ्देम् चुप्साङ् हुक्सो ताङ्जुप् सेवारो भन्दै ढोग फर्काउने गरिन्छ ।
छोराले आमालाई ढोग गर्दा आमाको खुट्टामा नै शिर राखी ढोग गरेको देखिन्छ । तर ज्वाइँले भने आफ्नो सासुलाई अलगबाट आफ्ना दुइ हात सासुको दुवै पाउको समिप पुर्याई पाउको दुवैतिरको भूइ सोहोरेर दुवैहात उचालेर सेवारो भन्नुपर्दछ । छोराबुहारीले अलग भुइँसोरी नढोगेर सासुलाई पनि आमालाई झैं हिजआज खुट्टामा ढोग्छन् भने ससुरालाई छोरीज्वाईँ झैं अलगबाट भूइँसोरी (सोहोरेर) ढोग्दछन् । भाइबुहारीले जेठाजुलाई र बहिनी ज्वाईँले जेठीसासुलाई अलगबाट भुइँसोरी ढोग गर्नुपर्दछ । मामाससुरा, फुपाजुससुरा तथा मितबाबु ससुरालाई ज्वाईँ ढोग दिँदापनि छोरानातिले बाबुबाजेलाई ढोग गर्ने तरिका फेन्छाङ् लाङ्देम् चुप्साङ् सेवारो – अनुसारको सेवाढोग गरिन्छ । साइनोमा कुनै प्रकारका सासुलाई माथि सासुलाई ढोग दिने तरिकाले ढोग दिइन्छ ।

स्त्रीजातिले साइनोमा आफूभन्दा माथिकालाई र पुरुषजातिले आफूभन्दा साइनोमा माथिका स्त्रीलाई अलगबाट भुइँसोरीको तरिकाले ढोग गर्ने आफ्नो जातीय परम्परालाई हराउनबाट जोगाउने दायित्व आफ्नै हो । त्यस्तै पुरुषजातिले साइनोमा आफूभन्दा माथिका पुरुषलाई फेन्छाङ् लाङ्देम् हुक्सो ताङ्जुप् सेवारो – को तरिकाले तथा साइनोमा माथिका स्त्रीजातिलाई अलगबाट भुइँसोरी ढोग गर्ने आफ्नो जातीय परम्परालाई बचाएर राख्ने दायित्व पनि आफ्नै हो । हिजआज हिन्दू संस्कृतिको प्रभावले गर्दा ढोगभेटमा अपनाइने आफ्नो जातीय परम्परा हराउँदै जादैछन् । बेलैमा लिम्बूजातिले संस्कृतिको जर्गेना गर्ने क्रममा ढोगभेट गर्ने आफ्नो तरिकालाई बचाउने तर्फध्यान दिनुपर्दछ । लिम्बूजातिले ता भगवानलाई पनि आफूभन्दा माथिका मान्यजन नै मात्रै ठानेका वा आफ्ना मान्यजनलाई भगवानझैं पूज्य ठानेको वा दुवैलाई समान सम्मानको भागिदार बनाएको कुरा हामी लिम्बूजातिमा पाइने प्रार्थना र भक्तिका गीतमा पाउँछौं । भगवानलाई अभिनन्दन गर्दा पनि तिम्रो देब्रे पाउ समातेर आफ्ना दाहिने हात सहित दुवैहात उचालेर प्रणाम गर्दछु – भनिन्छ । मान्यजन वा गण्यमान्यहरूको स्थान लिम्बूजातिमा ईश्वरकै बराबर छ । ईश्वरलाई र मान्यजनलाई सेवा-प्रणाम गर्दा अपनाइने ढोगभेटको लिम्बूजातिको चलनलाई हराउन नदिई बचाएर राखौं ।

सबै गण्यमान्य सज्जन तथा आदरणीय महिला एवम् संगी-साथी र इष्टमित्रसमेतमा आजको दिन मेरो पनि फेन्छाङ् लाङ्देम् चुप्साङ् हुक्सो ताङ्जुप् सेवारो ।

स्रोत ः नामशाम स्मारिका अङ्क १, फागुन २०५१

Note: This article is taken from Til Bikram Nembang “Bairagi Kainla” facebook page.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )