संझनामा कवी कुना

Kabi Kuna
Kabi Kuna

फेदेन स्थित पान्थर पत्रकार महासंघको कार्यालयमा छलफल कार्यक्रम सकेर सामान मिलाउदै गर्दा केरुङजी (उहाँलाई पुरा नाम नलिई थरमा जी राखेर परिचय गराइयो, त्यसैले मैले यहाँ उहाँको नाम केरुङजी मात्र लेखे) मलाई बोलाउन आइपुग्नु भयो । किन, के को लागि केहि भन्नु भएन । केवल “धमेन्द्रजीले तपाईलाई जसरी भएपनि लिएर आउनु भन्नुभएको छ” भन्नुभयो । साहित्यकार धमेन्द्र विक्रम नेम्बाङले मलाई किन र केका लागि बोलाउनु भयो मेरो दिमागमा केहि छिरेन । न म साहित्यकार नै हो, न म राजनीतिक कार्यकर्ता । नेपाली काग्रेसका नेता शुशील कोइरालाले फेदेनमा सम्बोधन गर्ने कार्यक्रम रहेकोले धमेन्द्रजी त्यहाँ पुग्नु भएको थियो । धमेन्द्रजी  धमेन्द्रजी र मेरो बाटो नै बेग्लै  । यत्ति भन्दा भन्दै पनि म आफूलाई राजनीति र साहित्यमा चासो नराख्ने मान्छे चाहि भन्दिन । मलाई यी दुवै विषयमा चासो र रुची छ ।

केरुङजीले मलाई डो¥याउँदै फेदन बजारको बीचमा अवस्थीत एक मिठाइए (खाजा) दोकानमा पु¥याउनु भयो । दोकान तराईको दोकान जस्तो देखिन्थ्यो । समोसा पहाड, मटरको तरकारी, पुरी टेबलमाथि र सिसाभित्र विभिन्न प्रकारका मिठाईहरु सजाइएको थियो । लिम्बू सघन क्षेत्रमा रहेको त्यस बजारमा प्रशस्तै गैर–लिम्बूहरु पनि छन् । लिम्बू सांस्कृतिमा पाँहुना तथा खेतालालाई जाँड–रक्सी दिने खाने र हाडबजार जाँन्दा खाजामा समेत जाँडरक्सी खाने चलन  । तर त्यस दोकानको अस्तित्वले त्यहाँका मानिसहरु (विषेश गरि लिम्बूहरु) मिठाई खान सिक्दै रहेछन् भन्ने लाग्यो । त्यहाँ वहुसंस्कृति फैलिने क्रममा छ भन्ने पनि देखियो ।

हिन्दी फिल्मका हिरोहिरोइन, फूल र अन्य झिलिमिलि पोष्टरहरु टासेको त्यस दोकानको एउटा कुनामा साहित्यकार पारिजातको फोटो टागिएको थियो । अनि त्यस फोटोको तल “कवी कुना” लेखिएको थियो । त्यस “कवी कुना” फेदेनमा अवस्थित साहित्यकारहरुको जमघट र साहित्यिक मन्था गर्ने ठाउँ रहेछ । चियाको घुटसंगै कवीता वाचन, साहित्यिक पुस्तक तथा लेखहरुको समिक्षा र साहित्यका विविध पक्षका बारे छलफल गरिने रहेछ ।

DSC00092“कवी कुना” पुग्दा केहि व्यक्तिहरुले कवीता वाचन गरीसक्नु भएको रहेछ । धमेन्द्रजीले म त्यहाँ पुगेपछि सबैसंग परिचय गराउनु भयो (दुःखको कुरो म उहाँहरु सबैको नाम सम्झन सक्दिन) । यहि बेला मैले साहित्यकार उपेन्द्र सुब्बालाई चिन्ने र बोल्ने मौका पनि पाए । परिचय पछि, कविता वाचनको क्रम फेरी शुरुभयो । त्यो साहित्यकारहरुको जमातमा पत्रकार, सरकारी तथा गैर–सरकारी क्षेत्रमा सेवा गर्ने, विभिन्न पेशा अंगाल्नुभएका व्यक्तित्वहरु थिए । लाग्यो यो सबैको लागि एउटा खुला ठाउँ हो र मलाई त्यसमा अटाउन कुनै ठूलो कुरो भएन । मैले त्यहाँ दुई जनाको कविता सुन्न पाए । एकजना साहित्य प्रेमले त कवीतामा नयाँ प्रयोग समेत गर्नु भएको रहेछ “एक शब्द” को कविता लेखेर । उहाँले एक हरफको ठाउँमा एक शब्द प्रयोग गर्नु भएको थियो । यो पनि नयाँ सोच हो । जो कोहिले यस्तो सोच्न सक्दैन भन्ने लाग्यो मलाई । सबैजनाले उहाँको नयाँ सोचलाई तालीले स्वागत ग¥यौ । त्यसपछि मेरो पालो आयो । कुनै बेला एक–दुई वटा कविता त मैले कोरेको थिए तर भन्ने बेलामा शिर्षक बाहेक केहि पनि याद आएन । त्यसो भएकोले मेलै विक्रम सुब्बाको छोटो कविता “काठमाण्डौं साहेब” याद थियो ।
काठमाण्डौं साहेबको खुट्टामा
फूलहरु टेक्ने काडेदार फलामका जुत्ता छ ।
काठमाण्डौं साहेको हातमा
पाँचवटा औलाहरु छन्
जसमध्ये चोर औला अत्यन्त सक्रिय छ ।

यहि कविता भनिदिए । सबैले मन पराउनु भयो । मन नपरोस् पनि कसरी विक्रम सुब्बाको कवीता सधै पेचिलो र मिठो हुन्छन् ।

कविताको क्रम सकिएपछि पान्थरमा देश विदेशका पुस्तकहरु पाउन गाह्रो हुने कुरोमा छलफल भयो । यस कुराको सामाधान गर्नको लागि त्यहाँका पत्रकार प्रेम ओझाले एक जना किताब दोकानका व्यापारीलाई काठमाण्डौंमा आउने देशी–विदेशी साहित्यिक किताबहरु ल्याइदिन आग्रह गरेको र दोकानेले पनि ल्याइदिने गरेको बताउनुभयो । आफूसंग भएका साहित्यिक किताबहरु साटासाट गरेर पढ्न सकिन्छ भन्ने कुराले सबैको हौसला बढ्यो । पढ्ने इच्छालाई केहिले छेक्दैन भनेको यहि यो ।

छुटिनु अघि धमेन्द्रजीले आफ्नो उपन्यास “रातो बाघ” बजारमा चाडै नै आउने जानकारी दिनुभयो । त्यसको लागि हामी सबैले अग्रीम शुभ–कामना दियौ ।

नोट ः धमेन्द्रीजीलाई मलाई “कवी कुना” मा बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )