एस.एल.सी. – त्रास कि आस?

गत साता एस.एल.सी. (अर्थात् स्कूल लिभिङ सर्टिफिकेट भन्नुको मतलब विद्यालय छाडेको प्रमाणपत्र) को नतिजा प्रकाशन भयो । नतिजा प्रकाशन भए लगतै बोर्डमा आउनेको खुशी र मिहेनतको कथा अति कति विद्यार्थीहरु फेल भएर आत्महत्या गरेको कथा संचार माध्यम र सामाजिक संजालहरुमा देख्न / पढ्न पाईयो । त्यसपछि एस.एल.सी. को परिक्षा, कति पास भए, कति फेल भए, कति बोर्डमा आए, कति फेल भए, कति विद्यालय शतप्रतिशत पास भए भने कति विद्यालय निल (शून्य) भए, किन त्यस्तो भो, किन उस्तो भयो, गुणस्तरीय शिक्षा, नीजि र सरकारी विद्यालयको शिक्षा, आदि इत्यादि विषयमा बहस शुरु हुन थाल्छ । संचार माध्यम मात्र नभएर हरेक घरघरमा यस बारे बहस चल्न थाल्छ । म पनि यस परिक्षाबाट गुज्री सकेको एक व्यक्ति भएकोले यस बारे थुप्रै प्रश्नहरु आइरहन्छ ।

१. एस.एल.सी. परिक्षाले कालान्तरमा मान्छेको जीवनमा कस्तो प्रभाव पार्छ ?

स्कूले विद्यार्थी कालमा एस.एल.सी. नै मेरो जीवनको लक्ष्य हो जस्तो लाथ्यो । स्कूल, घर, परिवार र छिमेकमा सबै एस.एल.सी. त “फलामे ढोका” हो, एस.एल.सी. पास गर्नु भनेको “फलामको चिउरा” चपाउनु सरह हो, एस.एल.सी.मा राम्रो गरे मात्र “डाक्टर–इन्जिनियर” बन्न÷पढ्न पाइन्छ (मतलब विज्ञान पढ्न पाइन्छ), एस.एल.सी. नगरे “काम” पाइन्दैन, अहिले “पिउन”ले पनि एस.एल.सी. पास गरेको हुन्छ । यस्ता “फलमे ढोका”, “फलामको चिउरा”, “काम” पाउने÷नपाउने, “डाक्टर–इन्जिनियर” (ठूलो मान्छे), “पिउन” (सानो मान्छे) जस्ता उपमा देखाइ एस.एल.सी.परिक्षाको डर–त्रास हामीलाई देखाइन्थ्यो र अहिले पनि देखाइन्छ ।

पढ्दै गर्दै जाँदा मैले के थाहा पाए भने एस.एल.सी. नै सबैथोक होइन । एस.एल.सी.मा राम्रो अंक नल्याए पनि, विज्ञान नपढे पनि, डाक्टर–इन्जिनियर नबने पनि मान्छेले आफूले इच्छाएको विषय पढ्न पायो भने राम्रो गर्छ र त्यसबाट नै उसले राम्रो काम पाउन सक्छ ।

Pass percentage in SLC, 2009-2014. source: ekantipur.com
Pass percentage in SLC, 2009-2014. source: ekantipur.com

एस.एल.सी.मा राम्रो अंक ल्याउने व्यक्ति नै जीवनमा सफल हुन्छ भन्ने पनि छैन । वा भनौ एस.एल.सी.मा राम्रो अंक ल्याउने व्यक्तिले उच्च–शिक्षामा पनि वा सधैभरी राम्रो अंक ल्याउछ भन्ने पनि छैन रहेछ । केहिले उच्च–शिक्षामा राम्रो गर्छ र केहिले गर्दैन । एस.एल.सी.मा ठिकठिकै अंक ल्याउनेले पनि माथिल्लो तहमा गएर राम्रो गर्न सक्छ । अंकको कुरा गर्ने हो भने, एस.एल.सी.मा जति अंक ल्याए पनि माथिल्लो तह उक्लिदै जाँदा माथिल्लो तहको बढी महत्व हुँन्दै जाने रहेछ । अनि कामको कुरा गर्ने हो भने, कामसंग अंकको खासै सरोकार नभएको मैले पाए । महत्वपूर्ण हुन जाने रहेछ काम ।

काम जान्नको लागि अध्ययन र लगनशिलता महत्वपूर्ण हुनजान्छ । आफूले गर्ने कामको विषयमा अध्ययनशिल हुन अत्यन्त आवश्यक रहेछ । काम गर्दै जाँन्दा धेरै कुरा त्यहि कामले सिकाउने रहेछ । यसरी “कामले काम सिकाउँछ” भन्ने हाम्रो पुरानो उखान जीवनको परिक्षामा लागू हुने रहेछ । त्यस्तै आफूलाई मन परेको काम गर्नको लागि एस.एल.सी. बाधक बन्नु हुन्दैन र कतिपय सफल व्यक्तिहरुका लागि यो बाधक पनि बनेको छैन । त्यो त बस उच्च–शिक्षा हासिल गर्नेका लागि एउटा खुड्किला मात्र हो ।

SLC suicide gate? source: nepalwiki.blogspot.com
SLC suicide gate?
source: nepalwiki.blogspot.com

२. एस.एल.सी. फेल किन डरलाग्दो फेल ?

एस.एल.सी.मा राम्रो अंक ल्याए प्रोत्साहन त मिल्छ नै तर त्यसले नै व्यक्तिको भविष्य तय गर्छ भनेर सोच्न भने अलि गलत हुन्छ भन्ने मलाई लाग्छ । तर हामीलाई स्कूले विद्यार्थी कालमा एस.एल.सी.ले नै सबै तय गर्छ जस्तो भान पारिन्छ जस्ले गर्दा परिक्षामा फेल हुँन्दा संसारै भासिएको जस्तो लागेर होला कतिपय विद्यार्थीहरु आत्महत्या समेत गर्न पुग्छन् । नत्र त फेल हुने भन्ने कुरा सामान्य हो । कक्षा एक देखि १० सम्म पुग्दा विद्यार्थीहरु विभिन्न विषयमा विभिन्न समयमा फेल हुने गर्छन् । कोहि विषयमा फेल भएर पनि माथिल्लो कक्षा चढ्छन् भने कोहि एउटै कक्षामा दोहो¥याएर पढ्छन् । उनीहरु अर्को पटक राम्रो पास गरिन्छ भन्ने भावना बोकेर पढिरहेका हुन्छन् । त्यसैले त्यस्ता फेललाई सामान्य रुपमा लिइन्छ तर एस.एल.सी.मा हुने फेललाई किन असमान्य बनाइन्छ जब कि सबैभन्दा धेरै विद्यार्थी एस.एल.सी. मै हुन्छन् ? किन यसलाई सामाजिक प्रतिष्ठाको विषय बनाइन्छ ? किन यसलाई अन्य कक्षाहरुमा भएका फेललाई जस्तो लिइन्दैन ?

फेल त कलेजमा पुगेर पनि भइन्छ । कलेजमा पुगेर हुने फेललाई फेल नै भनिन्दैन, “व्याक” वा “व्याक पेपर” भनिन्छ । कलेजमा हुने फेल त फेल जस्तो पनि लाग्दैन । अनि किन एस.एल.सी.मा हुने फेललाई डरलाग्दो फेलको रुपमा चित्रण गरिनुपर्ने ?

SLC attendees and number of pass students, 2009-2014. source: localnepaltoday.com
SLC attendees and number of pass students, 2009-2014.
source: localnepaltoday.com

३. एस.एल.सी. मा किन धेरै फेल ?

कक्षा एक देखि १० सम्म पुग्दा विद्यार्थीहरु अत्यन्तै कम फेल हुन्छन् । एउटा कक्षामा १÷२ जना भन्दा बढी फेल हुँन्दैनन् । बरु गाँउ वा दुर्गम क्षेत्रतिर कक्षा ९/१० तिर पुग्दा सम्म विद्यालय छाड्नेको संख्या फेल हुनेको संख्या भन्दा बढी हुन्छ होला । पाठ्यक्रम हेर्ने हो भने पनि कक्षा ९ र १० को पाठ्यक्रम लगभग उस्तै हुन्छ । भन्नुको मतलब एस.एल.सी. लाई ताकेर तयार गरिएको हुन्छ, पढाई पनि त्यसरी नै गराइएको हुन्छ प्रायः विद्यालयहरुमा । त्यस्तो पाठ्यक्रम पढेर, कक्षा ९ पास गरेर १० पुगेका विद्यार्थीहरु एस.एल.सी.को परिक्षामा फेल नै हुन्छन्, किन ?

प्रायः फेल हुने विद्यार्थी सरकारी र त्यो पनि गाँउ र दुर्गम क्षेत्रमा पर्ने विद्यालयका छन् । ती विद्यालयको पढाईको गुणस्तरको बारेमा सरकारले ध्यान दिनुपर्ने अवस्था त छ नै । तर निल नै हुनेगरि परिक्षाफल आउँदा कस्तो विद्यालय प्रशासन र कस्तो शिक्षकले पढाउछन् भन्ने प्रश्न त आउँछ नै । तर त्यस्ता विद्यालयले कक्षा १० सम्म विद्यार्थीहरुलाई कसरी पास गर्दै ल्यायो भन्ने प्रश्न पनि आउँछ । सरकारी विद्यालयको तुलनामा नीजि विद्यालयका शिक्षकहरुले तलब, सुविधा, स्रोत, साधन र तालिमले पनि धेरै विद्यार्थी पास गर्न सफल भएको पाइन्छ भने त्यो सरकारी विद्यालयका शिक्षकले किन गर्दैनन् भन्ने प्रश्न पनि आउँछ । सरकारी विद्यालयका शिक्षकहरु कामचोर भएकै हुन् त ? या के हो तथ्य कुरा ?

Comparison between private and public school source: econitynepal.com
Comparison between private and public school
source: econitynepal.com

माथि भनिएको बहेक यसरी एस.एल.सी.मा सधै ठूलो संख्यामा फेल हुनुको कारण के ? कतै सुनेको थिए, शैक्षिक बेरोजगार धेरै हुन्छ भनेर । शैक्षिक बेरोजगार कम गर्नको लागि एस.एल.सी.मा धेरै विद्यार्थी फेल गरिएको । वा भनौ एस.एल.सी.ले शैक्षिक बेरोजगार छाट्ने काम गर्छ । कुरा यस्तो हो भने एस.एल.सी. पास गरेका सबैलाई सरकारले रोजगारी दिएको छ त ? मलाई लाग्छ अशिक्षित बेरोजगार हुनु भन्दा त शिक्षित बेरोजगार नै ठिक । अर्को तर्क सुनेको थिए, एस.एल.सी.मा सबै पास भए भने कलेज पुग्दैन भन्ने । यो तर्क मलाई झनै दमदार लागेन किनभने अहिले एस.एल.सी. पास हुने वित्तिकै क्याम्पस पढ्नु पर्दैन । उनीहरुले पढ्ने हो + २, जुन आफू पढिरहेको विद्यालयमा नै संचालन भैरहेको हुन्छ भलै त्यसको नामको अन्तमा कलेज भन्ने फुर्को जोडिएको हुन्छ । खासमा त त्यो उच्च माध्यमिक विद्यालय न हो ।

४. अब +२ (उच्च् माध्यमिक विद्यालय) भईसकेपछि कक्षा १० को परिक्षालाई किन एस.एल.सी. भनिरहनु पर्ने ?

मेरो बुद्धिले नभ्याएको हो कि मैले कुरा नबुझेको हो, कक्षा १० पछि कक्षा ११ र १२ पढ्नु परेपछि किन कक्षा १० को परिक्षालाई एस.एल.सी. यानि स्कूल लिभिङ सर्टिफि हुकेट अर्थात् विद्यालय छाडेको प्रमाणपत्र भन्नुपरेको होला ? एस.एल.सी. परिक्षालाई कक्षा १० को परिक्षा भनेर सहज रुपमा लिने र त्यसको परिक्षा प्रकृयालाई पनि अन्य कक्षा सरह गर्दा के फरक पर्ला ? कक्षा १० को परिक्षा भनि सहज लियो भने विद्यार्थीलाई पनि सहज हुने र सरकारलाई पनि सहज हुने थियो जस्तो लाग्छ । बरु परिक्षालाई मात्र केन्द्रित गर्नु भन्दा सरकारले पढाइको गुणस्तरलाई केन्द्रित गर्न सके राम्रो हुन्थ्यो होला ।

कक्षा १० को परिक्षा भनेर सहज रुपमा लियो भने विद्यार्थीले आत्महत्या गर्ने र त्यो भन्दा पनि एस.एल.सी. बिग्रियो भनेर भौतारीने, रुमलिएर हिड्ने र पढाइ छाड्ने विद्यार्थीको संख्या कम हुने थियो होला । आत्महत्या गर्ने विद्यार्थीको कुरा त समाचारमा आउँछ तर परिक्षा बिग्रिएर भौतारिने र पढाइ छाड्ने विद्यार्थीको बारेमा केहि समाचार आउँदैन । त्यस्ता विद्यार्थी कति छन् होला ? यसरी विद्यार्थीलाई एस.एल.सी. त्रास देखाउनुको साटो सहज रुपमा लिने र पढ्न अरुको लागि नभएर आफ्नो लागि हो भन्ने बुझाउने सके एस.एल.सी. कहाली लाग्दो हुँदैन थियो होला ।

Police beating a person trying to help student to cheat source: imagechannels.com
Police beating a person trying to help student to cheat
source: imagechannels.com

 एस.एल.सी. को कहाली विद्यार्थीलाई मात्र लाग्दैन, त्यो उसको परिवारलाई पनि लाग्छ । त्यसैले परिक्षा पास गराउन अनेक हतकण्डा अपनाउछन् परिवारका सदस्यहरु । टिउसन पढाउने देखि लिएर प्रश्नपत्र किन्ने र चिट चोराउने सम्म । हरेक वर्ष चिट चोराउनेलाई रोक्न लाठीचार्ज गराएको समेत समाचार देखन र सुन्न पाइन्छ । यो एस.एल.सी.मा फेल होला भन्ने त्रासले नै हो ।

५. माध्यमिक तहबाटै आफूले मन पराएको विषयलाई मुख्य विषय बनाएर पढ्न किन नपाइने ?

हामी कहाँ अनिवार्य भनिएका विषय बाहेक थोरै मात्र ऐछिक विषयहरु (विज्ञान, गणित, भूगोल, शारीरिक शिक्षा, गृह विज्ञान, लेखा, तथा कम्पूटर) पढ्न पाइन्छ । तर यी विषय बाहेक अन्य विषय जस्तो कि खेदकुद, संगीत, नृत्य, नाट्यकला, साहित्य, सामाजिक शिक्षा, समाज सेवा, इतिहास जस्ता विषयलाई किन महत्व नदिने ? विज्ञान नपढ्नेलाई किन नजान्नेको संज्ञा दिने ? विज्ञान पढ्नेलाई मात्र किन महत्व दिने ? जो विज्ञान, लेखा, गणित वा कम्पूटरमा कमजोर छन् उनीहरुले आफूलाई मन पर्ने अन्य विषय लिएर एस.एल.सी. पास गर्न किन नपाउने ? अहिले खेलकुद, संगीत, रंगमञ्च, कला र साहित्यमा पनि करियर/भविष्य छ । यसबाट पनि राम्रो कमाई गर्न सकिन्छ । यस्ता विषयलाई पठ्यक्रममा किन नराख्ने ? अहिले व्यावसायिक विषय लिएर एस.एल.सि. दिन पाइने रहेछ, त्यस्तै प्रवधान माथिका विषयलाई पनि किन नगर्ने?

अन्तमा :  सरकारले एस.एल.सी.को परिक्षामा खर्च गर्ने समय, पैसा र ताकत पढाइको गुणस्तरमा खर्च गरे राम्रो हुने थियो । अनि कक्षा १० को परिक्षा विद्यार्थी र अभिभावकलाई तर्साउने नभई उनीहरुको हौसला बढाउने खाले हुनुपर्छ । अनि त्यो परिक्षा त्रास नभई समृद्ध भविष्यको आश देखाउने खाले हुनुपर्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )