उपहारले दिएको दुःख

उपहार भन्ने बित्तिकै खुशी भन्ने बुझ्छु म र अरुले पनि त्यसरी नै बुझेका होलान् भन्ने लाग्छ मलाई । तर पाल्पाको बौघा गुम्बा गा.वि.स.को बोटे गाँउ, छेर्लुङमा उपहारले माझी महिलाहरुको अनुहारमा आँशुका थोपा ल्याएको देख्दा नरमाइलो लाग्यो । त्यस गरिब बोटे÷माझी गाँउमा दुई वर्ष अधि महिलाहरुलाई उपहार भनी बाख्रा दिईको रहेछ एक सहकारी संस्थाले हेफर भन्ने संस्थाको सहयोगमा । उनीहरुलाई बाख्रा उपहार संगै बाख्रा पालन गर्ने साधारण तालिम र बाख्राको खोर बनाउन ऋण समेत दिएको रहेछ । उपहार त उपहार नै हो । उपहार लिने बेला सबैले दंग परेर लिए । उपहारले कसैले गर्जो पनि टारे होलान् र कसैले दुई छाक मिठो पनि खाए होलान् ।

20140325_120647
उपहार पाउने मझी महिलाहरु

अहिले उनीहरुलाई उपहारले रुनु न हाँस्नु बनाएको छ । उपहार दिने सहकारी संस्थाका प्रतिनिधिले आज एक्कास्सि आएर “तपाईहरुले उपहार र्फिर्ता दिनु पर्छ किनभने त्यो उपहार तपाईहरुले अर्को समूहलाई दिनुपर्छ” भने । उनीहरुले त्यस गाँउका सबै घरघरमा पुगेर बाख्राको अवस्था पनि हेरे । उनीहरु भन्छन्, “तपाईहरुले बाख्रा राम्ररी पाल्नु भएको छैन, स्याहार पुगेको छैन, खोर पनि राम्रो छैन, खोर बनाउन ऋण दिएका थियौ के गर्नुभयो?” उनीहरु चुपचाप सुनिबस्छन् । उनीहरु मध्ये एक टाठी महिला फेरी भन्छन् “तपाईहरुले हिजो २३ सयमा २३ सय नै नपर्ने पाठी किनेर ल्याउनु भएछ, त्यस्तो पाठी त हामीले अरुलाई कसरी उपहार दिन सक्छौ ? सक्दैनौ । ल तपाईहरुको समूहले निर्णय गर्नुस् के गर्नुहुन्छ ?” सबैजना अवाक रहन्छन् । माझी महिलाहरु मध्ये एक जना महिलाले बल्ल बल्ल बोलि फुटाएर भन्छिन्, “४ महिना थपिदिए हुने थियो ।” फेरी उनी भन्छन्, “त्यो गर्न मिल्दैन । तपाईहरु मध्ये २–४ वटा बख्रा मात्र लैजान लायक छ अरु छैन, किनेर ल्याएको पनि छैन । तपाईले पैसा दिने हो कि बाख्रा नै दिने हो निर्णय गर्नुस् ।” फेरि सबै अवाक हुन्छन् । समूहका एक महिला सानो आवाजमा, महिना थपिदिए हुन्थ्यो भन्छिन् । तर सहकारी संस्थाका ठाठि महिला भन्छिन् “सरहरुले अर्को समूहलाई उपहार दिनुपर्छ ल्याउनु भन्नुभएको छ, मिल्दैन ।” पछाडि पट्टि महिलाहरु खुसुरपुसुर गर्छन्, “हामीलाई उपहार फिर्ता गर्नुपर्छ भन्ने थाहै भएन ।” अर्कि समूहका नेता जस्तो देखिने महिलाले “तपाईहरुले अलि अगाडि खबर गर्नुभएको भए केहि गथ्यौ, साता दिन अगाडि मात्र खबर गर्नुभयो अब के गर्ने होला ।” फेरी टाठि महिला भन्छिन्, “तपाईहरुको समूहले निर्णय गर्नुस् कहिले दिने र कसरी दिने । तपाईहरुको उपहार दिन लायक छैन ।” समूहमा एक पुरुष पनि थिए । उनले भने, “त्यसो भए पैसै दिऊ” । पैसा दिनुपर्ने भएपछि सबैको मुख कालोनिलो भयो । एक जना महिलाले त छेऊमा छोराले छुकछुक ग¥यो भनेर रिसले चड्काई हालिन । बिनसित्ति केटोले उपहारको रिस खेप्नुप¥यो । उ आँसु र सिगाँन बगाउँदै आमासंग टासिएर बस्यो । फेरी ती सहकारीको टाठि महिलाले भनिन्, “कति पैसा दिनुहुन्छ र कहिलेसम्म तपाईहरुको समूहले निर्णय गर्नुस् ।” माझी महिला मुखामुख गर्छन् । फेरी त्यहि समूहका नेता महिला भन्छिन्, “हामी गरिब छौ सरलाई रकम कम गरिदिनु भन्दिनुस् न” । सहकारीका अन्य प्रतिनिधिहरु चुपचाप लाग्छन् तर टाठि महिला एकछिन् सोचेर भन्छिन्,“तपाईहरुले बजारबाट २३ सयमा पाठी किनेर ल्याउनु भएछ, त्यसमा सय कम गरेर २२ सय दिनुस् न” । सबैले ठाँउको हल्लाए र बैशाखसम्ममा सबैले उपहार बराबरको (३२ वटा बाख्रा) ७० हजार ४ सय रुपैया तिर्ने निर्णय गरे ।

20140325_123104
सहकारीबाट अएका प्रतीनिधी र कर्मचारीहरु (दहिनेबाट पहिलो तीन जन)

हेफरको सहयोगमा त्यस महिला सहकारीले गरिब परिवारलाई बाख्रा दिने (जसलाई उनीहरुले उपहार भन्ने रहेछन्) र २ वर्ष पछि ती गरिब परिवारसंग उपहार र्फिर्ता लिएर अर्को परिवारलाई दिने रहेछन् । तर यो कुरा उनीहरुले माझीहरु स्पष्टसंग बताएका रहेनछन् । माझीहरुले उपहार फर्काउनु पर्दैन भन्ने बुझेका रहेछन् । संस्थाका प्रतिनिधिहरुले उनीहरुलाई समूह नबनाइन्जेलसम्म उपहार फर्काउनु पर्दैन भनेका रहेछन् । भन्नाले उनीहरुले त्यहाँ समूह बनाउनलाई दुई वर्ष लगाएछन् तर समूह कसरी परिचालन गरिन्छ र समूहमा निर्णय कसरी गरिन्छ भन्ने सिकाएनछन् । त्यसैले होला समूहमा निर्णय गर्नस् भन्दा उनीहरु अक्क न बक्क परेका र अन्त एक जना पुरुषले समूहको निर्णय गरिदिए । दुई वर्षमा बाख्राले ४ पटक सम्म व्याउने हुँदा उनीहरुले बाख्रा पालनले राम्रै गरे होलान् भनेर सोचेका होलान् । सहकारीका वा हेफरका स्टाफहरु त्यहाँ कटिपटक बाख्रा हेर्न आए त्यो त थाहा भएन तर बाख्रालाई बाध्ने, खान दिने, स्याहार गर्ने र खोरको बारेमा उनीहरुले गरेको प्रतिक्रिया सुन्दा उनीहरु त्यहाँ बाख्रा हेर्नलाई पहिलो चोटि नै आएजस्तो लाग्यो । बाख्रा पाल्ने तालिम त दियो तर तालिमको अवलम्बन गरेको छ/छैन हेरेन । दिनभरी ज्यालादारी र खेताला काम गर्नेहरुले बाख्राको स्याहार कसरी गर्छन् वा गरे गरेनन् भन्ने कुरा हेरेनन् । समुदायलाई स्पष्ट सूचना दिनुपर्ने त्यो पनि दिएनन् । यो कुरा हेफरलाई थाहा हुन्छ हुदैन थाहा छैन र सहकारीका प्रतिनिधिहरुले पनि बुझे बुझेनन् थाहा छैन । तर मेरो लागि यो महत्वपूर्ण सिकाई भएको छ । सूचनाको अस्पष्टता र अनुगमनको कमजोरीले गर्दा गरिब परिवार उपहारको क्षणिक आनन्दमा रमाउँदा अझै गरिबिमा धकेलिने त होइन भन्ने लागिरहेको छ ।

2 thoughts on “उपहारले दिएको दुःख”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )