लिम्बू भाषामा शिक्षा ः अनुभव र सिकाई

कुरा सन् २००१ को हो । किरात याक्थुङ चुम्लुङको जनवकालत कार्यक्रम अन्र्तगत उच्च शिक्षामा लिम्बू भाषा पठन पाठन गर्नको लागि त्रिभूवन विश्वविद्यालय (त्रिवि) संग पैरवी गर्ने जर्मको हामीले ग¥यौ । त्यो काम गर्न अघि हामीले केहि पूर्व तयारी गर्नुपर्ने थियो । त्यो पूर्व तयारीको काम नै मेरो लागि सबैभन्दा ठूलो सिकाई भएको छ । यो सिकाईलाई अन्य मातृभाषी समुदाय जो उच्च शिक्षामा आफ्नो भाषालाई पढाउन चाहन्छन् उनीहरुको लागि पनि अत्यन्त लाभदायक हुन्छ भन्ने मेरो आशा छ । यस लेखमा मैले उच्च शिक्षामा लिम्बू भाषाको पाठ्यक्रम बनाउने क्रममा गरेको अनुभव र सिकाइलाई प्रस्तुत गरेको छु ।
Image
लिम्बू भाषाको स्थिति र आवश्यकता पहिचान ः नेपालमा धेरै भाषाहरु छन्, करीब १२५ भाषाहरु बोलिन्छन् । ती भाषाहरु मध्ये थोरै भाषाहरु मात्र लेख्य परम्परामा ढलीसकेका छन्, केही ढल्ने क्रममा छन् र धेरै भाषाहरु अझै पनि आख्यान परम्परामा मात्र सिमित छन् । सिमित लेख्य परम्परामा कदम चालेका भाषाहरु मध्ये लिम्बू भाषा पनि एक हो । निकै वर्षदेखि निरन्तर रुपमा प्राथमिक तहमा लिम्बू भाषाको पढाइ भइरहेको र सिक्किममा स्नातक तहसम्म लिम्बू भाषाको पठनपाठन भइरहेको अवस्था थियो । त्यसैगरी लिम्बू भाषामा अनौपचारीक शिक्षा पनि विभिन्न ठाउँहरुमा चलिरहेको र त्यसको लागि पनि पुस्तकहरु प्रकाशन भएको । तान्छोप्पा, थोक्ला, सेहोनाम्लाङ, लुङ्गा, लम्, पान्थरु, फक्ताङलुङ जस्ता पत्रपत्रिकाहरु लिम्बू भाषामा निस्किरहेका थिए । इमानसिंह चेम्जोङ, वैरागी काइला, पि.एस. मुरिङला, रणध्वज श्रेङ चोङबाङ, वि.वि. सुब्बा जस्ता व्यक्तिहरुका पुस्तक बजारमा आइसकेका थिए । बेला बेलामा लिम्बू भाषामा एकाध उपन्यासहरु पनि प्रकाशनमा भइरहेको थियो । लिम्बू भाषामा चलचित्रहरु पनि बनिरहेका थिए र गीति क्यासेटहरु त टन्नै निस्किरहेका थिए । लिम्बू भाषको शब्दकोश पनि प्रकाशन भइसकेको थियो । यहि परिपेक्षलाई हेर्दा हामीलाई लिम्बू भाषा साहित्य धनी फस्टाएको छ भन्ने लागेको थियो । बेलाबेला भाषणहरुमा मातृभाषाको भाषा साहित्यमा नेपाल भाषा पछि लिम्बू भाषा आउछ भन्ने सुनेका पनि थियौ अग्रजहरुबाट ।

लिम्बू समुदायका अगुवाहरुसंग बसेर जनवकालतका कार्यक्रमहरु तय गर्न बस्यौ । अगुवाहरुले पनि लिम्बू भाषा–साहित्यमा हाम्रो समुदायले राम्रो गरिरहेको र लिम्बू भाषालाई सधै प्राथमिक शिक्षामा मात्र सिमित गर्न नहुने विचार आयो । अग्रजहरुले यसलाई माथिल्लो तहमा लैजानु पर्ने र लिम्बू भाषाको विकासको लागि हामीले लिम्बू भाषालाई उच्च शिक्षामा लैजानै पर्छ भन्ने धारणा राख्नुभयो । यही कुरालाई मध्य नजर राख्दै हामीले प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पढाउनको लागि त्रिविसंग पहल गर्ने निर्णय ग¥यौ ।

प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पठनपाठनको लागि पहल ः लिम्बू भाषालाई उच्च शिक्षामा पढाउन आवश्यक छ भन्ने ठहर भइसकेपछि त्यसको कार्यान्वयनका कदमहरु चालियो । किरात याक्थुङ चुम्लुङका तत्कालिन महासचिव अर्जुन लिम्बू लगायत अन्य पदाधिकारीहरु तथा लिम्बू अगुवाहरु त्रिविको सम्बन्धीत कार्यालयका पदाधिकारीहरुसंग लिम्बू भाषको पठनपाठन बारे कुराकानी गर्नुभयो । यसका साथै त्रिविका प्राध्यापकहरुसंग पनि लिम्बू भाषामा पठनपाठन बारे कुराकानी भए । यति भइसकेपछि हामीले चरणबद्ध ढंगबाट काम गर्नुपर्ने कुराको सूची तयार भयो । पहिलो प्रविणता प्रमाणपत्र तहमा पढाइने लिम्बू भाषाको पाठ्यक्रम (कोर्स अफ स्टडी), दोस्रो कक्षा संचालन गर्न सकिने संभावित क्याम्पसहरुको सूची र तेस्रो प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पढाउनको लागि त्रिविमा प्रस्ताव पेश गर्ने ।

लिम्बू भाषामा प्रविणता प्रमाणपत्र तहको पाठ्यक्रम तयार गर्ने र अन्य कामहरुः पाठ्यक्रम बनाउने काम हाम्रो लागि सबैभन्दा ठूलो चुनौति भयो । यो कामको लागि चुम्लुङले नेपाल भाषको प्राध्यापक डा. सुन्दरकृष्ण जोशीको सहयोग लिने भयो । त्यसमा काम गर्न विभिन्न क्याम्पसहरुमा काम गरिरहनुभएका लिम्बू प्राध्यापकहरु समावेश हुनुभयो । चुम्लुङका महासचिव अर्जुन लिम्बू आफै पनि त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुनुहुन्थ्यो । मेरो काम चाहि उहाँहरुलाई आवश्यक सेवा प्रदान गर्नु र त्यस कामको डकुमेन्ट गर्नु थियो ।

पाठ्यक्रम बनाउन त्यति सजिलो रहेनछ भन्ने कुराको ज्ञान काम गर्दै जान्दा भयो । यो सुन्दा जति सजिलो थियो, गर्नु त्यत्ति नै गाह्रो । प्राध्यापक डा. सुन्दरकृष्ण जोशीले नेपाल भाषाको पठ्यक्रम तयार गरीसक्नु भएको कारण हामीलाई धेरै सजिलो भयो । उहाँको मार्गदर्शन हाम्रो लागि अत्यन्त महत्वपूर्ण रह्यो । त्यत्ति मात्र नभएर उहाँको छवीको कारण त्रिविले हामीले बनाएको पाठ्यक्रमलाई स्वीकार हुने बलियो आधार पनि बनिरहेको थियो ।

पाठ्यक्रम बनाउने क्रममा प्राध्यापक जोशीले तपाईहरुको व्याकरण स्थिति के छ भनी सोध्नुभयो, हामीले लिम्बू भाषाको व्याकरण बनिसकेको छ । ईमान सिं चेम्जोङ र सिक्किमका वि.वि. मुरिङलाले व्याकरण लेख्नुभएको छ भन्यौ । हामीलाई पाठ्यक्रममा कथा चाहिन्छ, त्यसको अवस्था के छ भन्नुभयो । त्यसमा हामीले सिक्किममा स्नातक तहसम्म लिम्बू भाषामा पढाइ हुन्छ त्यहाँ प्रयोग गरिएको कथा संग्रह नै यहाँ प्रयोग गर्न सक्छौ भन्यौ । प्राध्यापक जोशीले हुन्छ भनेर पाठ्याक्रममा त्यहि राखिदिनुभयो । उहाँले यो त प्रमाणपत्र तहको कोर्स हो यसमा हामीलाई उपन्यास पनि चाहिन्छ, उपन्यासमा के छ भन्नुभयो । हामीले पि.एस. सुब्बाले लेख्नुभएको थक्थाक्मा छ भन्यौ । उपन्यासमा समस्या भएन । निबन्धमा के छ भनी सोध्नुभयो, हामीलाई अप्ठ्यारो प¥यो । हामीसंग स्तरीय निबन्ध खासै नभएको पायौ । त्यसपछि अर्जुन लिम्बूले बालकृष्ण माबुहाङलाई एउटा निबन्ध लेखाउने सर्तमा बालकृष्ण माबुहाङको निबन्ध पाठ्यक्रममा राख्ने निर्णय ग¥यौ । त्यसैगरी समालोचना, गद्य, पद्य, आदिका कुराहरु आए, ती सबै हामीले सिक्किमको पाठ्यक्रमबाट साभार गर्ने भन्यौ । अब कुरो आयो महाकाव्य र खण्डकाव्यको । लिम्बू भाषामा त्यस्तो महाकाव्य वा खण्डकाव्य भन्ने रचना नै छैन भन्ने कुरा आयो । छलफल गरी यो नराख्दा के हुन्छ भनी प्राध्यापक जोशीलाई सोध्यौ । यो भाषाको पाठ्यक्रम हो, यो हुनै पर्छ भएन भने पाठ्यक्रम पूर्ण हुँदैन र त्रिविले त्यस्तो पाठ्यक्रमलाई मान्यता दिदैन भन्नुभयो । त्यस पछि उहाँले महाकाव्य नै नभए पनि महाकाव्य हुन लायक त्यस्तो कुनै रचना छैन भनी सोध्नुभयो । हामीले बैरागी काईलाले संकलन गरी लेख्नुभएको मुन्धुमहरु छन् भन्यौ । उहाँले त्यसैलाई महाकाव्यको रुपमा पाठ्यक्रममा राखिदिनुभयो । उहाँले शब्दकोशको स्थितिको बारेमा सोध्नुभयो । हामीले लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश छ भन्यौ । उहाँले अहिलेलाई यो ठिकै छ तर नेपाली–लिम्बू र अंग्रेजी–लिम्बू भाषामा शब्दकोश हुन जरुरी छ भन्नुभयो । लिम्बू भाषाबाट अन्य भाषामा मात्र शब्दकोश भएर नहुने रहेछ, अर्को भाषाबाट आफ्नो भाषामा पनि त शब्दकोश चाहिन्छ भन्ने आभास हामीलाई भयो । यसरी हामीले धेरै सिक्किमबाट सापट लिएर, केहि नेपालबाटै निश्किएका र केहि नयाँ बनाउने सर्तमा पाठ्यक्रम तयार पा¥यौ ।

पाठ्यक्रम तयार गरीसकेपछि लिम्बू भाषा कक्षा संचालन गर्न क्याम्पस छनौट गर्ने काम ग¥यौ । यो काम पनि सुन्नमा जति सजिलो थियो, गर्नमा झन् गाह्रो । यस विषयमा प्रवेश गर्न अघि डा. चुन्दा बज्राचार्यलाई नेपाल भाषा कक्षा संचालनमा आइपरेका चुनौति बारे आफ्नो अनुभव सुनाउन अनुरोध ग¥यौ । उहाँको अनुभवले हामीलाई लिम्बू भाषा कक्षा संचालन गर्दा आउनसक्ने चुनौतिहरुको सामना गर्न रणनीति तयार गर्न मद्दत ग¥यो । उहाँले मातृभाषा कक्षाको मुख्य चुनौति नै विद्यार्थीहरुलाई यस प्रति आकर्षण गर्न रहेको बताउनुभयो । उहाँको कुरालाई ध्यानमा राखेर क्याम्पस छान्ने काम हामीले ग¥यौ । लिम्बूवान क्षेत्रमा लिम्बू भाषा लिम्बू समुदायले मात्र नभइ अन्य समुदायले समेत बोल्ने ठाँउ पान्थर भएको कारण पान्थरको क्याम्पसमा प्रारम्भिक रुपमा लिम्बू भाषामा प्रविणता प्रमाणपत्रको कक्षा संचालन गर्ने निधो ग¥यौ । अनि बिस्तारै अन्य जिल्लामा कक्षा संचालन गर्ने निधो ग क्याम्पस छान्ने काम हामीले ग¥यौ । लिम्बूवान क्षेत्रमा लिम्बू भाषा लिम्बू समुदायले मात्र नभइ अन्य समुदायले समेत बोल्ने ठाँउ पान्थर भएको कारण पान्थरको क्याम्पसमा प्रारम्भिक रुपमा लिम्बू भाषामा प्रविणता प्रमाणपत्रको कक्षा संचालन गर्ने निधो ग¥यौ । अनि बिस्तारै अन्य जिल्लामा कक्षा संचालन गर्ने निधो ग¥यौ । काठमाण्डौं उपत्यकामा लिम्बू भाषा संस्कृतिको उत्थान गर्नुपर्छ भन्ने जमातको उपस्थिति भएको कारण अर्को एउटा कक्षा पाटन क्याम्पसमा गर्ने निष्कर्ष निकाल्यौ । पाटन क्याम्पसमा लिम्बू विद्यार्थीहरुको संख्या धेरै भएको कारण यहि बाट शुरु गर्ने सुझाव आयो । यसरी दुई क्याम्पसहरु प्रारम्भिक कक्षाका लागि छनौट भए ।

पाठ्यक्रम र क्याम्पसको छनौट गरिसकेपछि त्रिविमा गएर प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषा पढाउनको लागि निवेदन पेश गरियो । निवेदन बिना विवाद स्वीकार भयो । किरात याक्थुङ चुम्लुङको यो पहलकदमी सफल भयो । हाम्रो खुशीको सिमा रहेन ।

तुहिएको सपना ः हामी अब लिम्बू भाषामा प्रविणता प्रमाणपत्र तहमा लिम्बू भाषामा कक्षा संचालन हुन्छ भन्ने कुरामा निश्चित थियौ । त्यसको लागि पाठ्य सामग्रीहरु बनाउने काम एकातिर भइरहेको थियो भने अर्कोतिर भाषा कक्षा संचालन गर्ने बारे प्रचार प्रसार र विद्यार्थीहरु पनि सक्दो धेरै भर्ना गर्ने तरखरमा लाग्यौ । कक्षा संचालन हुने भयो भने म आफरु पनि भर्ना हुने साथै भाई र एक दुई जना साथीहरुलाई एकैसाथ भर्ना हुने सल्लाह गरेका थियौ । समय बित्दै गयो, लिम्बू भाषामा प्रविणता प्रमाणपत्र तहको लागि भर्ना खुलेन । के भयो भन्दै बुझ्दै जान्दा त्रिविले बिस्तारै प्रविणता प्रमाणपत्र तह हटाउदै जाने र त्यसको ठाउँमा १० जोर २ वा उच्च माध्यमिक शिक्षा नीति लागू गर्ने भएको कारण नयाँ कोर्षरु लागू नगर्ने भन्ने थाहा लाग्यो । लिम्बू भाषामा उच्च शिक्षाको पठनपाठन त्यत्तिकै भयो । मेरो लिम्बू भाषा पढ्ने रहर पनि अधूरै रह्यो ।

केही सिकाईहरु ः मातृभाषामा शिक्षा दिनुपर्छ भनी हामीले आन्दोलन गरी रहन्दा हामीले हाम्रो भाषा साहित्यलाई समृद्ध बनाउन के गरीरहेका छौ भन्ने तर्फ पनि ध्यान दिनुपर्छ । लिम्बू भाषा लेख्य परम्परामा ढलेको निकै समय भइसकेको भएता पनि हामीले धेरै गर्न बाँकि राखेका रहेछौ भन्ने अनुभव मैले गरे । हल्काफूल्का साहित्यिक सामग्रीहरु हामीले हाम्रो मातृभाषामा प्रशस्तै निकालेका रहेछौ तर गहकिला साहित्यको खाँचो यथावत रहेछ । हामीसंग उच्च शिक्षामा पठनपाठन गर्न लायक साहित्य सामग्री निस्कनै बाँकि रहेछ । यो काम समुदायमा मातृभाषा जान्नेले मात्र गर्न सक्छ । भाषामा विज्ञ भनेको अघिल्लो पुस्ता हो । अघिल्लो पुस्ताले त्यसलाई निरन्तरता दिन सक्छ र हाम्रा पुर्खौलि र परम्परागत ज्ञानको संरक्षण र हस्तान्तरण गर्न सक्छ ।

राज्यले दिएर मात्र पुग्दैन लिन पनि सक्नुपर्छ । मातृभाषामा शिक्षा लिन पाउने हाम्रो मौलिक अधिकार हो । यो लागू गर्न गराउन समुदायले महत्वपूर्ण भूमिका खेल्छ । सहि तरिकाले पैरवी गरेको खण्डमा यो लागू गर्न सकिने रहेछ भन्ने मैले अनुभव गरे । समुदायले आफ्नो अधिकार लिनको लागि सहि तरीकाले पहलकदमी लिनुपर्छ ।

मातृभाषा शिक्षा दिनेले दिन्छु भनेर मात्र पुग्दैन लिनेले लिनु पनि पर्छ । अहिलेको अवस्थामा सबैले अंग्रेजी भाषा पढ्न चाहन्छन् तर आफ्नो भाषा पढ्न चाहदैनन् । आफ्नो भाषा किन पढ्नु पर्छ, त्यसको महत्व के छ भनी नयाँ पुस्तालाई बुझाउनु आवश्यक छ । नत्र मातृभाषा कक्षा सधै न्यून विद्यार्थी हने अवस्था आउँछ ।

मातृभाषामा शिक्षा एउटा समूहिक लगानी हो । राज्य, समुदाय र समुदायका प्रत्येक व्यक्तिको आ–आफ्नो भूमिका र दायित्व यसमा अहम् हुन्छ । कुनै एकले मात्र आफ्नो दायित्वमा चुक्यो भने त्यसको असर पुरा समुदायले नै भोग्नुपर्ने हुन्छ ।

Note: This article was published in Annapurna Shikshya (Tuesday supplement of Annapurna Post), Nov. 20 2012. page 4-5

7 thoughts on “लिम्बू भाषामा शिक्षा ः अनुभव र सिकाई”

  1. Dhan jyu,

    I have not visited or studied about Limbus of Sikkim. So, I have only little knowledge. From, what I know, I think they are doing good. They are teaching Limbu language in schools and colleges. They are publishing books in Limbu. First grammar, was written in Sikkim. There are several writers like P.S. Muringla, J.R. Subba, Tanka Subba and even Iman Sing Chemjong were from Sikkim and Darjeeling. These writers have contributed a lot to our language, culture and history.

    I need to know more how Limbus are practicing rite of passage and festivals, and using mother-tongue in everyday life.

    Like

    1. Dearest Srijana baini…
      Your letter was a pleasant surprise to me. Thank you for writing. It is an honour for all of us – Limboos of Sikkim – that various works they have been doing here for the Limboo society are recognized elsewhere, and especially by the young talents, like yourself.
      Dear Baini, it will be a great pleasure to have you here, if you wish to come to Sikkim and study. I can also talk to our other friends and brothers who are well known in the community, so that you can be given required guidance.

      Thank you once again,
      Dhan Subba
      PS: This is the second time I am trying to upload the reply. Hope, it works.

      Like

      1. Dear Dhan Daju,

        Happy to get your quick response. Thank you for your support. I will definitely visit Sikkim and will contact you. I’ll be very happy to be part of language and cultural conservation. I need to learn so much and there is so much in our culture, tradition and language.

        Thank you very much for your encouraging words. It means a lot to me.
        sirjana

        Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )