अरुणलाई पछ्याउँदा

डा. हर्क गुरुङले लेख्नुभएका लेखहरुको संकलन भएको “विषय विविध” किताबका लेखहरु माझ एउटा लेख छ, “अरुण भएर झर्दा” । “अरुण भएर झर्दा” एउटा नियात्रा हो । तर यस नियात्रामा यात्रा वर्ण्र्ा त छदै छ, त्यसमा पनि अरुण क्षेत्रको इतिहास, भैगोलिक क्षेत्रको व्यख्या, त्यहाँका सामाजको जनकारी र विकास क्रम च्वाट्ट चटनी चखाई दिएका छन् डा. हर्कले । म त्यस क्षेत्रको ज्ञाता नभएता पनि उहाँले हिड्नुभएको ठाउँको नक्सा कोर्नुभएको रहेछ र यसो नक्सा नियालेर हेरेको त मैले पनि त्यस क्षेत्रको कुनै कुनै ठाउँमा खुट्टा पुगेको रहेछ । त्यसपछि त उनी जताजता जानुहुन्थ्यो म पनि त्यतै पुग्ने कोशिश गर्थे, अरुणलाई पछ्याउदै । उनले अरुणको किनारबाट हिडेको बयान गर्दा मैले आकाशबाट देखेको विशाल निलो अरुणलाई लेख्न थाले । उनले किराती शव्दमा खुवा वा कोशी शव्दले खोला भन्ने जनाउँछ भन्दा ए, नयाँ कुरा थाहा पाए जस्तो लाग्यो । उनले त्यस क्षेत्रमा दश याकथुम्बा प्रमुखहरुको गठबन्धन शासन, किरातीहरुले गरेका लर्डाई, विजयपुर, सागुरी गढी र रोङगाली जसलाई अहिले रंगेली भनिन्छ त्यस्ता जस्ता ऐतिहासिक कुराहरुको बयानका साथै श्रीजुङहाङलाई निसाममाङ -विद्याकी देवी) को अवतार भई प्राप्त गरेको किरात लिपि -जसलाई आजकाल सिरिजंगा लिपिको नामले चिनिन्छ) को किम्बदन्तीलाई समेत यस लेखमा राखेका रहेछन् । उनले यसै लेखमा लिम्बू सेनापति काङ्सो रेय र गोर्खाली सेनापति रघु राना बीचको लर्डाई अनि सन् १७७४ मा -र्गोखाली र किरातीहरुलाई गरेको कपटपर्ूण्ा संझौताको बयान सम्म पनि उल्लेख गरेका छन् । लेख पढ्दा पढ्दै म इतिहासको पानामा कतै लुकेको काङ्सो रेयको बारेमा सोच्न थाले जुन हामीले स्कूलको इतिहासमा कतै पनि फेला पारेका थिएनौ । त्यत्तिकैमा किरात याक्थुङ चुम्लुङले गरेको छलफलमा देखेको कुमार लिङदेनलाई झल्यास्स सम्झन पुगे । उनलाई त्यहाँ भएका अन्य लिम्बूहरुले काङ्सोरेको उपाधि दिईरहेका थिए । उनले लिम्बूवान स्वशासनको लागि लिम्बूवान क्षेत्रबाट आन्दोलनको थालनी गरेको कारण उनलाई योद्धा काङ्सो रेयसंग तुलना गरिएको रहेछ ।

Arun River: Full of energy

इतिहासलाई छाडेर जब डा. हर्कले अरुणको उत्पत्ति र बहावको कुरा गर्न थाल्छन् अनि मलाई फेरी नौलो कुरा थाहा हुन्छ । त्यो हो अरुणको उत्पत्ति हिमालयभन्दा पर हो र अरुण त हिमालयलाई चिरेर आउने नदी रहेछ भन्ने । लाग्यो यो नदीको रुप त अद्भुद नै होला, हिमाललाई चिर्न सक्ने अनि पहाडलाई थिचेर संमुन्द्र सतहभन्दा पनि तल उपत्यका बनाउन सक्ने । जब डा. हर्क अरुण तरेर संखुवासभाको सदरमुकाम खाँदवारी पुग्छन् । उनले त्यहाँको एक सय घर जति भएको बजारमा एक दर्ुइ वटा जति दोकान छन् भन्ने बयान गर्दा अहिलेको बजार याद आयो । अहिले खाँदबारीको बजारमा अवस्थित प्रायः सबै घरका तल्लो तलामा दोकान छ । ती दोकानहरुमा संखुवासभा नजिकैको बजार “चैनपुर” बाट आएको ख्याति प्राप्त काँस, पित्तल र तामाका लोटा, करुवा, गाग्री, थाल जस्ता भाडाकुडा देखि लिएर हिमाल पारीको देश “खासा” का कपडा र सामानहरु पाइन्छन् । उनले त्यस ठाउँको नाम खाँदवारी कसरी रहन गयो भन्ने सर्न्दर्भमा “यस ठाउँको नाम अठारौं शताब्दीमा सिक्किमेलीसितको निर्ण्ाायक युद्धपछि गोर्खालीहरुले ‘खाँडो’ -तरवार) यहींको एउटा पोखरीमा पखालेका हुनाले रहन गएको हो” भनी लेखेका छन् । उनले भनेको यहींको एउटा पोखरी अहिले खाँदबारीको केन्द्र भएको छ । त्यस पोखरी बरीपरी तुम्लीङटार र खाँदबारी ओहरदोहर गर्ने गाडि लाग्ने गर्दछ । म त्यहाँ पुग्दा, पोखरीलाई वरीपरीबाट घेरेर पार्क बनाइएको र पोखरीको बीचमा एकजना गोर्खाली सेनाले खुढा धर्ेइरहेको मर्ूर्ति पनि थियो । एक वर्षअघि जस्तो त्यो मर्ूर्तिलाई गोर्खालीहरुले किरातीहरुलाई हर्राई, तरवारमा लागेको रगत धुएको चित्रण गर्ने मर्ूर्तिलाई किरातीहरुको क्षेत्रमा राख्नु भनी त्यहाँका किरातीहरुले तोडिदिए -हटाइदिएको-) भन्ने समाचार सुने । केहि समय अघि खाँदबारीको भ्रमण गर्दा त्यो मर्ुर्ति देखिन पनि ।

Tumlingtar Airport: Waiting for the development

डा. हर्कसंगै खाँदबारीबाट ओर्लिएर मकैबारी हुँदै तुम्लीङटारतिर हिडिरहेका थिए भने म हेलिक्पटरले बोकेर लगेको जिप र मान्छेले बोकेर लगेको तेल लगाएको गाडिमा संगै छेऊछाउका प्यासेन्जरको पसिनाको गन्ध र रातोमाटोको धुलो खादै ओरालो लाग्दै थिए । त्यो डाँडैडाँडाको बीचमा बसेको टारलाई अरुण र सभायाखोलाले पनि बीचमा पारेको छ । खाँदवारीबाट तल झर्दा यो दृष्य र्छलङ्ग देखिन्छ । त्यहाँ बोहोरा, कुमाल र गाँउ छ र छिटै नै त्यहाँ विमानस्थल बन्ने र त्यहाँ विभिन्न खाले परिवर्तन हुने कुराको भविष्यवाणी गरे । विमानस्थल र गाडि चल्नसक्ने कच्ची बाटो खनेपछि त्यहाँ हलेकप्टरले बोकेर ल्याएको थुप्रै गाडिहरु, एउटा क्रंकिटको घर -जुन आरआरएनको कार्यालय रहेछ), एउटा सरकारी विद्यालय, बोर्डस् नराख्ने एउटा बोर्डिङस्कूल र केहि मकालु बरुण पदयात्राको नक्सा टासिएको केहि भोजनालयहरु, विमानस्थलको बरीपरी बंकरहरु र केहि घरहरु भेटिए । विमानस्थाल र बाटोले ल्याएको परिवर्तन आर्थत् गाडिको व्यवस्था चाहि एकदमै घतलाग्दो लाग्यो मलाई । तुम्लिङटार देखि खाँदबारी र भन्झ्यााङ्ग सम्म गाडि चल्ने बाटो छ तर त्यो भन्दा तल वा माथि कुनै बाटो छैन । गाडी चलाउनलाई डिजेल धरानदेखि बोकेर वा काठमाण्डौंबाट प्लेन -हेलिकप्टर) ले बोकेर लाने गर्दो रहेछ । अनि त्यहाँ अवस्थीत विकासको अर्को नमूना स्वरुपको बडेमाको बिल्डिङ बनाउनलाई पनि सिमेन्ट र छडहरु हेलिकप्टरबाटै ओसारीएको रहेछ । त्यहाँ कुनै एक शर्ेपाले मकालु बरुण पदयात्रामा आउनेहरुलाई राख्न रिसोर्ट बनाएका रहेछन् तर त्यो शुरु गर्न नपाउदै मओवादी जनयुद्धको चपेटामा परेर अर्कालाई बेच्नु परेछ । त्यो किन्ने चाहि निकै ठूलो आरआरएन भन्ने गैरसरकारी संस्था परेछ । त्यो घर आरआरएनले करिब एक करोड मूल्य लगाएर किनेको त्यहाँका एक कर्मचारीले बताए । त्यस बिल्डिङले अफिस र तालिम केन्द्रको मात्र नभएर गैरसरकारी क्षेत्रमा काम गर्ने कन्सल्टेन्टहरुको लागि अस्थाई बासस्थानको लागि पनि काम गरिरहेको रहेछ । भौतिक विकासले स्थानीय जनताको जीवनस्थतरमा सुधार ल्याउछ भन्ने सबैले सोचेका हुन्छन् परिवर्तन ल्याउछ भन्ने धारणा डा. हर्कले पनि गरेका रहेछन् यो लेखमा । त्यहाँको उच्च मा.वि.मा राखिएको विद्यालय संचाल समितिमा लेखिएको नाम पढ्दा एउटा पनि कुमाल थरको मान्छेको नाम नदेख्दा, दोकानहरु पनि प्रायः नेवार कै मात्र देख्दा र त्यहाँको बडेमाको बिल्डिङ भित्र काम गर्नेहरुको अनुहार हर्ेदा मलाई तुम्लीङटारको कुमाल बस्तीमा बनेको वीमानस्थलले कुमालहरुलाई कुनै किसिमको फाइदा नपुर्‍याएको जस्तो लाग्यो ।

खाँदबारी र तुम्लिङटारमा मैले पनि डा. हर्कले भने झै नुनका भारी बोकेका मान्छेहरु प्रशस्त देखे । ती मान्छेहरु दक्षिणबाट नुन बोकेर उत्तर तर्फलाग्दै थिए भने उत्तरतिरबाट भोटे-शर्ेपा जातिका मानिसहरु हुल बाधेर दक्षिण झर्दै गरेको पनि देखे । ती भरी बोकेर उत्तर र दक्षिण जाने मान्छेलाई अरुहरुको हिर्डाईको कुनै बास्ता नै थिएन जस्तो लाग्थ्यो मलाई । अरुहरु गाडिमा चढ्नको लागि तछाडमछाड गरिरहेको बेला उनीहरु भारी बोकेर हिडिरहेका देखिन्थे । अरुहरु सेनाले राजाले गराउन लागेको नगरपालिकाको चुनावमा जर्बजस्ती भाग लिन लगायो भनेर भागाभाग गरिरहेको बेला उनीहरु आनन्दले आफ्नो परम्परागत पारामा हिडिरहेका थिए, आफ्नै भारी बोकेर ।

Dhankutta: Where there is the best road of Nepal

“धनकुटाको वरीपरी रहेका प्राचीन चिहानहरुमा मुगका दाना पाइन्छन् भन्ने गरिन्छ र यसै कारणले होला त्यस ठाउँको नाम मुगा रहन गएको होला” भन्ने अनुमान डा. हर्कको छ । त्यहाँका पहाडवासीहरु पैतृक सम्पत्ति वा चिनोका रुपमा खुबै मुगा खोजी गर्छन् भनी लेख्नु भएको छ । यो कुरा पढ्दा मलाई एक धनकुटा बासीले भनेको कुरा याद आयो । उनले पाख्रीबासमा बहुमूल्य पत्थरहरु रहेको र त्यसलाई ब्रिटिस सरकारले कृषि केन्द्र बनाउने निहुमा सबै पत्थरहरु आफ्नो देशमा लाने गरेको बताए । उनले त्यसको पुष्टि स्वरुप त्यहाँ नेपाली -कामदार) हरुलाई विषेश ठाउँहरुमा छिर्न नदिने र उनको हजुरबाले त्यस्ता पत्थरहरु देखेको जानकारी दिए । अनि यदि त्यो कुरा सत्य भए त्यसको बदलामा नेपालको सबैभन्दा राम्रो भनीने कालोपत्रे सडक हामीलाई ब्रिटिस सरकारले दिएको होला भन्ने ठाने उनको कुरा चुपचाप सुनिबसे ।

पख्रिबास हुँदै हिलेबाट डा. हर्क आफ्ना सहयोगीसंग आनन्दले धनकुटा र्झछन् । हिलेबाट धनकुटा झर्दा उनले खुट्टा दुखाउनु परेको थियो भने । मैले खुट्टा दर्ुखई रहनुपर्ने अवस्था थिएन किनभने म त्यहाँ पुग्दा बस सेवा पुगिसकेको थियो । धनकुटा पुग्नेबेलामा उनले एउटा सल्लाको जंगलको बारेमा बयान गरेका छन् । त्यहाँको दरवारका बारेमा पनि कुरा गरेका छन् । मैले त्यो दरवार घुम्न नपाए पनि त्यही बाटो भएर हिड्ने मौका भने पाएको छु र त्यहाँबाट उनले घनकुटा आएर विसाएको चौतारीमा बस्न पनि पाएको रहेछु । त्यस ठूलो चौतारोमा बटुवाहरु भात पकाई खाएको उनले देखेका रहेछन् । तर अहिले त्यहाँ आउने चौतारोमा भात पकाउनु पर्दैन किनभने चौतारो छेऊमै दर्ुइटा होटल र पश्चिमा शैलीको एउटा रेष्टुरेन्ट छ । त्यस रेष्टुरेन्टमा पाश्चात्य शैलीको खानेकुरा पाइन्छ र हरेक विहिबार कर्न्र्सट पनि हुने गर्छ । त्यस कर्न्र्सटमा त्यहाँका स्थानीय युवाहरुले गीत गाउने गर्दा रहेछन् । त्यस किसिमको संस्कृतिको विकास हुनुमा गैरसरकारी संस्था र त्यहाँ काम आउने विदेशी स्वयंसेवकहरुको पनि देन रहेछ । घनकुटा बजारमा विहिबारे हाट लाग्ने गर्छ जुन डा. हर्कले घुम्ने बेलामा पनि लाग्ने गर्दो रहेछ । पेरेङ्गेामा सुंगुरका पाठा बेच्न ल्याउने गरेकोले त्यहाँ किरातीहरुको बसोबास धेरै छ भन्ने आकडा उहाँले गर्नुभएको छ लेखमा । अहिले पनि त्यस बजारमा धेरै परिवर्तन भएको जस्तो मलाई लाग्दैन । अहिले पनि त्यहि कोप्चे बजार कै छेऊमा हाट लाग्ने गर्छ वरपर गाउँका मान्छेहरु हार्टभर्न आउछन् ।

त्यहाँबाट हस्पिटल हुँदै धनकुटाबाट धरान र्झनलाई टेकुनाला झर्दा पाख्रिबास बनाउनलाई ल्याएको पाइप बोकेका भरियाहरुको बयान डा. हर्कले गरेका छन् र उनीहरुको पौरख देखेर उनी छक्क पनि परेका छन् । मलाई त्यो टेकुनालाको भिरालो बाटो अझै याद छ । टेकुनालाको याद गर्दागर्दै मलाई राजकुमार दिक्पालले लेखेको “ओरालै ओरालो इष्टेनी” भन्ने लेख सम्झना आयो । दिक्पालले आठप्रे -आठपहरिया र्राई) महिलाले तलबाट बोकेर ल्याएको ४०-५० रुपियामा पनि नदिएको दाउरालाई त्यहाँका नेवार साउनीहरुले “इष्टेनी” भन्दै चिप्लो कुरा गरेर १० रुपियामा नै फुत्काएको कथाव्यथा त्यस लेखमा लेखेका थिए । २०५८ सालमा म त्यहाँ पुग्दा उनीहरुको स्थिति नाजुक नै देखेको थिए । महिला बचत कार्यक्रमबाट ऋण लिई विकासे गोलभेडा खेतीमा पैसा लगाएर ऋणमा परेकी एक आठपहरीया महिलाले “बर्को हुनेलाई त न्यानो, नहुने त कामेको काम्यै” मलाई भनेको कुरा सधै संझना हुन्छ ।

Tamor Bridge: The link between Dharan and Dhankutta

धरान झर्ने क्रममा डा. हर्क हिडेरै धरानतिर झरे भने म चाहि हस्पिटल हुँदै बस पार्क पुगेर एक ठाउँमा पनि खाल्डो नभएको काठमाण्डौंको भन्दा पनि राम्रो कालोपत्र गरेको बाटोमा कान्तिपुर एफ.एम सुन्दै सरर हिलेको चिसो खाएर धरानको तातो खान ओर्लिए । धरान आएर फेरी उनले विजयपुरको इतिहासलाई जोडे र बुढासुब्बाको कथा भने । यो कथा हामीले नेपालीमा पढेको विजयपुरको बढासुब्बाको कथाभन्दा एकदम फरक लाग्यो । लेख पढेर थाहा पाए बुढासुब्बाको मन्दिर त बुद्धिकर्ण्र्ााायको चिहान पो रहेछ । बुढासुब्बाको मन्दिर भनेको किरातीको चिहान रहेछ र त्यहाँका पुजारी भने मगर छन् । सम्भिmहाले, पशुपतिनाथका पुजारी पनि त भारतबाट आएका भट्ट छन् । लाग्यो, हार्ने र जित्नेको सम्बन्ध यस्तै हुने रहेछ ।

Budha Subba: Fulfilling the dreams of the belivers

धरानको कुरा गर्दा केहि दिन अघि एउटा बहुन साथीले लिम्बूवानको राजधानी धरानलाई बनाउनु पर्छ भनेको कुरा याद आयो । धरानलाई लिम्बूवानको राजधानी बनाउनको लागि यसको पहिचान के छ भन्ने कुरा सोच्न थाले । अहिले धरान लाहुरेले बनाएको शहर, घोपा क्याम्प र वि.पि. मेमोरियल हस्पिटलको नामले चिनिन्छ । तर यो लेख पढिसके पछि धरान ऐतिहासिक रुपमा पनि महत्वपर्ूण्ा ठाउँ रहेछ भन्ने कुरा थाहा भयो । धरानलाई राजधानी बनाउने वा नबनाउने कुरा लिम्बूवान राज्य भएपछि निर्ण्र्ाागर्ने कुरा हो तर यसलाई राजधानी बनाउँदा पनि फरक नपर्ने मैले देखे ।

Clock Tower of Dharan: Time, Time to Change, Time for Change

डा. हर्क त्यसपछि धरानबाट मोटरबाटो हुँदै औद्योगीक नगर विराटनगर जान्छन् । लेख पनि त्यहि गएर टुङ्गन्िछ तर उनको यात्रा त्यहाँ टुङ्गदिैन र मेरो पनि । मेरो डा. हर्कलाई पछ्याउने क्रम भने लगातार रहिरहन्छ ।

1 thought on “अरुणलाई पछ्याउँदा”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )