परिचित हुने धुन

 

अपरिचित शहरमा

परिचित हुन चाहनेहरुको भिडमा

म पनि ठिड्ग उभिरहेको छु

आफूलाई चिनाउन ।

गाडि, मोटरसाइकल र रेल

सबै दौडीरहेका छन्

मानिसहरु हतारमा छन्

बस र रेलले छाड्ला कि भनेर

काममा ढिलो होला कि भनेर

दौडिनेहरुको घुइचोमा

म ठिड्ग उभिरहेको छु

आफूलाई चिनाउन ।

माग्नेहरु उभिएका छन्

बस र रेल कुर्नेहरु उभिएका छन्

उनीहरु उभिरहेका छन्

म उभिरहेको छु

तर

उनीहरु उभिनु र म उभिनुमा

अन्तर छ

म उभिरहेको छु

आफूलाई चिनाउन ।

उभिदा उभिदै

कति गए कति आए पत्तै भएन

कति भेटिए कति छुटि्टए गन्ति नै गरिएन

कत्तिले चिने या चिनेनन्

त्यो पनि थाहा भएन

तर

एउटा कुरा थाहा भयो

आफूलाई चिनाउन

ठिड्ग उभिएर हुँदैन रहेछ

आफूलाई चिनाउन त

सबैलाई उछिनेर

आगाडि जानु पर्दो रहेछ .।

 

12 thoughts on “परिचित हुने धुन”

  1. भोग्दै जाँदा जीवनका सत्यहरु खुल्दै जान्छन जस्लाई बुझ्न सक्नु र नसक्नु हामीमा निर्भर हुन्छ । यहाँ तपाईंले यौटा सत्य बुझ्न सकेको कुरा खुलाउनुभएको रहेछ । राम्रो लाग्यो ।

    Like

  2. के तपाई आफू आफै संग परिचित हुनुहुन्छ ?

    कहिल्यै एक पटक टक्क अडिएर आफूले आफैलाई सोध्नु भएको छ — ‘म को हुँ’ ?

    अनि फेरि सोंच्नुहोस्… सबैसंग परिचित हुन आवश्यक छ ?

    Like

  3. समय र परिस्थितिक अनुवार मान्छेका विचार र सोचहरु बदलिने गर्छन्, यो पनि त्यसैको उपज हो । कुनै दिन कुनै बेलामा म यो सोच्ने गर्दथे र तर सधै यो साचो हुन्छ वा हुनपर्छ भन्ने छैन ।

    Like

  4. हरेक सहरी भितामा स्वार्थका फूलहरु फुलीरहेका छन, भीड़मा उभिन र आफुलाई चिनाउन पहिला आफू भिता बन्नू जरुरी छ, जहाबाट तपाईले आफूलाई चिनाउने प्रयास पूरा गर्न सक्नु हुनेछ

    Like

  5. नेपाली चेली सिर्जना , म तपाईंको ब्लग को दैनक पाठक हुँ । तपाईंको ब्लगलाई म सधैं हेर्ने गर्छु र तपाईंका रोचक सामाग्री हरु सँग रमाउने गर्छु । शायद तपाईंको लेख ले भन्न खोजेझै तपाईंलाई म को हो र कहबाट हो भन्ने लाग्ला मलाई नचिन स्वभविक हो । म तपाईंलाई जाँदाछु तर कसरी? जुन तपाईंको अथक प्रयासमा अभिप्रेरित यो श्रीजना डट वर्ड प्रेस डट काम मार्फत तपाईंक बारेमा हरेक कुराहरु जान्न पाएको छु जसमा म् आँफैले आँफैलाई भाग्यमानी ठन्दछु । चेली लेख रचनहरु खुब चखलाग्दो किसिमका छन झन यो आजको लेख त झनै के भनु जसको बारेमा यो लेख यस्तो छ भनेर मपन गर्ने मेरुदन्ड् नै छैन । यसरीनै साहित्यको मुल लाई फुटाउदै जानुहोला भन्दै ओझेल पर्दछु। बेस्ट अफ यू लक ………..

    Like

  6. Hi there,

    This is first time i am reading a nepali lady on blog.. i think what you have written can be reflected in everyones life….i would like to call humanity the fractured self of god… we are scattered… searching.. questioning…

    I like the last lines best… BRAVO that you came to that conclusion.. sometimes its hard to see yourself in that harsh light… but like you i also have learnt faster you know the truth.. the better… I wish you all the very best to create a niche for yourself…

    Like

  7. नमस्कार श्रीजना जि तपाईंको कबिता हेरेर खुशी लाग्यो जिन्दगीको उत्तर् चदाभरुमा धेरेइ उकालि ओरालि हरु हुन्छ, र जुन् बेला मान्छेको सोच र बिचर् हरु पनि बद्लिन्छ तिनेई बेला लेखनु भयेको जस्तो लाग्यो,,,,,,,

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )