फूल जस्तो जीवन

फूलले कस्को मन छुदैन होला, फूलको नाम लिने साथ धेरैको मनमा आनन्द आउने गर्छ । त्यसैले त साहित्यमा फूललाई विशेष स्थान दिइने गरिन्छ । फूललाई सुन्दरता, आनन्द, प्रेम, शान्ति, आदिको प्रतिकको रुपमा प्रयोग गर्ने गरिन्छ । साहित्यमा मात्र नभएर हाम्रो दैनिक जीवनमा पनि फूलको ठूलो महत्व छ । घर सजाउन, देवतालाई चढाउन, पूजाआजा गर्न, विशेष अवसरहरुमा बधाई दिन अनि प्रमी (प्रेमीकालाई उपहार दिन फूलको असाध्यै प्रयोग हुने गरेको पाइन्छ । विभिन्न किसिमा देवतालाई विभिन्न किसिमका फूल चढाइन्छ । त्यस्तै गरी पूजाको प्रकृति हेरी फूलको प्रयोग भएको पनि कतिपय ठाउँमा हामीले देखेकै छौ । विशेष गरी पाश्चात्य समाजमा, प्रमी -प्रेमीका होस् वा साथीभाई, आदान प्रदान गरिने फूलहरुमा गुलाफको फूलले विषेश महत्व राखेको हुन्छ । विभिन्न रंग र जातिका फूलले विभिन्न खाले संन्देशहरु दिइरहेको हुन्छ । उदाहरणको रातो गुलाफले “म तिमिलाई माया गर्छु” भन्ने सन्देश दिन्छ भने गुलावीले “तिमि राम्रो छौ”, सेतोले विदाई वा विछोडको संकेत दिएको हुन्छ भने पहेलो गुलाफले “म तिम्रो साथी बन्न चाहन्छु अथवा तिमि मेरो राम्रो साथी हौ” भन्ने संकेत गर्छ । यी विभिन्न रंग र जातिका फूलहरुको प्रयोग गरी फूलहरु प्रणय दिवसका दिन आदान प्रदान गरिएका कुराहरु प्रायः हामी सबैलाई थाहा छ । सूचनाले हामीलाई पाश्चात्य संस्कृतिमा प्रयोग हुने विम्ब र त्यसको अर्थका बारेमा धेरै जानकारी दिएको छ ।

अब कुरा गरौं लिम्बू संस्कृतिको । पाश्चात्य संस्कृतिमा जस्तै लिम्बू संस्कृतिमा पनि फूलको महत्व धेरै छ, सायद पाश्चात्य संस्कृतिमा भन्दा पनि बेसी । लिम्बूहरुको पवित्र धर्मशास्त्र मुन्धुममा फूललाई जीवनको प्रतिकको रुपमा राखिएको छ । विभिन्न जाति, प्रजातिका फूलहरुले विभिन्न किसिमका जनावर, मान्छे र प्रेतात्माहरुका प्रतिकका रुपमा चिनिन्छन् । मुन्धुम अनुसार हरेक मान्छेको प्रतिकको रुपमा अर्को लोकमा एउटा फूल हुन्छ । अर्को लोकमा फूलेको त्यो फूल राम्रो संग फूली रहेको छ भने त्यो मान्छेको स्वास्थ्य तथा मानसिक स्थिति राम्रो हुन्छ तर त्यो फूल मुर्झाएको छ भने उसको स्वस्थ्य र प्रतिष्ठामा प्रतिकुल असर परिरहेको हुन्छ भन्ने मान्यता छ । त्यसैले अर्को लोकमा भएको मान्छेको प्रतिक रुपी फूललाई मुर्झाउन नदिन विभिन्न किसिमका अनुष्ठानहरु लिम्बूले गर्ने गर्छन् । नाहेन्/नाहाङमा, फूङमा चामा तथा माङ्गेन्न यसका उदाहरण हुन् । यी अनुष्ठानहरुमा मानिसको आँखि डाहलाई नास गर्ने, मानिसको शिर उठाउने र उसको स्वास्थ्यको कामना गर्दै यी पूजा तथा अनुष्ठान गरिन्छ । यी अनुष्ठानमा मानिसको शिर उठाउने कार्य गर्दा खाश गरी अर्को लोकमा भएको मानिसको प्रतिक रुपी फूललाई जगाउने र फूलाउने काम गरिन्छ । यी अनुष्ठान पूरा गरीसकेपछि लिम्बूहरुले आफूलाई पुनःजागरित भएको पाउछन् र शिर ठाडो गरेर हिड्छन् ।

फूलहरुमा सेक्मुरी फूल (Celery/Apicum graveolen) लाई मुन्धुममा मान्छेको प्रतिक मानिन्छ । यस फूल फैलनु र सप्रनुलाई राम्रो मानिन्छ । मित्तिक्के फूङ अर्थात् लंकाशनी वा आँखा तरुवा फूल (Mirabilis jalapa) भने मृतकको फूलको रुपमा चिनिन्छ । यस फूललाई धारि्मक अनुष्ठानमा राख्ने गरिन्दैन । हेत्लाइ फुङ् हेल्लाङ्फुङ् जुन रातो रंगको फूल हुन्छ त्यसलाई आँखीडाहीको फूल भनिन्छ । अर्को तिर अन्दङ् फुङ वा बाबरी फूल (Ocimum basilicum) लाई बाघ अथवा जनावरको प्रतिक मानिन्छ । मुन्धुममा बाघ र मान्छेको लडाइ पर्दा उनीहरुको आमाले बाघको प्रतिक अन्दङ फुङ् र मान्छेको प्रतिक सेक्मुरी फुङ्लाई हेरेर उनीहरुको अवस्था कस्तो छ भन्ने थाहा पाएकी थिइन् भन्ने कथा छ ।

लिम्बू मुन्धुमको साथ साथै जनजीवनमा छएको अर्को एक महत्वपूर्ण फूल छ, जसलाई सिङ्जाङ्गो भनिन्छ । यो फूल पहाडि क्षेत्रमा पाइने एक प्रकारको वास्ना आउने रातो सुनाखरी (a kind of red sweet-smelling/fragrant/aromatic orchid) फूल हो । यो सुनाखरीले तरुनी-तन्नेरीको प्रतिकको रुपमा हेरीन्छ । यो सुनाखरीको राम्रो वासना आउने र हर्ेदा पनि राम्रो हुने हुनाले होला तरुनी -तन्नेरीले एक आपसमा आदान प्रदान गर्ने फूलको रुपमा पनि यसलाई मुन्धुममा वर्णन गरिएको छ । कक्फेवा फूङ अर्थात् चाँपको फूल (Magnolia/Michelia champaca) लाई लिम्बू जनजीवनमा नयाँ जोस, जाँगर र उमंगको रुपमा हेरीन्छ । यसरी चाँपको फूललाई नयाँ जोस, जाँगर र उमंगको रुपमा हेरीनुको अर्थ हो यसले दिने नयाँ वर्षो संकेत हो । चाँप फूल्नु भनेको लिम्बू गाँउले जनजीवनमा नयाँ वर्ष शुरु भएको संकेत हो, जसरी जापानमा साकुरा (आरु फूल) फुल्नुलाई नयाँ वर्षो आगमन भन्ने बुझिन्छ । त्यसैले माघ महिनालाई कक्फेवा पनि भनिन्छ र कक्फेवा -चाँप) फूल फूल्नुले नयाँ वर्षको आगमन भएको बुझिन्छ ।

लिम्बू मुन्धुममा धेरै किसिमका फूलहरुको वर्णन पाइन्छ र ती वर्णनमा तिनिहरुको उत्पत्ति र महत्वको बारेमा बताइएको छ । यो गहन खोजीको विषय हो । यो वनस्पती विज्ञान, वातावरण तथा सांस्कृतिको विद्यार्थीहरुलाई अध्ययन गर्नको लागि राम्रो तथा महत्वपूर्ण विषय हुनसक्छ । लिम्बू समुदायमा फूललाई जीवनसंग गाँसेर हेर्ने अनुष्ठान जसलाई फुङ्मा चामा भनिन्छ । यो अनुष्ठानले पनि लिम्बूहरुको जीवन फूल जस्तै छ भन्न झझल्को दिइनै रहन्छ ।

(यो लेख कतारबाट प्रकाशन हुने पत्रिका सेमी फक्ताङ्लुङमा प्रकाशित भएको थियो)

7 thoughts on “फूल जस्तो जीवन”

  1. तपाईँको यो पोष्टिङ्गबाट सुन्दर लिम्बु संस्कृतिको बारेमा केहि जान्ने अवसर मिल्यो। धन्यबाद छ, भविष्यमा पनि यस्तै पोष्टिङ्गहरु पड्न पाउने आशा छ।

    Like

  2. नुस्सा सिर्जना,
    फूलको लेख राम्रो लाग्यो । लिम्बु सन्स्कृतिमा फूलको उपमा धेरै उच्च छ । जीवनको हरेक कोण र रङमा फूलको रङ जस्तै लिम्बु जन जीवनमा फूल नभइ हुँदैन । फरक फरक परीबेश र आयाममा फरक फरक फूलको महत्व लिम्बु जीवनमा छ । सम्झदा दुख लागेर आउछ, राज्यको ऐकात्मक शासन प्रणालिले यस्तो सुन्दर हाम्रो गौरबलाई हाम्रो पुस्ताले बिर्शन थालि सकेको छ । कुनै दिन म लिम्बुवानको याशोक हुँदै नवमी डाँडै डाँडा भएर पान्थर ईलाम जोडीने रांके ऐक्लै हिंडेको थिंये । मेरो कानमा परेको पारी कतै डाँडाबाट मिठो महिला श्वरमा पालाम र पारी कतैबाट च्याब्रुङ्को आवाज म अहिलेपनी सम्झण्छू । लोभ लाग्छ मेरो लिम्बुवान सम्झेर । नुस्साको लेखले मेरो ति यात्राहरु सम्झाइ दियो । नोगेन नुस्सा । यसको लागि २३ बर्ष पछी नेटमा भेटेको साथी लुलुलाई पनि नोगेन, जसले नुस्साको ब्लग पठाइ पढ्ने मौका मिल्यो । याम्मु नोगेन रो ।

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )