मन

एक जना कवीज्यू न्यूरोडमा हिड्दै थिए रे । बाटोमा एउटा माग्ने जाडोमा कम्दै बसिरहेको देखेछन् । माया लागेर उनले आफ्नो लगाइरहेको कोट फुकालेर दिएछन् । अनि त्यस माग्नेलाई एउटा कवीता सुन्छौ भनेछन् । त्यस माग्नेले आफूलाई कोट दिने मान्छेको कवीता किन सुनथेन र?  सुन्छु, भनेपनि कवीज्यूले आफ् यस्तो कविता सुनाएका थिए रे ।

मन त बरु फलाम कै भइदिए हुन्थ्यो

मन त बरु

फलाम कै भइदिए हुन्थ्यो

न जाडोले छुने न चिसोले

मन त बरु

फलाम कै भइदिए हुन्थ्यो

कति सान्दर्भिक छ कवीज्यूको मनको कुरा । मन त बरु फलाम कै भइदिए हुन्थ्यो न त तर्राईलाई बाढीले पिर्दा रुने, पहाडलाई पैरोले लाँदा चुक् गर्ने, बस दुर्घटनामा यात्रुहरु मर्दा खिन्न हुने, मनपर्ने कलाकार जेल जाँदा दुःखी हुने । साँचै मन त फलाम कै भइदिए हुन्थ्यो तर यो मन फलामले हैन केले बनेको छ केले ?  यो मन कवीज्यूको जस्तो कोट दिने कमलो हुन्छ भने यो मन ढुङ्गा भन्दा पनि कठोर हुन्छ । न यसलाई दया लाग्छ, न यसलाई माया नै लाग्छ । कस्तो मन हो यो  ?  कुनै समयमा के सोच्छ,  कुनै समयमा के । भरोसा नै छैन यो मनको । भरोसा गर्न लायक पनि छैन यो । अलिकति चोट परे आत्तिन्छ, अलिकति माया गरे मात्तिन्छ । त्यसैले कहिले काहि प्रश्न गर्न मनलाग्छ, हे भगवान तिमिले यो मन किन बनायौं ?

2 thoughts on “मन”

  1. heart is created by god to pump blood to circulate in our body but humans have utilized it in the wrong way in the sense that they are ignoring the pain caused when a dying man is crying, when parents are avoided by their children, when a poor is ignored by a rich. Actually humans have misused everything that has created by god. The nature has been giving punishments instead in the form of Tsunami, Floods, Hungry, Diseases and Self mass humans killings. I wonder when all these things ends and a peaceful world begins….

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )