कपालः पहिचान, दमन र आन्दोलनको प्रतिक

sadhu.jpg 

कपाल भन्ने बित्तिकै हामी शौदर्यसंग जोड्ने गर्दछौ । महिला हुन् वा पुरुष, कपाल शौदर्यको अभिन्न अंग हो । तर कपाल सौदर्य मात्र नभएर यो पहिचानको एक महत्वपूर्ण अंग रहन्दै आएको छ ।हाम्रो समाजमा कपाल लामो महिलाको र कपाल छोटो पुरुष हुनुपर्छ भन्ने मान्यता छ । यदि कसैले यो मान्यतालाई मान्दैन भने त्यो व्यक्तिलाई भिन्दै नजरले हेरीन्छ । आफूलाई अरुभन्दा भिन्दै देखाउन कतिपय मानिसहरु कपाल काट्ने वा पाल्ने गर्छन् र कति सामाजिक मान्यतालाई चिर्नको लागि कपाल पाल्ने वा काट्ने गर्छन् । पुरुषहरुले कपाल काट्नुपर्छ भन्ने मान्यता हामीकहाभए पनि साधु तथा जोगीहरुमा यो लागू हुन्दैन । कपाल पाल्नु र लट्टा पारेर राख्नु उनीहरुको पहिचान हो । त्यसको विपरीत भिक्षुणीहरु भने कपाल खौरिने गर्छन् । उनीहरुको लागि कपाल खौरनु भनेको सांसारिक तत्व वा सौदर्यबाट पर रहनु हो भन्ने अर्थ लाग्छ । यो नै उनीहरुको पहिचान भएको छ ।

महिलाको लागि लामो कपाल सौदर्य हो भनी यो समाज भन्छ भने पितृसत्तात्मक समाजमा महिलाको स्थिति उसको पुरुषसंग जोडिएको हुन्छ । हिन्दू समाजमा पहिले पहिले जब कुनै महिलाको लोग्नेको मृत्यु हुन्थ्यो, त्यसबेला महिलाको कपाल खौरिएर उसलाई विरुप बनाइने पनि गरिन्थ्यो । महिलाको सौदर्यको प्रतिक उसको कपाललाई खौरी उसको रुप र सौदर्य केवल उसको लोग्नेको लागि हो भन्ने अर्थ यसले दिन्छ । यसरी विधुवा महिलाको कपाल खौरी उसको लोग्नेको मृत्युसंगै उसको खस्केको स्थितिको बोध गराउन उसको कपाल खौरीन्थ्यो र अहिले पनि कतै कतै खौरिइन्छ । कपालसंग जोडिएको यो महिला दमनको यो एक उदाहरण हो । त्यसैगरी, नेपालमा पनि राणाकालमा कुनै कथित उच्च जातको पुरुषले गर्न नहुने काम गरेमा उसलाई सजाय स्वरुप अधापाटा कपाल काटेर चार भन्झ्याङ कटाइन्थ्यो ।विश्वका अन्य क्षेत्रको कुरा गर्दा, प्रथम राष्ट्र -फष्र्ट नेसन) भनी चनिने अमेरीकाका आदिवासीहरु जसलाई रेड इन्डियन भनी चिन्ने गर्दछौ । यूरोपीयनहरुले उनीहरुको सांस्कृतिक दमन गर्ने हतियारको रुपमा कपाललाई प्रयोग गरेका थिए । प्रथम राष्ट्रको संस्कृति अनुसार कपाल पाल्नु उनीहरुको पहिचान हो । तर जब यूरोपियनहरु अमेरीका पुगे र त्यहापुगीसकेपछि उनीहरुलाई शोषण दमन गर्ने क्रममा उनीहरुले प्रथम राष्ट्रका पुरुषहरुको कपाल काटिदिने काम गरे । यस्तो कार्यले उनीहरुको समाजमा नराम्रो छाप पर्‍यो । कपाल काट्नु यूरोपियन पुरुषका लागि सभ्य र विकसित भन्ने बुझिन्थ्यो भने कपाल पाल्नु असभ्य र जंगलीको प्रतिक मानिन्थ्यो । तर प्रथम राष्ट्रको संस्कृतिमा कपाल पाल्नु र कपाललाई विभिन्न प्रकारका पंक्षिको प्वाख राखेर सजाउनु सभ्य र विकसित मानिन्थ्यो । तर त्यो संस्कृतिको अनादर गर्दै यूरोपियनहरुले उनीहरुको कपाल काटी सांस्कृतिक हत्या गरे । यो कपालसंग गासिएको सांस्कृतिक दमनको अर्को उदाहरण हो । कपाल काटेर दमन भएको थियो भने कपाल राखेरै पनि विश्वमा आन्दोलन भएको उदाहरण पनि छ । त्यो हो, रास्ताफेर्यन आन्दोलन । यो आन्दोलन धारि्मक आन्दोलन हो । यसलाई इथोपिय सम्राट हेली सलासीले प्रतिवादन गरेका हुन् । यो धार्मिक आन्दोलन भए पनि यस आन्दोलनले अप्रिmकि संस्कृतिको प्रतिवादन गर्छ र कपाल काट्नलाई मनाहि गर्छ । यस आन्दोलनमा लागेका मानिसहरु -विशेष गरी पुरुषहरु) कपाल पालेर त्यसलाई लट्टा पार्ने गर्छन् । उनीहरु रातो, पहेलो र हरियो धर्के टोपी तथा लुगाहरु लगाउने र अप्रिmकि शैलीका गीत गाउने गर्छन् । अप्रिmकि शैलीका गीतमा पनि विशेष गरी रेगी शैलीको गीत गाउने गर्छन् । यस संस्कृतिलाई अमेरीकि रेगी गायक बब मारि्लले विश्वभरी चिनाउने काम गरे । उनले गीत संगीतको माध्यमबाट रास्ताफेर्यन आन्दोलनलाई बल पनि पर्‍याए । अहिले यो एउटा भिन्नै आन्दोलनकारी संस्कृतिको रुपमा विकास भै रहेको छ ।कपाल पलाउने झर्ने गर्छ र काटेपछि फेरी पलाई पनि हाल्छ तर पनि हरेक मानिस र उसको समुदायले बनाउने कपालले केहि सन्देश पनि दिइरहेको हुन्छ । कुनै समयमा कपाल खैरिएर सांस्कृतिक दमन हुने गर्दथ्यो भने त्यहि कपाललाई पालेर आन्दोलन पनि भएको छ । हामीकहाअहिले पनि महिलाले कपाल पाल्नुपर्छ र पुरुषले काट्नु पर्छ भन्ने मान्यता व्याप्त छ । तर पनि महिलाहरुले कपाल काटेर र पुरुषले कपाल पालेर सामाजलाई चुनौति पनि दिन्दै आएका छन् । विस्तारै यस कुराले पनि पहिचान पाउदै गएको छ र मान्छेको त्यो नै आफ्नो पहिचान पनि बन्दै गइरहेको छ ।

Note: Photo by Sandeep Subba, www.pratibimba.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )