कार्यक्रम भित्रको श्रेणीवद्ध संस्कृती

हामीकहाँ एउटा रमाइलो संस्कृति छ, त्यो हो कार्यक्रम संचालन गर्ने संस्कृति । हुन त कतिपय अवस्थामा यस्ता संस्कृति उकृष्ट पनि हुन्छ तर सधै यस प्रकारको संस्कृति झल्किनु त्यत्ति राम्रो भने हुँदैन । यदि तपाई कुनै कार्यक्रमहरुमा भाग लिन जानु हुन्छ भने कार्यक्रमको सबभन्दा पहिले कार्यक्रममा अतिथि ग्रहण हुन्छ । अतिथि त कार्यक्रममा जाने सबै हुन् तर पनि त्यहाँ अतिथि भन्नाले अर्कै अर्थ बोकेको हुन्छ । जो स्टेजको माथिल्लो तल्लामा, अलि राम्रो कुर्सी, अगाडि पटि्ट टेबल र अन्य सहभागीहरुलाई मुख देखाएर बस्छन्, उनीहरुलाई अतिथि भनिन्छ । यी अतिथिहरु जबसम्म कार्यक्रममा देखा पर्दैनन् तब सम्म कार्यक्रम शुरु गरिन्दैन । कार्यक्रममा सबै सहभागीहरु आएर हल खचाखच भरिएपनि अतिथि नआएसम्म कार्यक्रम शुरु गर्न पाइन्दैन । कार्यक्रम शुरु गर्नलाई कार्यक्रममा आउने सहभागीहरु देखा नपरे पनि हुन्छ तर अतिथिहरु भने देखा पर्नै पर्छ । कार्यक्रममा सहभागी हुने आउने सबै अतिथि हुन् तर विशेष अतिथिको भने विशेष अधिकार हुन्छ । त्यो हो अरुलाई निन्द्र लागिन्जेल माइक अगाडि बोल्ने पाउने र अरुलाई आफ्नो कुरा भन्न पाउने तर त्यो अधिकार त्यहाँ आउने अन्य अतिथि (अतिथि जस्को कुनै भाउ नै हुँदैन) को हुँदैन । उनीहरुको हातमा केवल त्यहाँ बसुन्जेल भाषण (मन परे पनि नपरे पनि) सुन्नु पर्ने र मन नपरेको खण्डमा सुत्ने वा उठेर कतै हिड्ने विकल्प मात्र हुन्छ । कार्यक्रममा सुत्दा खेरी सबैको हाँसोको पात्र भइने भने उठेर हिड्दा असभ्य भइने । अनि यो खाले श्रेणीबद्ध संस्कृतिको झझल्को हाम्रो जनजातिका कार्यक्रममा धेरै देख्न पाइन्छ (म धेरै जनजातिका कार्यक्रमहरुमा जाने गरेको हुँदा मैले यहाँ जनजाति लेखेको हुँ, अन्य समूह/समुदायमा पनि यस्तो गरीरहेका छन् होला तर त्यस बारे मलाई धेरै थाहा भएन) । हुन त परम्परागत रुपमा आदिवासी जनजाति श्रेणीविहिन समुदाय हो अरे तर उनीहरुले नै संचालन गरेका कार्यक्रममा यस्तो श्रेणी देख्दा “नयाँ जोगीले धेरै खरानी घस्छ ….” भन्ने उखान संझना आउछ । अब यस्तो खाले संस्कृतिलाई भत्काउनु पर्नेमा त हामीले झनै संरक्षण गरेर जाँदै छौ कि भनी दुःख लागेर आउँछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )