तिउरी र फर्सिको पात

असार-साउन महिना आर्थत् तिउरीको फूल फूल्ने अनि फर्सि फल्ने मौसम । तिउरीको फूल र फर्सिको काडा भएको घोच्ने पातले मलाई सधै साउने संक्रान्तिको संझना गराउँछ । साउने संक्रान्तिको रात हातमा मेहन्दी र तिउरी लगाउने चलन छ । यसरी हातलाई रातो बनाउँदा रोगव्याधी नलाग्ने र शुभशुभ हुने विश्वस गरिन्छ । अहिले त नेपालको गाडि पुग्ने ठाउँमा सबैले मेहन्दी नै लगाउँछन् । शहरबजारका कतिपय मानिसले मेहन्दी त सजिलै चिन्छन् होला तर तिउरी चिन्दैनन् र तिउरीले पनि हात रंगाउछन् र ? भन्दा पनि होलान् । तर गाउँघरमा भने मेहन्दी भन्दा पनि बढी तिउरीले नै हात रंगाउने चलन बढी छ । अर्को कुरा मेहन्दी गर्मी ठाउँमा मात्र पाइने र तिउरी पहाडमा पाइने विरुवा भएकोले गर्दा पनि होला पहाडी गाउँघरमा यसको प्रयोग धेरै गरेको पाइन्छ । जे होस् हात रंगाउने परम्परा मलाई मात्र नभई धेरैलाई रमाइलो र रोचक लाग्नसक्छ ।

हात रंगाउन मलाई सानै देखि मन पर्थ्यो । त्यसैले हातमा लगाउने तिउरीको रंगलाई कसरी गाढा बनाउने भनी हामी फूपू र बोजूहरुलाई सोधिरहन्थ्यौ । कसैले तिउरीमा फिटकिरी मिसाएमा रातो हुन्छ भन्नुहुन्थ्यो भने त कसैले मगरकाँचे (एक प्रकारको विरुवा) हालेमा रातो हुन्छ भन्नुहुन्थ्यो । हामी उहाँहरुले भने अनुसार मगरकाँचेको विरुवा खोज्न बारीका कान्ला र भित्ताहरु छिचोथ्यौ । तीनलाई तिउरीसंग मिसाएर सिलौटाले पिस्ने पनि गथ्र्यौ । त्यत्तिबेला उमेर सानै भएकोले होला तिउरी लाउन चाहि आउदैनथ्यो । साउनको महिनामा धेरैजसोको हत्केला रातो हुने गर्दथ्यो र आफ्नो हत्केला रातो नहुँदा त म पनि आमालाई किचकिच गर्थे होला । साउनमा हत्केला रातो पार्न नपाए मेरो मुख रातो हुन्थ्यो होला (रिसले), त्यसैले मेरो आमाले राती हामी सुतिसकेपछि हाम्रो (म अनि मेरो दाजुभाईको) हातमा तिउरी दलेर फर्सिको पातले बेरीदिनुहुन्थ्यो । बिहान उठ्ने बेलामा हाम्रा हातहरु बक्सिङ खेल्नलाई तयार भई हरीयो रंगको बक्सिङ ग्लोब लगाए जस्तो हुन्थ्यो । तर यो बक्सिङ ग्लोब फर्सिको पातले बनेको हुँदा धेरै चिलाउने गथ्र्यो । तर हातमा लाग्ने रातो रंगको लालसाले म त्यो चिलाउने फर्सिको ग्लोबलाई हातबाट आमाले नभनेसम्म फुकाल्दिनथे । जब त्यो चिलाउने फर्सिको ग्लोबलाई फुकाल्नको लागि हामी तयार हुन्थ्यौ, कस्को हात बढी रातो भयो भन्ने प्रतिस्प्रर्धा पनि त्यहिबाट शुरु हुन्थ्यो ।

अहिले त हामी हात रंगाउन तिउरी भन्दा मेहन्दी कै प्रयोग गर्र्छौ तर मौसम अनुसार अहिले फर्सिको मुन्टा खाने बेला भएको हुँदा कहिले काहि फर्सि मुन्टा केलाउँदा फर्सिको पातले घोचि हाल्छ अनि त्यो सानो बेला लगाएको हरियो बक्सिङ ग्लोबको याद आइहाल्छ ।

3 thoughts on “तिउरी र फर्सिको पात”

  1. after reading ur article i imagined how it looked the green boxing gloves in ur hands. green gloves so funny. but it’s true that the mehendi lovers can do any effort to have dark colours in their hands. even i used to do a lot of effort to have dark colours in my hand in childhood days such as mixing sugar in paste of teuri plant.

    lastly hope to see ur hand in dark colours of mehendi in this season .

    Like

  2. सेवारो -:नमस्ते सीर्जना जि मैले पहिलो पल्ट यो तपाईं को ब्लग हेर्न पुगे छु यो तिउरी र फर्सी को बारे मा लेख्न्नु भको हासो लाग्दो लेख लाई मन्नु पर्छ धेरै रोचक छ ! राम्रो लाग्यो किन कि म पनि पहाड मै जन्मे को हुन ले होल शायद यस्ता कुरा हरु धेरै भुल्दै छोउ हामी आरु नि यस्तै रोचक र रमाइला कुरा हरु राख्दै जानु होला धन्यवाद !!
    nuba_thangben@yahoo.com

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )