शव्द र शक्ति

गएको शनिवार अर्थात् २६ मे २००७ का दिन सगुनमा सोसल इन्क्लुजनको विषयमा छलफल भएको थियो मलाई सगुनका कर्मचारी सुरेन्द्र दाई (सुरेन्द्र श्रेष्ठ) ले एस.एन.भी. का मान्छेहरुसंग छलफल एस.एन.भी. बाट जापानी प्रतिनिधि पनि आउनुहुन्छ भन्नुभएको थियो सगुनको ढोका छिरेपछि छलफलमा आउनेहरुको अनुहार नियालेको धेरै जसो परिचित अनुहार रहेछ त्यहाँ पुगेपछि थाहा भयो, त्यो जापानी व्यक्ति मासाको हुनुहुदो रहेछ उहाँसंग घनिष्ठ सम्बन्ध नभए पनि उहाँलाई मार्टिन चौतारीको छलफलमा दुइचार पटक भेटेको थिए त्यहि पुगेपछि अर्को कुरा थाहा भयो, त्यो छलफल सोसल इन्क्लुजनको म्यानुअल (सामाजिक सामेलीः हाते पुस्तिका) बनाउनको लागि त्यसमा पर्ने बिषय ’boutमा छलफल गर्न बोलाईएको रहेछ अनि मासाको त्यस म्यानुअल बनाउने टिममा हुनुहुँदो रहेछ अनि त्यसै टिममा डम्बर दाई (डम्बर चेम्जोङ), खगेन्द्र दाई (खगेन्द्र संग्रौला), सुरेश दाई (सुरेश ढकाल), डा. केशवमान शाक्य जस्ता चिरपरिचित अनुहारहरु रहेछन्  

 कार्यक्रममा दलित, आदिवासी जनजाति, महिला, समलिंगि भिन्न प्रकारले सवल (अपाङ्ग) को विषयमा छलफल भएको थियो यी विषयहरुमा भएका बहसहरु पहिले पनि सुनेको हुँदा त्यो ठिक ठिकै लाग्यो तर त्यहाँ सबैभन्दा रोचक भनेको इन्क्लुजनको नेपाली अनुवाद नै थियो इन्कुजनलाई त्यस समूहलेसामेलीभनी अनुवाद गरेको रहेछ उहाँहरुको भनाईमा यो शव्द झर्रा नेपाली हो यसलाई सबै ठाउँका नेपालीहरुले सजिलै बुझ्छन् भन्ने थियो ’cause सामेल गर्ने, सामेल हुने भन्ने शव्द र्सवसाधारण नेपालीले बुझ्छन् तर हाल चलाउँदै आएको समावेशीकरण भन्ने शव्द त्यत्ति बुझिन्दैन भन्ने थियो खगेन्द्र दाईले समावेशीकरण भन्ने शव्द संस्कृतबाट ल्याइएको शव्द हो त्यसैले उहाँहरुले झर्रा नेपालीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने तर्क राख्दैसामेलीशव्दको प्रयोग गरेको कुरा बताउँनुभयो यहि क्रममा डा. केशवमान शाक्यलेसमावेशीकरणभन्ने शव्द उहाँ आफैले बनाएउको जानकारी दिदै एस.एन.भीले शुरु गरेको सोसल इन्क्लुजन फन्ड कार्यक्रमको प्रेस वक्तव्य निकाल्ने क्रममा सोसल इन्कुजनलाई समावेशीकरण भनी आफैले अनुवाद गरेको त्यही शव्दलाई मिडियाले लिएको बताउँनुभयो विकासे संसारमा यस्ता शव्दहरुलाई इलाइटहरुले बनाउँने ऐसेप्ट (लिने वा ग्रहण) गर्ने हुनाले त्यो शव्दले शक्ति पाउँछ भन्नुभयो अहिलेको समय भनेको विनिमार्णको समय हो बनेका कुराहरुलाई भत्काउँदै नयाँ कुराहरु बनाउँने हो भन्दै डा. शाक्यले समावेशीकरण भन्ने जस्तो शव्दहरुको पनि विनिमार्ण गर्दै र्सवसाधारणले बुझ्ने प्रकारका नेपाली शव्दको प्रयोग गर्दै जाँदा विस्तारै यसलाई सबैले लिदै जान्छन् भन्नुभयो   यहि सेरोफेरोमा कुरा गर्दा विकासे संसारभित्रको शव्दजाल त्यसको अर्थ अनि त्यो शव्दभित्रको पहुँच हुनु पनि ठूलो कुरो रहेछ भन्ने लाग्यो यस्ता शव्दहरुलाई बुझ्न साधारण नेपाली बोल्ने बुझ्ने मान्छेलाई केहि समय लाग्छ भने नेपाली भाषामा दखल नभएका मातृभाषीहरुलाई कति समय लाग्ने हो ? फेरी यस्ता शव्दहरु विकासे अवधारणाहरुको परिवर्तन विकाससंगै विकास हुन्छ विकासे संसारबाट अलग रहेकाहरुलाई यो बुझ्नु जान्नु भनेको पनि अर्कै संसारभित्र पस्नु सरह हुन्छ यस्ता नयाँ शव्दहरुको बन्ने क्रम, त्यसको अर्थ त्यसको प्रयोग नजान्नेहरुले यसलाई प्रयोग गर्नखोज्दा मूर्ख भएका घटनाहरुसामेली समावेशीकरणको छलफलको बेलामा मेरो टाउँकोमा घुमीरहे त्यो यहाँ सम्झन लायक पनि हुन्छ फिक्कलमा एक जना र्राईले मैले नयाँ शव्द जानेको छु भन्ने देखाउन उसले तपाईको नाम, घर, परिवार, काम के हो भनी परिचय सोद्धातपाईको वातावरण के हो?भनी सोधेको प्रसंग अनि मेरो बाबाको साथीले ताप्लेजुङ्गमा खोला तर्दा सुरुवाल भिज्दाप्रज्ञाप्रष्ठिान भएर सुरुवाल नै भिज्योभन्नुभएको थियो रे त्यतिबेला प्रज्ञाप्रतिष्ठान भन्ने शव्द भर्खर बनेको थियो रे शव्द बुझ्नेले शव्दको सहि प्रयोग गर्छन् तर नबुझ्नेको लागिखुर्पाको बेड नै हुन्छ इलाइटले बनाएका शव्दहरुमा व्यापक रुपमा संस्कृतको प्रयोग भएको हुन्छ जुन उनीहरुको पहुँच बाहिरका कुराहरु हुन् त्यसलाई बेलाबखतमा सुन्दा त्यसको सहि माने वाक्यमा प्रयोग गर्न नसक्नु स्वाभाविक पनि हो मातृभाषी तथा सदरमुकाम बाहिरकाहरुले एकातिर नेपाली भाषा सिक्न नै कति समय खर्चनु परिरहेको बखतमा नयाँ नयाँ बन्ने शव्दले उनीहरुलाई विकास प्रक्रियाबाट झन पर धकेलिरहेको भान हुन्छ यस्ता कुरालाई बुझेरसामाजिक समेलीः हाते पुस्तिकालाईसामाजिक सामेलीः सजिलो किताबमा रुपान्तर भयो तर यसलाई उपलब्धीमूलक बनाउन निकै ठूलो कसरत गर्नुपर्ने देखिन्छ   

(नोटः हात नभएका व्यक्तिहरु प्रति हाते पुस्तिका भन्दा  विभेदकारी हुने भएकोले यसको नामबाट हाते निकालिएको पुस्तिकाको ठाउँमा चाहि संस्कृति मोहलाई त्यागेर नेपाली नामलाई नै माया गरी किताब राखिएको हो ) 

Advertisements

4 thoughts on “शव्द र शक्ति”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )