देश पढेलेख्याले नै त बिगारेका होइनन् ?

कहिले काहि मेरो मनमा एउटा प्रश्न बारम्बार आइरहन्छ, “यो देश पढेलेख्याले नै त विगारेको होइनन् ?” पढेलेख्या मान्छेले त देश बनाउँछन् किन बिगार्छन् होला र ? कस्तो किसिमको प्रश्न हो यो भन्ने जस्तो पनि लाग्छ कहिलेकहि ।

Photo source: www.railelectrica.com
Photo source: http://www.railelectrica.com

मालाई लाग्छ पढ्नलेख्न जान्नु र शिक्षित हुनुमा धेरै अन्तर छ । त्यसैले नै मलाई हाम्रो देश नेपाल बिग्रिनुमा पढेलेख्याको हात धेरै छ जस्तो लाग्छ । यस्तो लाग्नुको पनि कारण छ । हामी सबैलाई थाहा भएकै कुरा हो, देश संचालन गर्ने तीन अंगहरु छन् – कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । अब यी तीन अंगमा को को छन् भनी हर्ेर्ने हो भने, कार्यपलिकामा मन्त्रिपरिषद र निजामति कर्मचारीहरु पर्दछन्, व्यवस्थापिकामा सांसद वा नेताहरु पर्दछन् र न्यायपालिकामा न्यायधिस र वकिलहरु पर्दछन् । यी क्षेत्रमा काम गर्ने निजामति कर्मचारीहरु भनेका स्नातक पास गरी लोकसेवा पास गरेर छानिएर आएका व्यक्तिहरु हुन् । नेताहरु पनि कुनै क्षेत्र वा समुदायबाट प्रतिनिधित्व गर्ने जान्नेसुन्ने पढेलेख्या व्यक्ति नै हुन् । न्यायधिस र वकिल त वकालतमा उच्च शिक्षा हासिल नगरी हुँनै पाइन्दैन । अब हेरौ, यी सबै क्षेत्रका व्यक्तिहरुको चरित्र कस्तो छ – निजामति कर्मचारीहरुलाई खुशी नपारी (वा सिधै भन्दा घुस नखुवाई) वरको सिन्को पर सार्दैनन् (अपवादलाई छाडेर) । नेताको द्वैध चरित्रले जनता हैरान नै भै सकेका छन् । न्यायपालिका माथि र्सवसाधारणको निश्पक्ष न्याय गर्छन् भन्ने विश्वास छैन । भनेपछि देश चलाउने प्रमुख निकाय माथि कसैको विश्वास र भरोसा छैन । उनीहरु जनतालाई सेवा सुविधा दिन बसेका हुन् भन्ने कुरा उनीहरुले बुझेका पनि छैनन् जस्तो लाग्छ र कसैलाई बुझाउने चेष्टा पनि गरेका छैनन् । सेवाग्राही जनतालाई उनीहरु सेवा दिन बसेको भन्दा पनि लुट्न बसेको जस्तो लाग्छ । भन्ने बेलामा हाम्रो देश नेपाल गरीबीले बिग्रियो भन्दछन् तर के गरीबले कहिले अरुलाई सेवाबाट वंचित गरेको वा गराएको छ ?, के गरीबले कहिले घुस खाएको छ ?, के गरीबले कहिले नीति निर्माण र कार्यान्वयन गरेको छ ? त्यसैले मलाई “देश पढेलेख्याले नै त बिगारेका होइनन् ?” भनी बारम्बार सोच्न बाध्य बनाउँछ ।

5 thoughts on “देश पढेलेख्याले नै त बिगारेका होइनन् ?”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )