सम्बन्धको नवीकरण

हामी हरेक वर्षअनेक थोकको नविकरण गर्र्छौ, विभिन्न ठाउँको सदस्यताको, ट्याक्सको, संघसंस्थाको । हामीले आफूलाई काम लाग्ने यी कुराहरुको नवीकरण त गर्र्छौ तर सम्बन्धको नवीकरण भने गर्न भुल्दा पनि रहेछौ । कलेजमा पढ्दा खेरी साथीहरु बीना बाँच्न नै नसक्ने जस्तो लाग्थ्यो भने कलेज सकिएपछि समय र परिस्थितिले मानिसलाई घर, व्यवहार र क्यारियले यत्ति विधि समाउदो रहेछ, पहिला उनीहरु बीनाको जीवन कल्पना गर्न नसक्ने उनीहरु बीनाको जीवन बिताउन पनि कर लाग्दो रहेछ । समय बित्दै जाँदा, उनीहरुको अनुहार धमिलो हुँदै जाने अनि त्यस पछि विस्तारै छाँया, अनि त्यस पछि नाम, नाम पछि धमिलो याद र त्यसपछि मानस स्मृतिबाट सबै हराएर जाने रहेछ । साथी जुगौजुगको हुन्छौ भन्ने एउटा भनाईमा मात्र सिमित भएर जाने रहेछ । सम्बन्ध जुन कसैले र केहिले पनि तोड्न सक्दैन भन्थ्यौ, त्यसलाई समयले तोडिदिने रहेछ । तर ती सम्बन्धलाई जोड्ने काम नवीकरण गरेपछि हुने रहेछ । धमिलो भएको अनुहारलाई फेरी ताजा गराउने काम साथीहरुसंगको भेटघाट (जसलाई चलनचल्तिको भाषामा गेट टुगेदर भनिन्छ) ले मात्र गर्ने रहेछ । कुनै बखत सम्बन्ध जतिसुकै गाढा भएपनि त्यसलाई समय समयमा नवीकरण गरिएन भने त्यसलाई समयले पन्यालो बनाउने रहेछ । मित्रता वा प्रेमलाई सधै दह्रो बनाएर राख्ने भनेको यहि सम्बन्धको नवीकरण नै रहेछ ।

गत शनिवार १२ वर्षअघिको साथीहरुसंगको भेटघाटले सम्बन्धको पनि बेलाबखतमा नवीकरण गर्नुपर्छ भन्ने पाठ मलाई सिकायो । धमिलो भै सकेको साथीहरुको अनुहार आज फेरी ताजा भएर आएको छ । घर, व्यवहार र क्यारियरले थिचिएको मन-मस्तिष्क आज फेरी साथीहरुसंगको हाँसोले फुरुङ्ग भएको छ । आफैलाई प्रश्न गर्न मन लाग्छ, कलेजको समयमा जस्तो फेरी मेरो प्वाख त पलाएको छैन ?

3 thoughts on “सम्बन्धको नवीकरण”

  1. that is really nice thing to get together with the old friends….but why and how it is becoming not possible in this so called advanced and modern world. if the life is like that working, making money and caring for the family…then it would be so dull without friends. …really the satisfaction when hanging with friends is never comparable with family, relative or lovers….cheers sirju didi…and do comment in my blogsite too….

    Like

  2. Dear Ashish and Arati,

    Nice to hear your comment. I have made lots of friends but it is really hard to maintain connection with all of them. You know, you might have made lots of friends from school, neighbourhood, tuitin and college but with selected few, you have connection but with other you don’t. So, I had experience something like that. Meeting with classmate after 12 years is amazing….. !! when you experience it, you’ll understand it….

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )