खोई सबैका लागि शिक्षा ?

सबैका लागि शिक्षा भन्ने बित्तिकै यो के हो र कसका लागि हो भन्ने सजिलै बुझ्न सकिन्छ । शिक्षा सबैको प्रमुख अधिकार हुनुको साथै मानव विकास र गरीबी उन्मूलनको लागि पनि यो महत्वपर्ूण्ा पाइला भएको कारण शिक्षालाई महत्व दिदै यो कार्यक्रम गरिएको हो । सन् २०१५ सम्ममा संसारका सबै वालवालिकाले प्राथमिक तह -अर्थात् ५ कक्षा सम्म) को शिक्षा पूरा गर्न सक्नेछन् भन्ने लक्ष्य स्रहस्राव्दि विकास लक्ष्य -मिलानियम डिभलप्मेन्ट गोल) ले राखेको छ । त्यसो हुदा नेपालका वालवालिका पनि यसमा स्वतः पर्दछन् । सबैका लागि शिक्षा अर्न्तगत विभिन्न कार्यक्रमहरु छन्, जसमा दलित र वालिकाका लागि छात्रवृत्ति, समुदायमा विद्यालय हस्तान्तरण, वाल विकास, विद्यालय भर्ना अभियान, पौष्टिक आहार खुवाउने, विद्यालय सुधार कार्यक्रम, विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने लगायतका कार्यक्रमहरु प्रमुख छन् । त्यस बाहेक अन्य केही कार्यक्रमहरु पनि जसले त्यत्ति महत्व पाएको छैन । ती हुन् मातृभाषामा शिक्षा र वैकल्पिक शिक्षा कार्यक्रम ।

सबैलाई शिक्षा दिने क्रममा विद्यालय जान सक्ने र नसक्ने दुवैको बारेमा सोचिएको छ । जो विद्यार्थी विद्यालय धाउन सक्दैनन् उनीहरुका लागि वैकल्पिक शिक्षा दिने योजना तत्कालिन श्री ५ को सरकारले र अहिलेको नेपाल सरकारले बनाएको छ । यस योजना अर्न्तगत त्यस्ता वालवालिकाका लागि उनीहरुको बासस्थान नजिकै वा गाँउमै शिक्षक बन्दोबस्त गरी उनीहरुलाई पढाउने अस्थाई कक्षाको व्यवस्था गर्ने भनिएको छ । उक्त कक्षा अर्न्तगत विद्यार्थीहरुले तीन वर्षपढ्नेछन् र सो पर्ढाई पूरा गरिसकेपछि विद्यार्थीहरु ६ कक्षामा भर्ना हुन सक्नेछन् भनिएको छ । तर के यस कार्यक्रमले यस्तो समुदायको बारेमा सोचेको छ जो गाँउमा स्थायी बसोबास गरेका छैनन् – उदाहरणको लागि राउटे समुदायलाई लिन सकिन्छ । राउटे यस्तो आदिवासी समुदाय हो जो एकै ठाउँमा स्थायी बसोबास गर्दैनन् र यस समुदायका कुनै पनि व्यक्तिले औपचारिक शिक्षा हासिल गरेको आज सम्म थाहा भएको छैन । उनीहरु यस्तो गर्न नचाहनुको पछि उनीहरुको घुमन्ते-फिरन्ते जीवनपद्धति हो । शिक्षा लिनकै लागि समुदायबाट छुटि्टएर उनीहरु आफ्नो घुमन्ते-फिरन्ते जीवनपद्धति छाड्न चाहन्दैनन् । यसका साथै उनीहरुको आफ्नै भाषा, संस्कृति र परम्परा छ र त्यसलाई पनि उनीहरु गुमाउन चाहन्दैनन् । उनीहरुका मुखिया औपचारीक शिक्षाले जाति नासिन्छ अर्थात् आफ्नो भाषा-संस्कृतिको नाश हुन्छ भन्ने मान्यता राख्नुहुन्छ । यस्तो अवस्थामा उनीहरुलाई साक्षर बनाउन र उनीहरुलाई चाहिने आवश्यक शिक्षा दिनको लागि ठोस सरकारी नीति छैन । यस किसिमका घुमन्ते-फिरन्ते समुदायहरुका लागि विभिन्न देशहरुमा उनीहरुसंगै घुम्ने -मोवाइल) विद्यालयको स्थापना गरेको छ । तर, नेपालमा भने त्यस्ता साना-साना समुदायको लागि केहि गर्ने र्फुसद सरकारको छैन र गैर-सरकारी संस्थाहरुले पनि यस बारे त्यत्ति चासो राखेको देखिन्दैन । त्यस्ता घुमन्ते-फिरन्ते समुदाय आफूले चाहे जस्तो आफ्नै मातृभाषामा र आफ्नै समय सर्न्दर्भ मिल्ने किसिमको शिक्षा पाउनर्ुपर्छ भन्ने माग राख्ने अवस्थामा उनीहरु छैनन् । उनीहरु आफूलाई परसंस्कृतिकरण -ऐसिमिलेसन) बाट बच्न विद्यालय र बस्तिबाट आफूलाई टाडा राखेका छन् । नाराले “सबैका लागि शिक्षा” भने पनि साँचो अर्थमा शिक्षा सबैको लागि भएको छैन । जबसम्म राउटे जस्ता घुमन्ते-फिरन्ते समुदायलाई पनि शिक्षित हुने अवसर दिईदैन भने “सबैका लागि शिक्षा” नारा मात्र हुन्छ र देशले स्रहस्राव्दि लक्ष्य कहिल्यै प्राप्त गर्न सक्दैन ।

2 thoughts on “खोई सबैका लागि शिक्षा ?”

  1. `Si“rjana“`
    “““very` imp`ressed` lookin`g` at you`r artic`les`.. i` di`d“n’t know that you write `poem as` well`. `you are g`reat and you have got knowledge on everything … please keep it up and ““““good luck… sorry i am still haveing prol`em with “““wi`th`m y pc ““.. too slow pc and “ke`y`bo“`ar`dy `p`r“o`l“b`lem““..` `i` `will `r`ite` you` `much when“i get f`ixed“` m`y “p`c.. thank`s““““““““

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )