खै काठमाण्डौं !

खै काठमाण्डौं ! 

घुम्दा घुम्दै एकदिन

कर्णालीसंग भेट भो मेरो

सोधे हालखबर के हो, कसो हो उनले भनिन्

खै काठमाण्डौंमा त साँझ परेपछि

बिजुली बत्तिले झलमल उज्यालो हुन्छ अरे

हामी कहाँ त दियोको उज्यालोले पनि

बाटो बिराउन छाडीसकेका छन् आजकाल ।

घुम्दा घुम्दै एकदिन

डोटीसंग भेट भो मेरो

सोधे हालखबर के हो, कसो हो

उनले भनिन्,

खै काठमाण्डौंमा त

मान्छे रोग लागेपछि पनि बाँच्छन् अरे

यहाँ त मान्छेहरु रोग लागेको

थाहै नपाई मर्छन् ।

घुम्दा घुम्दै एकदिन

मुगुसंग भेट भो मेरो

सोधे हालखबर के हो, कसो हो-

उनले भनिन्,

खै काठमाण्डौंमा त

चामलको भत खान्छन् अरे

यहाँ चामलको भातको त के कुरा

पेटभरी ढिडो खान पनि भाग्यमा लेखेर ल्याउनु पर्ने रहेछ ।

पेटभरी ढिडो खान नपाउनुमा

बत्तिको उज्यालोमा बस्न नपाउनुमा

रोग लागेको थाहा नपाउनुमा

भाग्यको के दोष-

बत्तिको उज्यालो मुनी बसेर पनि देख्न नसक्नुमा

बत्तिको के दोष-

रोगको उपचार पाएर पनि दिमाग नफिर्नुमा

उपचारको के दोष-

अनि

पेट भरी खाएर पनि नअघाउनुमा

भातको के दोष-

अन्धकारले कर्णालीलाई थिच्दा

काठमाण्डौंको काँधलाई भरी हुने भए त,

डोटी पिडाले चिच्याउँदा

काठमाण्डौंको कानलाई सास्ती हुने भए त,

भुक्मरीले मुगु रुदा

काठमाण्डौंको आँखामा आशु आउने भए त,

काठमाण्डौं र कर्णाली, डोटी अनि मुगु एकै हुन्थे होला

तर

खै काठमाण्डौं

वर्षौ वर्षदेखि नेपाल भनेर चिनिन्छ

अहिले पनि

काठमाण्डौं, नेपाल नै बनेर बसेको देखिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )