खराब मौसम भएदेखि
सपनाको उडान रद्द हुने क्रम जरी छ ।
एक पछी अर्को उडान रद्द भेएको भएकेा भयै छ,
दिक्दार लाग्दो प्रस्थान कक्षमा बसिरह्न्दा
ऐयरहोस्टेजको मिठो बोलिले
यात्रुहरुलाई अर्को एक घण्टाको लागि
उडान् ढिलो हुने सुचना दिइरहेकी छिन ।
अर्को एक घण्टा, अर्को दुइ घण्टा
अर्को चार घण्टा गर्दा गर्दै
कती समय बित्यो पत्तो नहुने भै सक्यो
त्यो मिठो स्वर पनि झिजो लाग्दो भै सक्यो ।
मौसम कहिले सफा हुने हो ?
मौसमविद भन्न सक्दैनन ।
उनिहरुको मेटेरोलजिले काम गर्न छाडिसके
मौसमको खराबिका कारण
पाइलटहरु उडान भर्नबाट पछाडी सारीसके ।
खराब मौसम भएदेखी
सपनाको उडान रद्द हुने क्रम जरी छ
अब त मेरो गन्तब्य
न पुग्ने हो कि भन्ने डर जरी छ ।