Posted by: sirjana | August 23, 2008

मेरो बहिनीको गुरुबा र मेरो कविता

म विराटनगर बसेको बेला मलाई घरबाट फोन आयो । फोन मेरो माईजूले गर्नु भएको थियो । उहाँले मलाई एउटा कविता तुरुन्तै लेखेर दिनु भन्नुभयो । अकस्मात फोन गरेर यस्तो आदेश दिनुभएकोमा म छक्क परे । अनि कविता किन लेख्नु, के विषयमा लेख्नु र कस्का लागि लेख्नु भन्ने कुरा मैले सोधे । माईजूले भन्नुभयो कविता जे सुकैको बारेमा भए पनि हुन्छ र जस्तो सुकै भए पनि हुन्छ । अनि कस्को लागि भन्ने प्रश्नको उत्तरमा बहिनीको लागि भन्नुभयो । बहिनीको लागि मैले किन कविता लेख्ने र लेख्नु परेमा उसैले लेख्छ भन्ने जवाफ दिए । माईजूले भन्नुभयो, “कविता नलेखेकोले उसले आज स्कूलमा सरको कुर्टाई खाएछ, भोली लेखेर देखाउनै पर्छ” । म छक्क परे कविता नलेख्दा कुर्टाई खाने, के हो यो ? मैले उसको लागि कसरी कविता लेख्नु, यो त उसले आफैले लेख्नुपर्ने कुरा हो र उसलाई लेख्न आएन भने आएन, त्यसमा सरले कुट्ने कुरा आउँदैन भन्ने तर्क राखे । तर त्यो भन्दा महत्वपूर्ण थियो फोनको अर्कोतिर बस्नुभएको मेरो माईजूको र उहाँले बहिनीलाई अर्को दिनको पिर्टाईबाट जसरी भए पनि बचाउनु पर्छ भन्दै राखेको तर्क । त्यसैले मैले एउटा छोटो कविता लेख्ने निधो गरे । कविता त लेख्ने के बारेमा लेख्ने र आठ कक्षाको विद्यार्थीले के को बारेमा सोच्ला र कस्तो कविता लेख्ला ? आठ कक्षाको विद्यार्थीले देशको या त आमाको बारेमा नै कविता लेख्छ जस्तो लाग्यो र त्यो पनि आफूले पहिले पढेको कविताको केहि हरफ यताउता गरेर । यस्तै यस्तै कुरा सोच्दै मैले यो कविता लेखे ।

 

मेरो देश

मलाई प्यारो लाग्छ

हिमाल, पहाड र तर्राईले भरीएको

मेरो देश ।।

मलाई प्यारो लाग्छ

विभिन्न भाषा, भाषीले भरीएको

मेरो देश ।।

मलाई प्यारो लाग्छ

झिलिमिली चार्डपर्वले रंगीएको

मेरो देश ।।

मलाई प्यारो लाग्छ

त्यसै त्यसै

मेरो देश ।।

कनिकुथि यो कविता लेखिसके पछि घरमा फोन गरे । फोन आमाले उठाउँनु भयो । मैले आफूले कविता लेखिसकेको कुरा भने र त्यसलाई सार्नुस् भने । आमा त्यसको जरुरी छैन बहिनीलाई दाईले कविता लेख्न सिकाईसक्नु भयो भन्नुभयो ।

दाईले कस्तो कविता लेख्न सिकाउनुभयो मलाई थाहा भएन । तर बहिनीले अर्को दिन पिर्टाई खाएन भन्ने पक्का भयो र म ढुक्क भए । अनि यहि बाहानामा एउटा कविता पनि लेखिहाले ।

अब कुरा कहाँ आएर रोकियो भने हाम्रो आधुनिक शिक्षा दिने गुरुबा कस्ता हुन् भन्ने प्रश्नमा । काठमाण्डौंको बोर्डिङ स्कूलमा पढाउने भनिएका यस्ता गुरुबा गुरुआमाहरुले जबरजस्ती गरेर, विद्यार्थीलाई कुटेर कविता, कथा लेखाउन सकिने भए त नेपाल साहित्यकारहरु भरिने थियो होला । यो कस्तो खाले शिक्षा हो र त्यो भन्दा पनि अचम्म कस्तो खाले शिक्षक हो? 

यो कथा मेरो मात्र होइन होला जस्तो लाग्छ, अन्य घरहरुमा पनि यस्तै हुन्छ होला, हुँदैन र ?

 

 

 

 

 


Responses

  1. Creativity doesn’t come by force or compulsion. But teachers here in third world countries don’t know about it because they think it’s their job to ask students to write essay or poetry whether they can write it or not. You’re right in pointing out the flaws that we have in our education system. But don’t give up writing poetry yourself, write even for fun. Best of luck.

  2. कविता चाँहि बहिनीले नै लेखेको भनेर पत्याउने खालको छ तर यो त चोर काम भैहाल्यो नि, हैन र ?

    hehe…….. :)

  3. कविता चाँहि बहिनीले नै लेखेको भनेर पत्याउने खालको छ तर यो त चोर काम भैहाल्यो नि, हैन र ?
    अनि अर्को कुरा हाम्रो शिक्षानितीको कुरा गर्नु व्यर्थ नै छ, कुरा धेरै पहिले नै उठेको भएपनि, अहिलेसम्म पनि उही पुरानै ढर्रा छ ।

    hehe…….. :)

  4. के गर्ने नेपालमा यस्तै छ, समस्याले नयाँ समस्या ल्याउछ ।

  5. रमाईलो लाग्यो तपाईँको कुरा ! मलाई एउटा कुराको अनुसन्धान गर्न मन लागेको छ । मेरो देस, हामी बिद्यार्थी, सहिद र खाते शीर्षक राखेर नेपालमा कति कविता लेखिए होलान् ? शायद यो अनुसन्धानले एउटै शीर्षकमा लेखिएको सबैभन्दा धेरै कविता भनेर रेकर्ड पो तोड्ने हो कि ?

  6. सिर्जना
    म चस्मा लगाउनेलाई त अक्षरको आकारले मार्‍यो हो, अलिक ठूलो बनाउनु मिल्दैन भन्या ।

  7. मैले कोशिश त गरे तर सकिन । बरु जान्ने कसैले मलाई फन्ट कसरी टूलो बनाउन सकिन्छ सिकाईदिनुभए हुने थियो ।

  8. कबिता राम्रो छ, तपाईको ब्लग पनि एक दम राम्रो छ । फन्ट अलिक ठूलो भए झन राम्रो हुने थियो । मेहनतको लागि धन्यवाद । अझ बिराटनगरबारेको लेखले मलाई मेरा बिराटनगर बसाईका पुराना सम्झनाहरु ताजा गरायो । मलाई बिराटनगर मन पर्छ तर अहिले छालाको रंग हेरेर ब्यवहार हुन थालेको छ, त्यो मलाई मन पर्दैन ।

    Please visit my blog also http://www.bhumibhai.wordpress.com

    Bhumi

  9. hi sijan g
    namaskar limbusansar1.wordpress.com
    bata.
    aitaraj tumrok
    emai-aitarajtumrok@gmail.com
    tel-+9745664930

  10. Srijan ji

    Thanks for your suggessation. kunai samachar, report hoina sahitya. yo ta bhitri atmabatai jagrit bhai aunu parchha. natra sabai doctor, engineer hunchhu bhanne students khoi kohi driver, fataha neta, bane bhane kusal prasasak, samajsevi pani baneka chhan ni. kasai lai pani naramro banna man ta lageko hudaina ni.

  11. sirjana jee tapai ko sirjana sharai ramro lago aru pani dherai sirjana gardai janu holo bhanne kamana dina chahanchhu

    • Dhanyabaad !! Thanks for the encouraging words.

  12. आज भोली शिशू निकेतन उमेरकैहरुले नै कबिता छपाएको पढ्दा ताज्जुब लाग्छ मलाई, कुरा यसो पो र-छ ।


Leave a response

Your response:

Categories