महिलाहरु राजनीति, प्रशासनिक, न्यायिक क्षेत्रमा पछि परेकारपरिएका छन् । उनीहरु पछि पर्नाको कारण महिला प्रति राखिने परम्परागत पितृसत्तात्मक सोच र व्यवहार हुन् । पितृसत्तात्मक सोचले खास गरी महिलाहरुलाई पुरुषको अधिनमा राखिनु पर्दछ र उनीहरु राजनीतिक, प्रशासनिक वा न्यायिक काम गर्न सक्छम् हुदैनन् भन्छन् । उनीहरु प्रति भएको यस प्रकारको भेदभाव र उनीहरुलाई हेरीने दृष्टिकोणमा परिवर्त्तन गर्नको लागि महिलालाई त्यस्ता क्षेत्रमा ल्याउनु पर्छ भनी महिला आन्दोलनकारीहरुले आवाज उर्ठाईरहेका छन् । उनीहरुले महिलाले ३३ प्रतिशत स्थान राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा पाउनु पर्छ भनीरहेका छन् र यस कुरालाई अहिलेको सरकारले पनि स्वीकार गरिसकेको स्थिति छ । यस्तो स्थितिमा महिलाले ३३ प्रतिशत आरक्षण पाए भने त्यसलाई कसरी कार्यान्वयन गरिन्छ भन्ने कुरा महत्वपूण् भएर जान्छ ।
महिला जैविक रुपमा सबै एकै हुन्छन् तर साँस्कृतिक रुपमा महिला फरक फरक छन् । कथित उच्च जातका महिला, दलित महिला, मुसलमान महिला, आदिवासी जनजाति महिला, मधेशी महिला र दर्ुगम क्षेत्रका महिला, महिला भित्रका साँस्कृतिक विविधता बोकेका महिला हुन् । यी महिलाहरुका अवस्था र स्थान घर-परिवार, समाज र राज्यमा फरक फरक छन् । उदाहरणको लागि दलित महिला अन्य महिलाको तुलनामा फरक छ किनभने समाजमा उनीहरुलाई हिन्दू धर्म मान्यता अनुसार तल्लो जातको भनिने गरिन्छ र मन्दिर, पंधेरा जस्ता र्सार्वजनिक स्थलमा जान समेत रोक लगाइन्छ । यस किसिमको भेदभाव उनीहरुले आफ्नो परिवार भित्र खप्न नपरे पनि समाजमा उनीहरुले यस प्रकारको भेदभाव खप्नु परेको छ । दलित भित्र पनि तर्राईका दलित झनै धेरै मारमा परेका छन् । वादी महिलालाई देह व्यापार गर्ने जातका महिला भनी कतिपय मानिसहरुले बुझ्ने गर्दछन् । मुसलमान महिला धार्मिक अल्पसंख्यक भएका कारण उनीहरुलाई राज्य र समाजले आर्कै दृष्टिकोणले हर्ेर्ने गर्दछ उदाहरणको लागि ूनेपाली पनि मुसलमान हुन्छ र रुू भन्ने प्रश्न सहित हर्ेर्ने गरिन्छ भने मुसलमान महिलाले अपनाउने पर्दा परम्पराले गर्दा पनि उनीहरुको घरपरिवार भित्र र बाहिर गरिने व्यवहार अन्य समुदायको महिलाको भन्दा फरक छ । मधेशी महिलालाई छालाको रंग र उनीहरुले बोल्ने भाषाको आधारमा पहाडियाहरुले भेदभाव गरेको देखिन्छ ।
आदिवासी जनजाति महिलाको सर्न्दर्भमा भने यस समूह भित्र विविध किसिमका महिला छन् । यहाँ विभिन्न धर्म सप्रदाय जस्तै हिन्दू, बौद्ध, बोन, किरात देखि लिएर प्रकृतिपुजक छन् । यस समुदायमा नेवार जस्ता तुलनात्मक रुपले राम्रा अवस्था भएका महिला देखि लिएर वनजंगलमा घुमि हिड्ने महिलासम्म छन् । नेवार महिला शिक्षा, स्वस्थ्य र रोजगारीको हिसाबले उनीहरुको अवस्था अन्य आदिवासी जनजाति महिलाको भन्दा निकै राम्रो भएता पनि साँस्कृतिक रुपमा उनीहरुको स्थान राम्रो छ भन्न सकिने अवस्था छैन । अर्को तिर जंगलमा जीवन बिताईरहेका राउटे महिला मात्रको नभएर पुरुषको समेत स्थिति राम्रो छैन । उनीहरुको जीवन पद्धति र साँस्कारका कारण उनीहरु जंगलमै बस्न रुचाउँछन् भने त्यस्तो ठाउँमै गएर उनीहरुको जीवन सुहाउने किसिमले उनीहरुको अवस्था सुधार्ने प्रति राज्यको ध्यान कमै गएको दखिन्छ । उनीहरुलाई स्थायी जीवन बिताउनेहरुले घुमन्ते जाति वा जंगली अवस्थामा रहेको जाति भनेर हेरेको पाइन्छ । आफ्नो घर, परिवार भित्र साँस्कृतिक रुपमा केही राम्रो स्थानमा भएका र्राई, लिम्बू, गुरुङ जस्ता आदिवासी महिलाले घर बाहिर सोहि किसिमको स्थान पाएका छैनन् ।
विभिन्न समुदायमा महिलाको अवस्था र स्थान फरक फरक छ । त्यसैले महिला भन्ने बित्तिकै जैविक रुपमा एकै वर्ग वा राज्यको कानुनले उनीहरुलाई एकै स्थानमा राखेता पनि जातरजाति विशेषको साँस्कृती र उनीहरुले एक अर्कालाई हर्ेर्ने दृष्टिकोणले उनीहरुलाई फरक फरक स्थितिमा राखेको छ । यस्तो किसिमले गाँजिएर बनेको महिलाको समुहलाई ३३ प्रतिशत आरक्षण भनेर मात्र पुग्दैन । उनीहरुको भिन्नतालाई केलाएर विभिन्न समुह ९दलित, आदिवासी जनजाति, मधेशी, धार्मिक अल्पसंख्यक, क्षेत्रीबाहुन, दर्ुगम क्षेत्र० का महिलालाई उनीहरुको जनसंख्याको आधारमा कोटा छुट्याइनु पर्दछ । त्यस पछि पनि त्यस समुह भित्रका पनि कुन समुदायका महिला अत्यन्त पछि परेका छन्, त्यसको पहिचान गरेर, त्यस समुदायका महिलालाई प्रथमिकता दिनु पर्दछ । यदि उनीहरु पद सम्हाल्न सक्ने योग्यता नभएको खण्डमा कसरी उनीहरुलाई कविल बनाउने हो त्यस किसिमको कार्यक्रम संचालन गर्नुपर्दछ । अत्यन्त पछि परेका समुदायका महिला, खोजिएको पदमा काम गर्न योग्यता नपुगेको अवस्था भएको खण्डमा मात्र त्यस भन्दा राम्रो स्थिति भएको समुदायको महिलामा जानु पर्दछ ।
खासगरी पछि परेका समुदायलाई अघि ल्याउने नीति आरक्षणले लिएको हो भने यसले तल्लो भन्दा तल्लो तहमा परेकालाई माथि आउने अवसर दिनु पर्दछ । त्यसैले आरक्षण भित्र पनि आरक्षणको नीति आवश्यक छ ।
नोटः यो लेख अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो ।
लेख पड्ने मौका दिनुभएकोमा धन्यबाद! यहाँका विचारहरुसंग सहमति जनाउन चाहन्छु।
निश्चित रुपमा, सही अध्ययन र विश्लेषणविना लागू गरिएको आरक्षण ‘आरक्षणका लागि आरक्षण’
बन्नसक्छ र लक्षित समूहसम्म नपुग्न पनि सक्छ।
By: Basanta on June 25, 2008
at 11:26 am
आरक्षणभित्र पनि आरक्षण जरुरी छ यो कुरामा सहमत छु म। त्यसमा सहमत हुनासाथ आरक्षणभित्रको आरक्षाण कस्तो हुनुपर्ने हो भन्ने चाहि मुख्य कुरा हुन आउँछ सायद। त्यस हिसाबले पहिलो खाका कोरिएको यस लेखले विभिन्न समुदाय, जातजातीका महिलाको बारेमा धेरै जानकारी दिएको छ।
By: कैलाश on June 25, 2008
at 12:04 pm
I think the women rights movement has been moving towards success in the sense that the Nepal government has tried to attend around 50% women in the constituent assembly. though it is not enough they have tried it well.
Out of the topic: Sirjana sis, Name of Archana is mistakenly type in the link. And my name is also like this Ashish. Thanks
By: Ashish Lohorung Rai on June 25, 2008
at 4:59 pm
धन्यवाद । तिमिले भनेको ठाँऊमा भूल सुधार गरे ।।
By: sirjana on June 26, 2008
at 3:21 pm
“Quality has been compromised in the name of inclusiveness”
अचम्म लाग्छ- “हामी आरक्षण को निहुँ मा गुणस्तरियता भन्दा संङ्ख्यालाई बढि महत्व दिइरहेका छौँ ।”
मेरो विचार मा संङ्ख्यालाई मात्र बढावा दिने आरक्षण को कुनै काम छैन ।
By: आकार on July 23, 2008
at 9:41 am
आरक्षणलाई विभिन्न तरीकाले हेर्न सकिन्छ र संख्या बढाउने यो एउटा प्रकृया अवश्य पनि हो । तर यस प्रकृयाले काम नलाग्ने मान्छेहरु मात्र थुपार्छ भन्नु चाहि अलि गतल होला । ऐतिहासिक, सांस्कृतिक र सामाजिक रुपमा पछि परिएका महिलालाई कुनै पनि प्रकारको सकारात्मक विभेद नगरिकन त्यसै छाडिदिने हो भने उनीहरु सधै पछि परि नै रहनेछन् । यस समाजमा एउटा समूह सधै अघि र अर्को समूह सधै पछि परिरहनेछन् । यस किसिमको सकारत्मक विभेदले पछि परेका महिलालाई थोरै समयमा नै पुरुष सरह नीति निर्माण तहमा पुगी महिलालाई विभिन्न किसिमले असर गर्ने खालका नीति तथा कार्यक्रमहरुमा प्रभाव पार्न सक्छन् भन्ने अपेक्षा गरिएको हुन्छ ।
अर्को कुरा आरक्षणबाट कसैलाई लिन परेमा, प्रतिद्वन्दीहरु मध्ये उत्तिकै योग्यता भएका ब्यक्तिहरु कुनै पदको लागि भिडिरहेका छन् भने त्यस अवस्थामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक रुपमा पछि परेका समुदायबाट आएका व्यक्तिलाई प्राथमिकता दिने भन्ने कुरा हो । यसका साथै त्यस्ता समुदायका व्यक्तिलाई त्यस पदमा पुर्याउनका लागि आवश्यक पर्ने शीप र क्षमताको विकास गर्नु पनि आरक्षणको अर्को पाटो हो । त्यसैले आरक्षणको निहुँमा संख्यालाई मात्र बढी महत्व दिएको भन्नु ठिक नहोला । आरण दिदा गुण र संख्या दुवैको ध्यान दिन आवश्यक छ ।
By: sirjana on August 15, 2008
at 12:25 pm