Posted by: sirjana | February 5, 2007

शिशाको पर्खाल

शिशाको पर्खाल

मेरो छोरो मेरो छोरो

पढीगुणी बन्छ ठूलो

मेरो छोरो मेरो छोरो

भन्थे बाबाले भन्थे नी आमाले ।

छोरो क ख ग भन्थ्यो

आमा स्याबास भन्थिन्

छोरो १, २, ३, ४ भन्थ्यो

बाबा ५, ६, ७, ८ भन भन्थे

ज्ञानी छोरो भन्थे बाबाले

राजा छोरो भन्थे नी आमाले ।

दशै आयो खाउला पिउला

टिका लगाई आर्शिवाद दिउला

छोरो ठूलो हुनु

डाक्टर, इन्जिनियर बन्नु

आमा बाबालाई हर्र्नु

मेरो छोरो मेरो छोरो

भन्थे बाबाले भन्थे नी आमाले ।

छोरो जान्नेबुझ्ने भयो

आफ्नो छुट्टै सपना देख्ने भयो

उसले बाबाको कुरा मानेन

आमाको कुरा बुझेन

छोरोको संसार छुट्टै थियो

मेरो छोरो मेरो छोरो

भन्दै थिए बाबाले भन्दै थिइन् नी आमाले ।

छोरो आफ्नो सपना बताउन जान्दैन

आमा छोरोको सपना बुझ्दिनन्

बाबा छोराको संसार देख्दैनन्

छोरा बाबाको संसारमा जादैन

बनिसक्यो त्यहाँ नेर शिशाको पर्खाल

मेरो छोरो मेरो छोरो

भन्दै थिए बाबाले भन्दै थिइन् नी आमाले ।

कहिले बुझ्ने हुन् छोरोको सपना

कहिले हर्र्ने हो आमा बाबाको संसार

कहिले फुट्ने हो त्यो शिशाको पर्खाल

कहिले फुट्ने हो त्यो शिशाको पर्खाल ।


Responses

  1. Kabita Gud Cha.

  2. I love all your poem didi, So nice,

    Binay Lama
    Liverpool UK
    lama_ambinay@yahoo.com
    info@advtrekdnepal.com


Leave a response

Your response:

Categories